लेखनाथ। राष्ट्रिय सभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा मतदान जारी छ। आइतबार दिउँसो २ बजेसम्म दुई सय २१ जनाले मतदान गरेको छन्। प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपाने स्थानीय तहमा एक सय ६५ र प्रदेशसभा सदस्यमध्ये ५६ जनाले मत हालिसक्नुभएको जानकारी दिए।
“मतदान जारी छ। ५६ प्रदेशसभा सदस्य र स्थानीय तहका एक सय ६५ जनाले मतदान गरिसक्नुभएको छ,” उहाँले भन्नुभयो। अब तीन प्रदेशसभा सदस्य र पाँच पालिकाका प्रमुखरउपप्रमुखले मतदान गर्न बाँकी छ।
प्रदेश निर्वाचन कार्यालय परिसर गण्डकी परिसरमै आइतबार बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ। पालिका प्रमुख/उपप्रमुख र प्रदेशसभा सदस्यका लागि फरक फरक मतदान केन्द्रको व्यवस्था गरिएको छ। मतदान सकिएलगत्तै मतगणना थाल्ने तयारी छ।
बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली पुर्पक्षका लागि जेलमा रहेकाले मतदान गर्न पाउने अवस्था छैन भने मनाङ एक क्षेत्र रिक्त छ। राप्रपाले भने मतदानमा भाग नलिने निर्णय गरेको छ। गण्डकीमा राप्रपाका दुई प्रदेशसभा सदस्य छन्।
गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने तत्कालीन नेकपा (माओवादी केन्द्र)का सांसद नारायणकाजी श्रेष्ठ र नेकपा ९एमाले०की भगवती न्यौपानेको पदावधि सकिन लाग्दा यहाँ निर्वाचन भएको हो। गण्डकीमा सत्ता साझेदारी गरिरहेका नेकपा (एमाले) र नेपाली कांग्रेसले चुनावी गठबन्धन गरी संयुक्त रुपमा उम्मेदवार उठाएका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनमोर्चा अलग अलग रुपमा प्रतिस्पर्धामा छन्।
एमालेबाट महिला क्लस्टरमा सम्झना देवकोटाको उम्मेदवारी परेको छ। एमाले कांग्रेस गठबन्धनको तर्फबाट कांग्रेसले खुलामा प्राडा जगत् तिमिल्सिनालाई अघि सारेको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले महिला क्लस्टरबाट नेकपाकी गोमा लुइँटेल घिमिरे र खुलाबाट कपिल लामालाई मैदानमा उतारेको छ।
राष्ट्रिय जनमोर्चाका खुलामा शंकरप्रसाद बराल र महिलामा लक्ष्मी बाँस्कोटा उम्मेदवार छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८३ - १८:०१
किन्शासा। कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारी उच्च सतर्कतामा पुगेका छन् । अफ्रिका सीडीसीका अनुसार ...
जेष्ठ १ गते, २०८३ - १७:४९
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सात प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु मधेस प्रदेश मा देखिएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार मधेस प्रदेशको बेरु...
जेष्ठ १ गते, २०८३ - १७:२२
काठमाडौं ।रास्वपा सांसद केपी खनाल ले विद्युत् उपयोग गरेर ग्रीन हाइड्रोजन प्रविधिमार्फत स्वदेशमै रासायनिक मल उत्पादन गर्न सरकार अघि बढ्नुपर्ने बताएका छ...
जेष्ठ १ गते, २०८३ - १७:०७
काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ। तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्...
जेष्ठ १ गते, २०८३ - १६:४९
काठमाडौं । सरकारी अस्पताल तथा स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि र स्वास्थ्य सामग्री म्याद नाघेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको पाइएको छ। ...
जेष्ठ १ गते, २०८३ - १६:३१
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या ८ मा सीमित गर्ने तयारी अघि बढाएको छ। हाल प्रदेशमा १२ वटा मन्त्रालय रहेका छन्। ...
जेष्ठ १ गते, २०८३ - १६:०५
काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि जापानका राजदूत माएडा तोरुले शिष्टाचार भेटवार्ता गरेको छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्ष...
जेष्ठ १ गते, २०८३ - १५:५५
काठमाडौँ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी प्रतिनिधिहरूसँग आज गर्न लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात...
जेष्ठ १ गते, २०८३ - १५:४९
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जा...
जेष्ठ १ गते, २०८३ - १५:३५
प्युठान । प्युठान–दाङ सडकखण्डअन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। लुप्र ०२–००१...



प्रतिकृया लेख्नुहोस्: