Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन जिम्मेवार सूचना प्रवाह गर्न राष्ट्रिय सूचना आयोगको निर्देशन

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार बन्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोगले निर्वाचनका क्रममा फैलिने भ्रामक, गलत तथा नियोजित सूचनाले लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पार्ने भन्दै सूचना प्रवाह सत्य, तथ्य र यथार्थमा आधारित हुनुपर्नेमा जोड दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता तथा सूचना आयुक्त गगन विष्टले निर्वाचनसम्बन्धी सूचना समयमै, स्पष्ट र सबैले बुझ्ने गरी सार्वजनिक गर्न सरकारलाई निर्देशन दिए। साथै गलत तथा भ्रामक सूचनामाथि निगरानी र नियमन गर्न सम्बन्धित निकायलाई सक्रिय रहन आग्रह गरे।

उनले निर्वाचन आयोगलाई मतदाता शिक्षा थप प्रभावकारी बनाउन, बहुभाषिक माध्यमबाट सूचना प्रवाह गर्न तथा निर्वाचनसम्बन्धी ऐन, कानुन, निर्देशिका र आचारसंहिता समयमै सार्वजनिक गर्न निर्देशन दिए।

आयोगले राजनीतिक दल र उम्मेदवारलाई तथ्यमा आधारित सूचना मात्र प्रवाह गर्न, गालीगलौज, दुष्प्रचार तथा भ्रामक सूचना प्रयोग नगर्न निर्देशन दिएको छ। साथै दलहरूलाई निर्वाचनसम्बन्धी सूचना प्रवाहका लागि सूचना अधिकारी तोक्नसमेत आग्रह गरिएको छ।

सञ्चारमाध्यमलाई निर्वाचन समाचार सम्प्रेषण गर्दा निष्पक्षता, सन्तुलन र समान पहुँचको सिद्धान्त पालना गर्न तथा कुनै दल वा उम्मेदवारको प्रचार सामग्रीलाई समाचारका रूपमा प्रकाशन वा प्रसारण नगर्न आयोगले सचेत गराएको छ।

त्यस्तै, सर्वसाधारणलाई सामाजिक सञ्जाल वा अन्य माध्यममा सूचना सेयर गर्नुअघि स्रोतको आधिकारिकता र विश्वसनीयता यकिन गर्न तथा भ्रामक सूचना देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन आयोगले आग्रह गरेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा फाइल पेस गर्न सर्वोच्चको आदेश

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेका उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्च अदालतले सम्बन्धित फाइल यसअघिको...

कागबेनी-मुक्तिनाथ सडकमा हिउँ पन्छाउन थालियो, दर्शनार्थी कागबेनीमै रोकिए

काठमाडौँ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन...

निर्वाचन आचारसंहिता उल्लङ्घनमा २१ वटा स्पष्टीकरण सोधियो

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा हालसम्म राजनीतिक दल, उम्मेदवार, व्यक्ति तथा संस्थासँग २१ वटा स्पष्टीकरण सोधेको छ। आयो...

अहिले वामपन्थी शक्तिलाई कमजोर पार्ने प्रयास भइरहेको छ : अग्नि सापकोटा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले पार्टीभित्र बहस गर्नुपर्ने धेरै विषय रहे पनि ती विषयलाई थाती राखेर आगामी निर्वाचनम...

नेप्से १७.५३ अंकले घट्यो, कारोबार रकम भने १४ अर्ब नाघ्यो

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) १.५३ अंकले घटेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २७१४.०५ विन्दुमा पुगेर बन्द भएको हो । बजार परिस...

निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन जिम्मेवार सूचना प्रवाह गर्न राष्ट्रिय सूचना आयोगको निर्देशन

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार ब...

सामाजिक सुरक्षा कार्यक्रम खर्च मापदण्ड खारेज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सेवाप्रदायक स्वास्थ्य संस्थाका लागि तोकिएको खर्च मापदण्ड खारेज गरेको छ। बोर्ड ग...

कांग्रेसको प्रधानमन्त्री उम्मेदवार नयाँ युगको प्रतिनिधि: उपसभापति शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि भएको बताएक...

हिमपात परेपछि कागबेनीमै रोकिए दर्शनार्थी

मुस्ताङ। भारी हिमपातभएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र-१ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । हिमपातकै कारण कागबेनी-मुक्तिनाथ सडकखण्ड अवरुद्ध...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न

कर्णाली । नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणकार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending