लमजुङ। लमजुङमा चालु आर्थिक वर्षको आठ महिनामा ६२ जना नयाँ क्षयरोगका बिरामी भेटिएका छन् । चालु वर्षको साउनदेखि फागुन मसान्तसम्म भेटिएका नयाँ ६२ जनामा क्षयरोगका बिरामी उपचारार्थ रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार सबैभन्दा धेरै बेसीशहर नगरपालिकामा १५ जना नयाँ सङ्क्रमित भेटिएको छ । त्यसैगरी सुन्दरबजार नगरपालिकामा ११ जना, मध्यनेपाल नगरपालिकामा १४ जना, राइनासमा ८ जना, मस्र्याङ्दीमा ७ जना, दोर्दी गाउँपालिकामा ५ जना र दूधपोखरी गाउँपालिकामा २ जना नयाँ सङ्क्रमित फेला परेको ल्याब टेक्निसयन निरीक्षक निरोजकुमार श्रेष्ठले जानकारी दिए। गत आर्थिक वर्ष २०८१/०८२ मा १०४ जनामा क्षयरोग देखिएकोमा ७ जनाको मृत्यु भएको ल्याब टेक्निसियन श्रेष्ठले बताए ।
‘हो १ हामी क्षयरोग अन्त्य गछौँ, राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ मंगलबार विभिन्न कार्यक्रमका साथ विश्व क्षयरोग दिवस मनाइँदै गरेको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ । कार्यालयले जिल्लाका विभिन्न पालिका तथा वडाहरुमा पुगेर क्षयरोग तथा नसर्ने रोगको स्क्रिनिङ गर्दै आएको छ ।
स्वस्थ्य व्यक्तिसँगसँगै बस्दा श्वास–प्रश्वास गर्दा, खोक्दा, हाच्छ्युँ गर्दा, जहाँ पायो थुक्दा, बोलचाल गर्दा हवामा फैलिएका क्षयरोगका जिवाणु हावाका माध्यमबाट स्वस्थ व्यक्तिमा प्रवेश गरेमा क्षयरोग सर्ने स्वास्थ्यर्कीहरुले बताएका छन् ।
सन् २०३५ सम्ममा क्षयरोग (टीबी) मुक्त मुलुक बनाउने सरकारी लक्ष्य छ । तर अहिले पनि नेपालमा दैनिक ४४ जनाले क्षयरोगकै कारण ज्यान गुमाउने गरेको तथ्याङ्क छ । दैनिक १९० भन्दा बढी क्षयरोगका नयाँ बिरामी थपिहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - १७:५६
काठमाडौं । नेपाल बार एशोसिएशन ललितपुर को २९औं कार्यसमिति निर्वाचनमा नेकपा निकट कानुन व्यवसायीहरूले प्रभावशाली जित हासिल गरेका छन्। शनिबार सम्पन्न निर्...
जेष्ठ ३ गते, २०८३ - १७:२७
काठमाडौं । सुन्धारा कारागार बाट जन्मकैद सजाय भोगिरहेकी एक महिला कैदी मध्यराति फरार भएकी छन्। फरार हुनेमा विदुर नगरपालिका निवासी २५ वर्षीया सपना ताम...
जेष्ठ ३ गते, २०८३ - १७:११
बिर्तामोड। भारतबाट पेन्टीभित्र लागूऔषध लुकाएर ल्याउने एक युवक मेचीनगरबाट पक्राउ परेका छन् । मेचीनगर ६ पुरानो मेची पुलमुनि पैदल मार्ग हुँदै भारतबाट ...
जेष्ठ ३ गते, २०८३ - १६:३०
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरताप...
जेष्ठ ३ गते, २०८३ - १५:५३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादभन्दा देशका प्रमुख मुद्दामा केन्द्रित हुने समय आएको बताएका छन्। आइत...
जेष्ठ ३ गते, २०८३ - १५:४०
काठमाडौँ। आर्थिक वर्ष २०९२ /९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत...
जेष्ठ ३ गते, २०८३ - १५:११
काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित “वैदिक सनातन हिन्दु अधिराज्य नेपाल” विषयक विचार गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा कार्य...
जेष्ठ ३ गते, २०८३ - १४:३८
बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...
जेष्ठ ३ गते, २०८३ - १३:५६
काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...
जेष्ठ ३ गते, २०८३ - १३:३८
तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...



प्रतिकृया लेख्नुहोस्: