काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार खगेन्द्र सुनार आफ्नो एक पुरानो अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । एक अन्तर्वार्तामा उनले ‘नेपालमा गाई खान पाउनुपर्ने’ धारणा व्यक्त गरेको भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
यसअघि पनि विवादास्पद अभिव्यक्तिका कारण चर्चामा रहँदै आएका सुनारको विषयमा मतदाताहरूले रास्वपाका उम्मेदवारहरूलाई समेत प्रश्न गर्न थालेका छन् । तर, पार्टीले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।
यस विषयमा बुझ्दा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले भाइरल भिडिओ पुरानो अन्तर्वार्ताको अंश भएको बताए । दलित आन्दोलनका क्रममा आक्रोशमा बोलिएको हुन सक्ने भन्दै अहिले पनि त्यही धारणा बोकेको विश्वास नरहेको उनको भनाइ छ ।
प्रवक्ता मनिष झाले पनि भिडिओ पुरानो भएको दाबी गर्दै सुनारले यसबारे भिडिओमार्फत प्रष्टीकरण दिइसकेको बताए । पार्टीले अलग्गै प्रतिक्रिया दिन आवश्यक नरहेको उनको भनाइ छ ।
यसैबीच, सुनारले सामाजिक सञ्जालमार्फत आफूले नबोलेका कुरालाई तोडमोड गरी भाइरल गरिएको दाबी गरेका छन् । राष्ट्रिय जनावरप्रति सम्मान रहेको र आफू शाकाहारी भएकाले कुनै पनि जीवहत्याको पक्षमा नरहेको उनले स्पष्ट पारेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - १७:१६
काठमाडौँ । नेपाल बीमा प्राधिकरण ले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार ऐनले निर्दिष्ट ग...
चैत्र ९ गते, २०८२ - १६:५७
काठमाडौं । कपिलवस्तु मा जारी गरिएको निषेधाज्ञा तीन दिन बित्दा पनि अझै कायम रहेको छ। कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा दुई समुदायबीच भएको झडप...
चैत्र ९ गते, २०८२ - १६:४३
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गरेको छन् । लैनचौरस्थित उपराष्ट्रपतिको...
चैत्र ९ गते, २०८२ - १६:२९
काठमाडौँ । वरिष्ठ अर्थविद् केशव आचार्य को निधन भएको छ। उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटल मा उपचारका क्रममा निधन भएको हो। उनका भाइ मदन आचार्य का ...
चैत्र ९ गते, २०८२ - १६:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्...
चैत्र ९ गते, २०८२ - १६:१०
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिस...
चैत्र ९ गते, २०८२ - १६:०६
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ। निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा सञ्चालन हुनेछ भने दुबई–क...
चैत्र ९ गते, २०८२ - १५:५७
काठमाडौँ। सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । ...
चैत्र ९ गते, २०८२ - १५:५२
काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...
चैत्र ९ गते, २०८२ - १५:५२
काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...


प्रतिकृया लेख्नुहोस्: