काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पूर्व काठमाडौं मेयर र हाल रास्वपा नेता बालेन शाहमाथि मधेशी श्रमिक, साना व्यापारी र निमुखा समुदायमाथि दमन गरेको आरोप लगाएका छन्।
आजपा बागमती प्रदेश कमिटीद्वारा आयोजित निर्वाचन परिचालन समितिको बैठकमा साहले मेयर हुँदा बालेन शाहले तरकारी–फलफूल बेच्नेहरूको साइकल खोस्ने, कवाडी व्यवसायीलाई उठीबास लगाउने र फुटपाथमा व्यवसाय गर्ने गरिब महिलालाई खेद्ने काम गरेको बताए।
साहले उखु किसान र मिटरब्याज पीडितहरूले न्याय माग्दा समेत बालेन शाहले कुनै सहयोग नगरेको दाबी गरे। उनले छठ पर्वको लागि घाट निर्माणमा समेत रोक लगाएको आरोप लगाए।
साहले बालेन शाहलाई “जेनजी आन्दोलन हाईज्याक गर्ने पात्र” र “खोपीको देउता बनेर बस्ने” व्यक्ति भन्दै जनतासँग सम्बन्ध नै कायम गर्न नसकेको टिप्पणी पनि गरे।
यसै कार्यक्रममा साहले केपी ओली, आरजु राणा र रमेश लेखकमाथि पनि जेनजी आन्दोलन दमनकारी भएको आरोप लगाए। कार्यक्रममा आजपा नेता धनकुमारी थापा, जनादेश पार्टी अध्यक्ष रमण कर्ण, आजपा सहअध्यक्ष तिलक थापामगर, वरिष्ठ पत्रकार ऋषि धमला र उपाध्यक्ष एलिजा गौतम उपस्थित थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ११ गते, २०८२ - १७:०८
पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लामा हिमपहिरो जाँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । हिमपहिरोबाट एक जना बच्...
माघ ११ गते, २०८२ - १६:५७
काठमाडौं। शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले नेकपा (एमाले) पार्टीको राष्ट्रवादी छवि र समृद्ध नेपाल सुखी नेपालीको अभियान मन परेर एमालेमा प्रवेश गरेको ...
माघ ११ गते, २०८२ - १६:४७
विमानस्थलमा मलाई सुन तस्करलाई जस्तो चेकिङ गरेर हैरान पारियो
माघ ११ गते, २०८२ - १६:३७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा जान अनुकूल वातावरण नबनाएको आरोप लग...
माघ ११ गते, २०८२ - १६:२९
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले आफ्नो तेस्रो खेलमा जिम्बाबेलालाई ६ विकेटले पराजित गर्दै पहिलो जीत हासिल गरेको छ। शनिबार त्...
माघ ११ गते, २०८२ - १६:१७
मुक्तिनाथ। उपल्लो मुस्ताङमा शनिबार विहानदेखि यस सिजनको दोस्रो पटक हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती ...
माघ ११ गते, २०८२ - १६:०७
मुगु। चिसो बढेसँगै जिल्लाको विभित्र ठाउँमा हिमपात सुरु भएको छ । शुक्रबार रातिदेखि नै परेको हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातका कारण जिल्लाको...
माघ ११ गते, २०८२ - १५:४९
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पूर्व काठमाडौं मेयर र हाल रास्वपा नेता बालेन शाहमाथि मधेशी श्रमिक, साना व्याप...
माघ ११ गते, २०८२ - १५:३०
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ आएका राजनीतिक दलहरूको भविष्यबारे केही पनि निश्चित नभएको टिप्पणी गरेका छन्। शनिबार पार्टी मुख्या...
माघ ११ गते, २०८२ - १५:१७
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपासँगको एकताका क्रममा आफूले कुनै पदको बार्गेनिङ नगरेको स्पष्ट पारेका छन्। शनिबार काठमाडौ...




प्रतिकृया लेख्नुहोस्: