Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

चुनावी अभियानमा कैलाली पुगेका बालेन भेटघाटमा व्यस्त

खबरडबली संवाददाता

कैलाली। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह चुनावी अभियानमा कैलाली पुगेको छन्। बर्दियाको राजापुरबाट कैलाली पुगेका उनले उम्मेदवार भेटघाटका क्रममा क्षेत्रको समस्याका बारेमा चासो देखाएको छन् । मङ्गलबार बिहान लम्की र सुखडमा रहेको पार्टी कार्यालय पुगेर त्यहाँका उम्मदवार तथा नेतासँग क्षेत्रगत समस्याका बारेमा जानकारी लिएको हो ।

नेता शाहले लम्कीचुहा नगरपालिका भल्कामा रहेको पार्टी कार्यालयमा २ का  उम्मेदवार केपी खनाल लगायत रास्वपा नेताहरुसँग केहीबेर त्यहाँको समस्याका बारेमा जानकारी लिएपछि सुखड पुगेको थिए ।

सुखड चोकममा स्वागत र अभिनन्दका लागि रास्वपाका नेता कार्यकर्ता तथा शुभचिन्तकको समूह रहे पनि शाह सिधै सुखड बजारमा रहेको पार्टी कार्यालय प्रवेश गरेको थिए । पछिपछि  शाहलाई हेर्न र भेट्नका लागि युवाहरुको भिड पार्टी कार्यालय पुगेको थियो ।

सुरक्षाकर्मीको सुरक्षाभित्र केहीबेर शाहले कार्यालयमा क्षेत्र नम्बर ३ का उम्मेदवार जगतप्रसाद जोशीसँग कुराकानी गरे। भेटघाट र कुराकानीका क्रममा क्षेत्र नम्बर ३ को समस्याका बारेमा उम्मेदवार जोशीले जानकारी गराएको थिए। उनले पर्यटन, कृर्षीका लागि सम्भावना बोकेको क्षेत्र भए पनि बाढी, डुबान, कटानको समस्यालगायत विषयमा जानकारी गराएको बताए ।

छोटो समय कुराकानीपछि कार्यालयबाट निस्कनु भएका शाह भिडमा नरोकिकन गाडीमा बसेको थिए। समर्थकले नाराबाजी गर्दै बजार परिक्रमापछि सबैलाई हात हल्याउदै शाह निस्कएको थिए । बिहान ७ बजे राजापुरमा भएको स्वागत कार्यक्रममा उपस्थित भएर कैलाली पुगेका उनको पहलमानपुर, मसुरिया, चौमाला, अत्तरिया, धनगढीसम्म भेटघाट कार्यक्रम रहेको जनाइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देश सम्हाल्ने तागत कांग्रेससँग छ : सभापति थापा

सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान अवस्थामा देशलाई सम्हाल्ने शक्ति आश्वयक रहेको बताएको छन्।  मङ्गलबार बिहान सर्लाहीको बलरा न...

भरतपुर महानगरका तत्कालीन इन्जिनियर आचार्यविरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। ...

टेरामक्स खरिद प्रकरण: मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मु्द्दामा सुनुवाइ जारी

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम ९टेरामक्स० खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्...

अनुगमन अधिकृतलाई विशेष अधिकारसहितको ‘छाप’ प्रयोग गर्न निर्देशन, आचारसंहितामा कडाइ गरिने

काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन जिल्ला तहमा खटिने अनुगमन अधिकृतहरूलाई विशेष ...

कालिज पालेर मासिक एक लाखभन्दा बढी आम्दानी

चितवन। संयुक्त अरब इमिरेट्स (साउदी)मा ११ वर्ष काम गरेर फर्किएका गैँडाकोटका एक युवाले घरमै कालिजपालन गरेर मासिक रु. एक लाखभन्दा बढी आम्दानी गर्दै आएको ...

कैलाली पुगे बालेन शाह, रास्वपाका उम्मेदवारसँग चुनावी तयारीमा व्यस्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सुदूरपश्चिमको कैलालीमा चुनावी अभियानमा व्यस्त छन्। उनले कैलाली...

जमलमा तीन सवारी ठोक्किँदा एक जना घाइते

काठमाडौं । काठमाडौंको जमलस्थित सिद्धि भवन अगाडि मोटरसाइकल, स्कुटर र माइक्रो ठोक्किँदा दुर्घटना भएको छ। मंगलबार केहीबेर अघि भएको दुर्घटनामा एक जना घ...

लमजुङमा थपिए ६ मतदान केन्द्र

लमजुङ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा पुन: ६ वटा मतदान केन्द्र थपिएको छ । निर्वाचन आयोगले जिल्लाको मतदानस्थलमा भएका मतदाता सङ्...

यी पाँच उम्मेदवारलाई निर्वाचन आयोगको सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका पाँच जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ। आयोगका अनुसार झ...

ईपीएस पास गरेर पनि कोरिया जान नपाएको भन्दै युवाको प्रदर्शन

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण गरे पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवायुवतीहरूले काठ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending