नेपालगन्ज। पछिल्लो समयमा नेपालगन्जका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा आगलागिका घट्नाहरु बढ्दै जाँदा नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपमहानगपालिकालाई आगो निभाउने यन्त्र हस्तान्तरण गरेको छ ।
पसल वा घरमा आगलागि भएमा तत्काल नियन्त्रणका लागि संघले नेपालगन्ज उपमहानगरलाई २५ वटा आगो निभाउने यन्त्र फायर स्ट्रिगुसर हस्तान्तरण गरेको हो ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले संघको कार्यालयमा आयोजित एक कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई २५ वटा आगो निभाउने यन्त्र फायर स्ट्रिगुसर हस्तान्तरण गरे।
सो अवसरमा बोल्दै नेपालगन्ज उपमहानगरका नगर प्रमुख बिष्टले उपमहानगरमा भएका अधिकांश आगलागिका घट्ना बिद्युत शर्ट भए हुने गरेको पाईएको जनाउँदै घर पसल बनाउँदा गुणस्तरीय विद्युतका तार तथा उपकरण लगाउनु पर्नेमा जोड दिए।
उनले नेपालगन्ज आगलागिको अत्यधिक जोखिममा रहँदै आएको जनाउँदै सो बाट जोगिनका लागि सुरक्षाका सबै उपायहरु अपनाउनुका साथै हरेक घर र पसलमा आगो निभाउने यन्त्र फायर स्ट्रिगुसर राख्नु पर्नेमा जोड दिए।
सोही प्रकारले नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले ठुलो लगानी लगाएर घर बनाउने, पसल तथा उद्योग खोल्ने तर सुरक्षाका उपायहरुबारे ध्यान नदिने गर्दा नै आगलागि लगायतका घटनाले ठुलो क्षति हुने गरेको बताए।
उहाँले लाखौं लगानी गर्नेले केही हजार मात्र लगाएर आगो निभाउने यन्त्र फायर स्ट्रिगुसर राखेमात्रै पनि क्षति धेरै घटाउन सकिने बताउनुभयो । सोही अवसरमा नेपालगन्जका नगर प्रमुख बिष्टले वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरिक्षक शेखर खड्कालाई दुई थान आगो निभाउने यन्त्र फायर स्ट्रिगुसर हस्तान्तरण गरे ।
उनले दुई थान आगो निभाउने सो यन्त्र नेपालगन्ज उद्योग वाणिज्य संघलाई पनि प्रदान गरे। बाँकी २१ वटा फायर स्ट्रिगुसर नेपालगन्ज उपमहानगरपालिकामा राखिनेछ । सो कार्यक्रममा आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, नेपालगन्ज उपमहाानगरका विपद व्यवस्थापनि समितिका संयोजक समिर प्रतापसिंह, नेपालगन्ज उद्योग वाणिज्य संघको विपद व्यवस्थापन समितिका संयोजक टिकामणी उपाध्याय, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिम रानाभाट, नेपाल रेडक्रस सोसाइटीका प्रह्लाद बिश्वकर्मा र युनिसेफका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाको बारुण यन्त्र शाखाका अनुसार जिल्लामा भएका आगलागीका घटनाहरुमा विद्युत सर्टका कारण मात्र ४१।३७ प्रतिशत घटना भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - १७:१६
काठमाडौँ । नेपाल बीमा प्राधिकरण ले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार ऐनले निर्दिष्ट ग...
चैत्र ९ गते, २०८२ - १६:५७
काठमाडौं । कपिलवस्तु मा जारी गरिएको निषेधाज्ञा तीन दिन बित्दा पनि अझै कायम रहेको छ। कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा दुई समुदायबीच भएको झडप...
चैत्र ९ गते, २०८२ - १६:४३
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गरेको छन् । लैनचौरस्थित उपराष्ट्रपतिको...
चैत्र ९ गते, २०८२ - १६:२९
काठमाडौँ । वरिष्ठ अर्थविद् केशव आचार्य को निधन भएको छ। उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटल मा उपचारका क्रममा निधन भएको हो। उनका भाइ मदन आचार्य का ...
चैत्र ९ गते, २०८२ - १६:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्...
चैत्र ९ गते, २०८२ - १६:१०
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिस...
चैत्र ९ गते, २०८२ - १६:०६
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ। निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा सञ्चालन हुनेछ भने दुबई–क...
चैत्र ९ गते, २०८२ - १५:५७
काठमाडौँ। सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । ...
चैत्र ९ गते, २०८२ - १५:५२
काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...
चैत्र ९ गते, २०८२ - १५:५२
काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...


प्रतिकृया लेख्नुहोस्: