Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

बालेन शाह भोली सुदूरपश्चिम जादै

खबरडबली संवाददाता

काठमाडौँ । झापाबाट फर्किएका रास्वपा वरिष्ठ नेता बालेन्द्र साह भोलि सुदूरपश्चिम जाने भएका छन्। उनी त्यहाँ विभिन्न जिल्लामा चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम छ।

चुनावको मनोनयनका लागि झापा पुगेका बालेन केही दिन बसिसकेर हिजो फर्किएका थिए। झापामा उनी उत्साहित भएको बताइन्छ। यद्यपि, त्यहाँ चढेको महँगो गाडीलाई लिएर विवाद उत्पन्न भएको थियो। गाडी व्यवसायीले दिएको र बालेनले त्यहीँ छोडेर आएका छन्।

सुदूरपश्चिमबाट बालेन निकट दुई व्यक्तिहरूले उम्मेदवारी दिएका छन्। उनका प्रमुख स्वकीय सचिव भूपदेव शाह अछाम–२ बाट र कोर टीमका सदस्य केपी खनाल कैलाली–२ बाट उम्मेदवार बनेका हुन्। यी निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राखेर बालेन प्रचारका लागि सुदूरपश्चिम जाने योजना बनाएका हुन्।

केही दिन सुदूरपश्चिममा बिताएपछि बालेन काठमाडौं फर्कनेछन् र काठमाडौं, ललितपुरका केही निर्वाचन क्षेत्रमा चुनावी अभियानमा सहभागी हुने कार्यक्रम छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रविकाे अभियाेगपत्र संशाेधनविरुद्धकाे रिटमा बहस गर्दै महान्यायाधिवक्ता भण्डारी

काठमाडौँ । रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट निवेदन...

पोखरामा पर्यटक संख्या घट्यो, मध्यपूर्व तनाव मुख्य कारण

पोखरा। मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पोखरामा दोस्रो मुख्य पर्यटकीय सिजनमा पनि पर्यटकको आगमन घटेको छ। अमेरिका–इ...

एक सातामै ३६ हजारले घट्यो सुनको भाउ, तोलाको कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम मंगलबार पनि जारी रहेको छ। यस दिन सुनको भाउ प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी...

लमजुङमा आठ महिनामा ६२ जना क्षयरोगी थपिए

लमजुङ। लमजुङमा चालु आर्थिक वर्षको आठ महिनामा ६२ जना नयाँ क्षयरोगका बिरामी भेटिएका छन् । चालु वर्षको साउनदेखि फागुन मसान्तसम्म भेटिएका नयाँ ६२ जनामा क्...

आगामी सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारविरुद्ध कडा रूपमा अघि बढ्नुपर्छ: महाविर पुन

काठमाडौं । नवनिर्वाचित सांसद महावीर पुनले आगामी सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारविरुद्ध कडा रूपमा अघि बढ्नुपर्ने बताएका छन्। म्याग्दीबाट प्रतिनि...

बीमा ऐन उल्लङ्घन गर्ने ८ कम्पनीलाई कारबाही

काठमाडौँ । नेपाल बीमा प्राधिकरण ले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार ऐनले निर्दिष्ट ग...

कपिलवस्तुमा निषेधाज्ञा कायमै, अवस्था सामान्य बन्दै

काठमाडौं । कपिलवस्तु मा जारी गरिएको निषेधाज्ञा तीन दिन बित्दा पनि अझै कायम रहेको छ। कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा दुई समुदायबीच भएको झडप...

उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गरेको छन् । लैनचौरस्थित उपराष्ट्रपतिको...

अर्थविद् केशव आचार्यको निधन

काठमाडौँ । वरिष्ठ अर्थविद् केशव आचार्य को निधन भएको छ। उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटल मा उपचारका क्रममा निधन भएको हो। उनका भाइ मदन आचार्य का ...

मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा पर्दैछ : सचिव चटौत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: