नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३५ जना अझै बेपत्ता छन् । भागेकामध्ये ४३ जनालाई पक्राउ गरेर फिर्ता ल्याइएको बाल सुधारगृहले जनाएको छ ।
नौबस्स्ता बाल सुधार गृहका प्रमुख श्यामबहादुर रानाले जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते राति प्रहरीसँग भिडन्त गरेर ७८ जना बालबन्दी भागेकोमा हालसम्म ४३ जना पक्राउ परेको बताए।
उहाँले अझै ३५ जना बालबन्दी फरार रहेकोले उनीहरुको खोजी कार्य विभिन्न माध्यमबाट भइरहेको जानकारी प्रहरीले गराएको बताए।
फरार भएका बालबन्दी लगायत सबै प्रकारका कैदीबन्दीलाई बाल सुधार गृह र कारागारमा फर्किनका लागि गत असोज २० गतेसम्मको समयसीमा दिइएको थियो । तर सो समयसीमा सकिएको लामो समय बिते पनि अझै पनि ३५ जना बालबन्दीहरु पक्राउ नपरेको र उनिहरुको अवस्था अज्ञात रहेको नौबस्ता बाल सुधार गृहले जनाएको छ ।
भदौ २४ गते देशभरिका अधिकांश कारागार र बालसुधार गृहबाट कैदी बन्दी भागेका थिए । सोही समयमा नौबस्ता बालसुधार गृहबाट पनि ७८ जना बालबन्दी भागेका थिए ।
नौबस्ता बालसुधार गृहबाट प्रहरीमाथि आक्रमण गरेर बालबन्दी भाग्ने क्रममा प्रहरीले गोली प्रहार गर्दा अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय विनेश घर्ती मगर, बाँकेका २० वर्षीय समिर थापा, दैलेखका २१ वर्षीय भुपेन्द्र खत्री र कैलालीका १९ वर्षीय जगत देउवा गरेर पाँच जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - १४:३६
काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिनिधिसभा...
चैत्र १२ गते, २०८२ - १४:२६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आजको प्रतिनिधिसभा सदस्य पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा उपस्...
चैत्र १२ गते, २०८२ - १४:०६
नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा तातो हावा ‘लु’ पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धित गतिविधिको बारेमा उच्च स्तरीय अनुगमन तथा अवलोकन गरिएक...
चैत्र १२ गते, २०८२ - १३:५१
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज अपराह्न २:०० बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अ...
चैत्र १२ गते, २०८२ - १३:४०
बङ्गलादेश। बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु हु्नुका साथै धेरै घाइते भएको अधिकारीहले बताएका छन् । प्रहरी निरीक्षक रसेल मोल्लालाई उदृत ग...
चैत्र १२ गते, २०८२ - १३:२७
काठमाडौँ । प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ ग्रहण गरेलगत्तै नेकपा एमालेका सांसदहरूलाई पार्टी केन्द्रीय कार्यालय च्यासल बोलाइएको छ। पार्टीको प्रचार स...
चैत्र १२ गते, २०८२ - १३:१६
काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा भदौ २३ र २४ मा तत्कालीन प्रहरी उच्च अधिकारी र सरकारी पदाधिकारीबीच भएको फोन सम्पर्कको विवरण आयोगको प्रतिवेदनमा समावे...
चैत्र १२ गते, २०८२ - १३:०२
चितवन । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलेका मध्ये मालपोत कार्यालय भरतपुरका आठ हजार नयाँ श्रेस्ता कायम गरिएको छ । यकिन तथ्याङ्क नभए पनि ...
चैत्र १२ गते, २०८२ - १२:४१
पेरिस। मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण तीव्र भइरहेका छन् भने अर्कोतिर कूटनीतिक पहल अस्पष्ट र विरोधाभासी देखिएका छ...
चैत्र १२ गते, २०८२ - १२:३५
काठमाडौँ । तारकेश्वरस्थित शेषमती कोरिडोर क्षेत्रमा निर्माण गरिएका अनाधिकृत संरचना हटाइएको छ। खोला अतिक्रमण गरी बनाइएका टहरा तथा अन्य संरचना हटाउन य...


प्रतिकृया लेख्नुहोस्: