सल्यान। सल्यानमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला पक्षहरूले प्रतिबद्धता जनाएका छन्।
निर्वाचन कार्यालय सल्यान तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा आयोजना गरिएको निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार, सुरक्षा निकाय तथा सञ्चारकर्मीहरूले निर्वाचन आयोगद्वारा जारी आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
बैठकमा सहभागीले समय र स्थान नजुध्ने गरी निर्वाचनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, कार्यक्रमबारे सम्बन्धित निकायलाई जानकारी गराउने तथा निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी सभासम्मेलन आयोजना गर्ने सहमति जनाएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रममा सहभागीहरूले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै पक्षले रचनात्मक र सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
निर्वाचन आचारसंहिता पालन भएनभएको अनुगमनको जिम्मेवारी सहायक प्रमुख जिल्ला अधिकारी तथा कोष तथा लेखा नियन्त्रक प्रमुखलाई दिइएको छ।
बैठकमा मुख्य निर्वाचन अधिकृत प्रल्हाद योगीले सबैको सम्मान हुने तथा मितव्ययी ढङ्गले निर्वाचन प्रचारप्रसार गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरे।
उनले यो निर्वाचन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पनि निगरानीमा रहेको उल्लेख गर्दै आचारसंहिता पूर्ण रूपमा पालना गर्न अनुरोध गरे।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी महेन्द्र सापकोटाले निर्वाचन आचारसंहिता उम्मेदवारलाई मात्र नभई सबै पक्षलाई लागू हुने स्पष्ट पार्दै आचारसंहिता विपरीत कुनै पनि गतिविधि नगर्न आग्रह गरे।
उनले सभ्य, स्वच्छ र स्वस्थ प्रतिस्पर्धाबाट निर्वाचन जित्न सुझाव दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - १७:१६
काठमाडौँ । नेपाल बीमा प्राधिकरण ले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार ऐनले निर्दिष्ट ग...
चैत्र ९ गते, २०८२ - १६:५७
काठमाडौं । कपिलवस्तु मा जारी गरिएको निषेधाज्ञा तीन दिन बित्दा पनि अझै कायम रहेको छ। कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा दुई समुदायबीच भएको झडप...
चैत्र ९ गते, २०८२ - १६:४३
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गरेको छन् । लैनचौरस्थित उपराष्ट्रपतिको...
चैत्र ९ गते, २०८२ - १६:२९
काठमाडौँ । वरिष्ठ अर्थविद् केशव आचार्य को निधन भएको छ। उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटल मा उपचारका क्रममा निधन भएको हो। उनका भाइ मदन आचार्य का ...
चैत्र ९ गते, २०८२ - १६:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्...
चैत्र ९ गते, २०८२ - १६:१०
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिस...
चैत्र ९ गते, २०८२ - १६:०६
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ। निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा सञ्चालन हुनेछ भने दुबई–क...
चैत्र ९ गते, २०८२ - १५:५७
काठमाडौँ। सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । ...
चैत्र ९ गते, २०८२ - १५:५२
काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...
चैत्र ९ गते, २०८२ - १५:५२
काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...


प्रतिकृया लेख्नुहोस्: