काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आफ्नो विवादित अभिव्यक्तिबारे संसद्मा स्पष्टीकरण दिएका छन् ।
प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले केही दिनअघि गरेको टिप्पणीको आशय निर्माण व्यवसायीलाई हतोत्साही बनाउने नरहेको दाबी गरे ।
केही दिनअघि नागढुंगा–मुग्लिन सडक स्तरोन्नति अनुगमनका क्रममा मन्त्री लम्सालले “काम नगर्ने ठेकेदारका खुट्टा भाँचिदिए हुन्छ” भन्ने अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो ।
उक्त अभिव्यक्तिबारे स्पष्ट पार्दै उनले ठेक्का तोड्दा निर्माण व्यवसायीलाई ठूलो क्षति पुग्ने विषयमा सरकार सचेत रहेको बताए ।
मन्त्री लम्सालले १ प्रतिशत पनि सम्भावना भएसम्म सुधार गरेर अघि बढ्ने सरकारको नीति रहेको उल्लेख गर्दै सोहीअनुसार काम अघि बढाइएको दाबी गरे ।
उनका अनुसार निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सार्वजनिक खरिद ऐनमा आवश्यक सुधार गर्ने तयारी भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ४ गते, २०८३ - १६:०३
लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–२ स्थित मिदिम खोलाको किनारमा ४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङक...
आषाढ़ ४ गते, २०८३ - १५:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशनमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । महामन्त्री कबिन्द्र ब...
आषाढ़ ४ गते, २०८३ - १५:५०
काठमाडौँ । देशका विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम पनि ह्वात्तै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो...
आषाढ़ ४ गते, २०८३ - १५:३६
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आफ्नो विवादित अभिव्यक्तिबारे संसद्मा स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नहर...
आषाढ़ ४ गते, २०८३ - १५:२८
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानुन निर्माण गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छिन्। बुधब...
आषाढ़ ४ गते, २०८३ - १५:२०
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला जरवान अल शम्सीले शिष्ट...
आषाढ़ ४ गते, २०८३ - १५:०६
एक लेनका सबै सडक दुई लेनमा विस्तार गरिने
आषाढ़ ४ गते, २०८३ - १४:५६
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चालु आर्थिक वर्षमा करिब १० खर्ब रुपैयाँ बराबरका पूर्वाधार आयोजना एकैपटक टेन्डर प्रक्रियामा लैजाने तया...
आषाढ़ ४ गते, २०८३ - १४:४१
चितवन। पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । नवलपरासी (बर्दघाट स...
आषाढ़ ४ गते, २०८३ - १४:३३
काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यस वर्षको पूर्वाधार बजेट तीन वर्षे योजनाअनुसार विनियोजन गरिएको बताएका छन् । संसद्मा बजेटमाथि...



प्रतिकृया लेख्नुहोस्: