बाजुरा। बाजुरामा पर्यटकीय स्थलको रुपमा चिनिँदै आएको खप्तड छेडेदह गाउँपालिकाका वडा ४ र ७ को बीचमा पर्ने छेडेदह ताल अहिले केही दिन यता हिउँको कब्जामा परेको छ ।
प्रकृतिको उपहार रहेको यो लात आफैमा निकै सौन्दर्यता छ । त्यसैमा यती बेला यहाँ परेको बाक्लो हिमपातको कब्जामा परेपछि झनै मुस्कुराई रहेको छ । यसरी मुस्कुराइरहेको यो तालले यती बेला पछिल्लो यहाँका आन्तरिक तथा बाह्य पर्यटकहरु लोभिने गरेका छन् ।
तीर्थस्थल समेत रहेको यो तालमा अहिले आन्तरिक तथा बाह्पर्यटकहरु भित्रिने क्रम निकै बढ्दै गएको छ । अहिले यहाँ आउने गरेका पर्यटकहरु तालको वरिपरि देउडा खेल्ने नाचगान गर्ने गर्दछन् । गत मङ्गलबार बेलुकी यहाँ बाक्लो हिमपात परेपछि अहिले यो ताल हिउँको कब्जामा परेको हो ।
ताल हिउँको कब्जामा परेपनि निकै मुस्कुराई रहेको छ । ताल यसरी हिउँको घेरामा परी मुस्कुराइरहेकोले यती बेला यहाँ आउने गरेका जो कोही लोभिने गरेका छन् ।
यती बेला ताल बाहिर र ताल भित्रमा समेत हिउँ देखिने गरेको छ । बाहिर हिउँको छाया भित्र तालमा पर्ने गरेकोले अहिले यो तालमा भित्र र बाहिर दुबै ठाउँमा हिउँ देखिने गरेको हो । अहिले यहाँ आउने जो कोही यो ताल हेर्दा निकै अचम्म पर्ने गरेका छन् ।
हिउँदे हिमपातले सेताम्य र वर्खाको समय यसको चारै तिरको हरियालीले यो महिमा निकै बढ्ने गरेको छ । आफैँमा निकै सौन्दर्यता देखिने यो ताल पछिल्लो समय यहाँ आउने गरेका सबैको रोजाईमा पर्ने गरेको हो । यो ताल बाजुरा देखि छिमेकी जिल्ला बझाङ्ग जाने बीच बाटोमा पर्ने गर्छ ।
बाजुराका जिल्लाको एक प्रकृतिको उपहारको रुपमा रहेको यो ताल संरक्षण तथा प्रवर्धनको पर्खाइमा छ । समयमै यो तालको संरक्षण तथा प्रवद्धन गर्ने हो भने यो तालबाट नै यहाँका स्थानीयको आर्थिक अवस्थामा समेत निकै परिवर्तन आउने स्थानीय बिमल रावतले बताए।
यती बेला यहाँका विभिन्न राजनीतिक दलका उम्मेदवार तथा कार्यकर्ताहरु घरदैलो चुनावी अभियानको मैदानमा छन् । यहाँका नाईना , सुदारा , ओलीगाउँ , आटीचौर, बुढावाडा , लम्गाउँ हुँदै डोगडी जाने बीच बाटोमा रहेको यो तालमा उनीहरु गाडी रोकेर यो फोटा लिने गर्छन् । यो ताल संरक्षण तथा प्रवर्धन गर्ने कार्य यती बेला आफ्नो पार्टीको पहिलो प्राथमिका रहेको उम्मेदावर बताउँछन् ।
यो ताल यहाँका स्थानीय बीच लामो समय सम्म विवादमा रहेको छ । त्यो विवाद अहिले पनि टुङ्गिएको छैन । अर्को तर्फ यो ताल केही वर्ष यता पहिरोको उच्च जोखिममा पनि छ ।
अहिले यो ताल पहिरो समेत उच्च जोखिममा रहेकोेले त्यसबाट बचाउँन सकेपछि मात्र यसको विवादित विषयको पनि टुङ्गो लाग्छ । त्यसैले अहिले यो तालको वरिपरि रहेको सबै क्षेत्रलाई सेक्टर विभाजन गर्ने गरी संरक्षण तथा प्रवर्धन कार्यलाई अगाडी बढाउने योजना रहेको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - १२:०४
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सहिद स्मारक लैनचौरमा श्रद्धाञ्जली अर्पण गरेको छिन्। शुक्रबार बिहान सहिद दिवसका अवसरमा प्रधानमन्त्री कार्कीले श...
माघ १७ गते, २०८२ - ११:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारका क्रममा अछाम पुगेका एक व...
माघ १७ गते, २०८२ - ११:५१
स्याङ्जा। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्तासँगै उम्मेदवारहरु गाउँगाउँ पुग्न थालेका छन् । मत माग्दै नेताहरु गाउँगाउँमा ...
माघ १७ गते, २०८२ - ११:३६
काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा व्यवस्था कडा बनाएको छ। निर्वाचनलाई शान्तिपूर...
माघ १७ गते, २०८२ - ११:२६
काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज ए...
माघ १७ गते, २०८२ - ११:१०
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सहिदका सपना अझै पूर्ण रूपमा साकार हुन...
माघ १७ गते, २०८२ - १०:५९
म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् । अन्यत्रका किसानले सरदर प्...
माघ १७ गते, २०८२ - १०:४९
विराटनगर। भारतको पश्चिम बङ्गाल क्षेत्रमा निपा भाइरस सङ्क्रमण देखिएपछि कोशी प्रदेशमा त्यसको सतर्कता बढाइएको छ । निपा भाइरस सङ्क्रमण दर उच्च रहेकाले सम्...
माघ १७ गते, २०८२ - १०:३५
बाजुरा। बाजुरामा पर्यटकीय स्थलको रुपमा चिनिँदै आएको खप्तड छेडेदह गाउँपालिकाका वडा ४ र ७ को बीचमा पर्ने छेडेदह ताल अहिले केही दिन यता हिउँको कब्जामा पर...
माघ १६ गते, २०८२ - १७:४८
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ देखि २१, २०८२ सम्म जापान भ्रमणमा जाने भएका छन्। मन्त्रिपरिषद् बैठकले प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत...




प्रतिकृया लेख्नुहोस्: