Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

खगेन्द्र सुनारको पुरानो अभिव्यक्ति भाइरल, रास्वपा के भन्छ ?

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार खगेन्द्र सुनार आफ्नो एक पुरानो अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । एक अन्तर्वार्तामा उनले ‘नेपालमा गाई खान पाउनुपर्ने’ धारणा व्यक्त गरेको भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यसअघि पनि विवादास्पद अभिव्यक्तिका कारण चर्चामा रहँदै आएका सुनारको विषयमा मतदाताहरूले रास्वपाका उम्मेदवारहरूलाई समेत प्रश्न गर्न थालेका छन् । तर, पार्टीले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

यस विषयमा बुझ्दा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले भाइरल भिडिओ पुरानो अन्तर्वार्ताको अंश भएको बताए । दलित आन्दोलनका क्रममा आक्रोशमा बोलिएको हुन सक्ने भन्दै अहिले पनि त्यही धारणा बोकेको विश्वास नरहेको उनको भनाइ छ ।

प्रवक्ता मनिष झाले पनि भिडिओ पुरानो भएको दाबी गर्दै सुनारले यसबारे भिडिओमार्फत प्रष्टीकरण दिइसकेको बताए । पार्टीले अलग्गै प्रतिक्रिया दिन आवश्यक नरहेको उनको भनाइ छ ।

यसैबीच, सुनारले सामाजिक सञ्जालमार्फत आफूले नबोलेका कुरालाई तोडमोड गरी भाइरल गरिएको दाबी गरेका छन् । राष्ट्रिय जनावरप्रति सम्मान रहेको र आफू शाकाहारी भएकाले कुनै पनि जीवहत्याको पक्षमा नरहेको उनले स्पष्ट पारेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जमलमा तीन सवारी ठोक्किँदा एक जना घाइते

काठमाडौं । काठमाडौंको जमलस्थित सिद्धि भवन अगाडि मोटरसाइकल, स्कुटर र माइक्रो ठोक्किँदा दुर्घटना भएको छ। मंगलबार केहीबेर अघि भएको दुर्घटनामा एक जना घ...

लमजुङमा थपिए ६ मतदान केन्द्र

लमजुङ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा पुन: ६ वटा मतदान केन्द्र थपिएको छ । निर्वाचन आयोगले जिल्लाको मतदानस्थलमा भएका मतदाता सङ्...

यी पाँच उम्मेदवारलाई निर्वाचन आयोगको सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका पाँच जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ। आयोगका अनुसार झ...

ईपीएस पास गरेर पनि कोरिया जान नपाएको भन्दै युवाको प्रदर्शन

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण गरे पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवायुवतीहरूले काठ...

खगेन्द्र सुनारको पुरानो अभिव्यक्ति भाइरल, रास्वपा के भन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार खगेन्द्र सुनार आफ्नो एक पुरानो अभिव्यक्तिका कारण...

चुनावी अभियानमा कैलाली पुगेका बालेन भेटघाटमा व्यस्त

कैलाली। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह चुनावी अभियानमा कैलाली पुगेको छन्। बर्दियाको राजापुरबाट कैलाली पुगेका उनले उम्मेदवार भेटघाटका ...

सुनको भाउमा फेरि नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको हो...

गृहमन्त्री अर्याल र अमेरिकी राजदूत अर्बमबीच शिष्टाचार भेट

काठमाडौँ।गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेको छन् । गृह मन्त्रालयमा आज भएको भ...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, कारोबार १६ अर्ब नाघ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घट्दा कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ०७ अङ...

हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । सुनसरी–१ का उम्मेदवार तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । चुनावी प्रचार/प्रसारमा बालबालि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending