Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

उद्योग वाणिज्य संघद्वारा उपमहानगरलाई २५ वटा आगो निभाउने फायर स्ट्रिगुसर हस्तान्तरण

खबरडबली संवाददाता

नेपालगन्ज। पछिल्लो समयमा नेपालगन्जका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा आगलागिका घट्नाहरु बढ्दै जाँदा नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपमहानगपालिकालाई आगो निभाउने यन्त्र हस्तान्तरण गरेको छ । 

पसल वा घरमा आगलागि भएमा तत्काल नियन्त्रणका लागि संघले नेपालगन्ज उपमहानगरलाई २५ वटा आगो निभाउने यन्त्र फायर स्ट्रिगुसर हस्तान्तरण गरेको हो । 

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले संघको कार्यालयमा आयोजित एक कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई २५ वटा आगो निभाउने यन्त्र फायर स्ट्रिगुसर हस्तान्तरण गरे। 

सो अवसरमा बोल्दै नेपालगन्ज उपमहानगरका नगर प्रमुख बिष्टले उपमहानगरमा भएका अधिकांश आगलागिका घट्ना बिद्युत शर्ट भए हुने गरेको पाईएको जनाउँदै घर पसल बनाउँदा गुणस्तरीय विद्युतका तार तथा उपकरण लगाउनु पर्नेमा जोड दिए। 

उनले नेपालगन्ज आगलागिको अत्यधिक जोखिममा रहँदै आएको जनाउँदै सो बाट जोगिनका लागि सुरक्षाका सबै उपायहरु अपनाउनुका साथै हरेक घर र पसलमा आगो निभाउने यन्त्र फायर स्ट्रिगुसर राख्नु पर्नेमा जोड दिए। 

सोही प्रकारले नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले ठुलो लगानी लगाएर घर बनाउने, पसल तथा उद्योग खोल्ने तर सुरक्षाका उपायहरुबारे ध्यान नदिने गर्दा नै आगलागि लगायतका घटनाले ठुलो क्षति हुने गरेको बताए। 

उहाँले लाखौं लगानी गर्नेले केही हजार मात्र लगाएर आगो निभाउने यन्त्र फायर स्ट्रिगुसर राखेमात्रै पनि क्षति धेरै घटाउन सकिने बताउनुभयो । सोही अवसरमा नेपालगन्जका नगर प्रमुख बिष्टले वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरिक्षक शेखर खड्कालाई दुई थान आगो निभाउने यन्त्र फायर स्ट्रिगुसर हस्तान्तरण गरे । 

उनले दुई थान आगो निभाउने सो यन्त्र नेपालगन्ज उद्योग वाणिज्य संघलाई पनि प्रदान गरे। बाँकी २१ वटा फायर स्ट्रिगुसर नेपालगन्ज उपमहानगरपालिकामा राखिनेछ । सो कार्यक्रममा आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, नेपालगन्ज उपमहाानगरका विपद व्यवस्थापनि समितिका संयोजक समिर प्रतापसिंह, नेपालगन्ज उद्योग वाणिज्य संघको विपद व्यवस्थापन समितिका संयोजक टिकामणी उपाध्याय, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिम रानाभाट, नेपाल रेडक्रस सोसाइटीका प्रह्लाद बिश्वकर्मा र युनिसेफका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । 

नेपालगन्ज उपमहानगरपालिकाको बारुण यन्त्र शाखाका अनुसार जिल्लामा भएका आगलागीका घटनाहरुमा विद्युत सर्टका कारण मात्र ४१।३७ प्रतिशत घटना भएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनकुटामा बस दुर्घटना, ६ जना घाइते

धनकुटा । कोशी लोकमार्गअन्तर्गत धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमानामा पर्ने त्रिशुलेमा बस दुर्घटना भएको छ। तेह्रथुमबाट धरा...

ललितपुरमा श्रीमतीको हत्या गरि श्रीमानद्धारा प्रहरीमा आत्मसमर्पण

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिनले आफ्नी पत्नी कोपिला पाख्रिन (२३) लाई हत्या गरी प्रहरी कार्यालयमा आत्मसमर्...

उद्योग वाणिज्य संघद्वारा उपमहानगरलाई २५ वटा आगो निभाउने फायर स्ट्रिगुसर हस्तान्तरण

नेपालगन्ज। पछिल्लो समयमा नेपालगन्जका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा आगलागिका घट्नाहरु बढ्दै जाँदा नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपम...

बालेन शाह भूपदेवको क्षेत्र अछाम पुगे

मंगलसेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह आगामी निर्वाचनका लागि पार्टीका उम्मेदवार भूपदेव शाह को समर्थनमा अछाम क्षेत्र न...

म्यान्माको चुनावलाई आसियानले मान्यता दिएन

फिलिपिन्स । दक्षिणपूर्वी एसियाली राष्ट्रको सङ्गठन (आसियान)ले म्यान्मामा हालै सम्पन्न चुनावलाई मान्यता नदिने स्पष्ट पारेको छ । सन् २०२१ मा सेनाले सत्ता...

झापा–५ मा ओलीको जीत सुरक्षित, कुनै जोखिमको अवस्था छैन: महासचिव पोखरेल

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापा निर्वाचन क्षेत्र–५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओली सहजै निर्वाचित हुने दाबी गरेका छन्। उनले एमाले...

टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा विजयी

काठमाडौँ। आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले अभ्यास खेलमा भारतको एमसीए प्रेसिडेन्ट–११ लाई सात विकेटले हराएको छ । शुक्रबार राति भएक...

बङ्गलादेश-पाकिस्तान प्रत्यक्ष उडान पुन: सुरु

ढाका। बङ्गलादेशको राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्सले १० वर्ष भन्दा लामो समय अन्तरालपछि राजधानी ढाकाबाट पाकिस्तानको कराचीका लागि प्रत्यक्ष...

अमेरिकी सरकार सटडाउनतर्फ

वासिङ्टन। अमेरिकी सिनेटले सरकारी खर्च सम्बन्धी महत्वपूर्ण मतदान अवरुद्ध गरेपछि सङ्घीय सरकार आंशिक रूपमा बन्द हुने सम्भावना बढेको छ । राष्ट्रपति डोनाल्...

शिभाली एसिया–प्यासिफिकमा चौथो

काठमाडौँ । नेपालकी टेनिस खेलाडी शिभाली गुरुङ अस्ट्रेलियामा जारी एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा चौथो भएको छन् ।  अस्ट्रेलियन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending