Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

बाजुराको छेडेदह ताल हिउँको कब्जामा

खबरडबली संवाददाता

बाजुरा। बाजुरामा पर्यटकीय स्थलको रुपमा चिनिँदै आएको खप्तड छेडेदह गाउँपालिकाका वडा ४ र ७ को बीचमा पर्ने छेडेदह ताल अहिले केही दिन यता हिउँको कब्जामा परेको छ । 

प्रकृतिको उपहार रहेको यो लात आफैमा निकै सौन्दर्यता छ । त्यसैमा यती बेला यहाँ परेको बाक्लो हिमपातको कब्जामा परेपछि झनै मुस्कुराई रहेको छ । यसरी मुस्कुराइरहेको यो तालले यती बेला पछिल्लो यहाँका  आन्तरिक तथा बाह्य पर्यटकहरु लोभिने गरेका छन् । 

तीर्थस्थल समेत रहेको यो तालमा अहिले आन्तरिक तथा बाह्पर्यटकहरु भित्रिने क्रम निकै बढ्दै गएको छ । अहिले यहाँ आउने गरेका पर्यटकहरु तालको वरिपरि देउडा खेल्ने नाचगान गर्ने गर्दछन् । गत मङ्गलबार बेलुकी यहाँ बाक्लो हिमपात परेपछि अहिले यो ताल हिउँको कब्जामा परेको हो ।

ताल हिउँको कब्जामा परेपनि निकै मुस्कुराई रहेको छ । ताल यसरी हिउँको घेरामा परी मुस्कुराइरहेकोले यती बेला यहाँ आउने गरेका जो कोही लोभिने गरेका छन् । 

यती बेला ताल बाहिर र ताल भित्रमा समेत हिउँ देखिने गरेको छ । बाहिर हिउँको छाया भित्र तालमा पर्ने गरेकोले अहिले यो तालमा भित्र र बाहिर दुबै ठाउँमा हिउँ देखिने गरेको हो । अहिले यहाँ आउने जो कोही यो ताल हेर्दा निकै अचम्म पर्ने गरेका छन् । 

हिउँदे हिमपातले सेताम्य र वर्खाको समय यसको चारै तिरको हरियालीले यो महिमा निकै बढ्ने गरेको छ । आफैँमा निकै सौन्दर्यता देखिने यो ताल पछिल्लो समय यहाँ आउने गरेका सबैको रोजाईमा पर्ने गरेको हो । यो ताल बाजुरा देखि छिमेकी जिल्ला बझाङ्ग जाने बीच बाटोमा पर्ने गर्छ । 

बाजुराका जिल्लाको एक प्रकृतिको उपहारको रुपमा रहेको यो ताल संरक्षण तथा प्रवर्धनको पर्खाइमा छ । समयमै यो तालको संरक्षण तथा प्रवद्धन गर्ने हो भने यो तालबाट नै यहाँका स्थानीयको आर्थिक अवस्थामा समेत निकै परिवर्तन आउने स्थानीय बिमल रावतले बताए।

यती बेला यहाँका विभिन्न राजनीतिक दलका उम्मेदवार तथा कार्यकर्ताहरु घरदैलो चुनावी अभियानको मैदानमा छन् । यहाँका नाईना , सुदारा , ओलीगाउँ , आटीचौर, बुढावाडा , लम्गाउँ हुँदै डोगडी जाने बीच बाटोमा रहेको यो तालमा उनीहरु गाडी रोकेर यो फोटा लिने गर्छन् । यो ताल संरक्षण तथा प्रवर्धन गर्ने कार्य यती बेला आफ्नो पार्टीको पहिलो प्राथमिका रहेको उम्मेदावर बताउँछन् । 

यो ताल यहाँका स्थानीय बीच लामो समय सम्म विवादमा रहेको छ । त्यो विवाद अहिले पनि टुङ्गिएको छैन । अर्को तर्फ यो ताल केही वर्ष यता पहिरोको उच्च जोखिममा पनि छ । 

अहिले यो ताल पहिरो समेत उच्च जोखिममा रहेकोेले त्यसबाट बचाउँन सकेपछि मात्र यसको विवादित विषयको पनि टुङ्गो लाग्छ । त्यसैले अहिले यो तालको वरिपरि रहेको सबै क्षेत्रलाई सेक्टर विभाजन गर्ने गरी संरक्षण तथा प्रवर्धन कार्यलाई अगाडी बढाउने योजना रहेको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बीमा ऐन उल्लङ्घन गर्ने ८ कम्पनीलाई कारबाही

काठमाडौँ । नेपाल बीमा प्राधिकरण ले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार ऐनले निर्दिष्ट ग...

कपिलवस्तुमा निषेधाज्ञा कायमै, अवस्था सामान्य बन्दै

काठमाडौं । कपिलवस्तु मा जारी गरिएको निषेधाज्ञा तीन दिन बित्दा पनि अझै कायम रहेको छ। कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा दुई समुदायबीच भएको झडप...

उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गरेको छन् । लैनचौरस्थित उपराष्ट्रपतिको...

अर्थविद् केशव आचार्यको निधन

काठमाडौँ । वरिष्ठ अर्थविद् केशव आचार्य को निधन भएको छ। उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटल मा उपचारका क्रममा निधन भएको हो। उनका भाइ मदन आचार्य का ...

मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा पर्दैछ : सचिव चटौत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, १५ अर्ब बराबरको कारोबार

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिस...

काठमाडौं–दुबई रुटमा नेपाल वायुसेवा निगमका थप दुई उडान

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ। निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा सञ्चालन हुनेछ भने दुबई–क...

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौँ। सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । ...

राष्ट्रिय महिला आयोगमा नाराबाजी: महिलामाथि हिंसा हुँदा महिला आयोग किन चुप ?

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...

राष्ट्रिय महिला आयोगमा नाराबाजी: महिलामाथि हिंसा हुँदा महिला आयोग किन चुप ?

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: