Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

अबुधाबी वार्ता: यूक्रेन-रूस-अमेरिका तीन दलीय शान्ति प्रयास

खबरडबली संवाददाता

काठमाडौं। यूक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अबुधाबीमा यूक्रेन, रूस र अमेरिकाका प्रतिनिधिसँग भएको वार्तामा पूर्वी डोनबास क्षेत्रको भविष्यलाई मुख्य प्राथमिकताका रूपमा राखिएको जानकारी दिएको छन् । 

यी वार्ता रूसको करिब चार वर्ष लामो आक्रमण समाप्त गर्ने प्रयासको हिस्सा हुन् । संयुक्त अरब इमिरेट्स (युएई) को विदेश मन्त्रालयले वार्ता शुक्रबार सुरु भएको र शनिवारसम्म सञ्चालन हुने योजना बनाइएको जानकारी दिएको छ । मन्त्रालयले यसलाई ‘संवाद प्रवद्र्धन र राजनीतिक समाधानको खोजी’ को रूपमा व्याख्या गरेको छ । अमेरिकी प्रशासनले पनि वार्ता सकारात्मक र उत्पादक भएको जनाएको छ ।

वार्ता सुरु हुनु अघि, रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिनिधि स्टिभ विटकोफ र जारेड कुशनरसँग रातभरि विस्तृत छलफल गरे। क्रेमलिनले दीर्घकालीन शान्ति सम्झौता अघि यूक्रेनले पूर्वी क्षेत्रमा रूसले अवैध कब्जा गरेको भूभागबाट आफ्ना सैनिक फिर्ता गर्नु आवश्यक रहेको जनाइरहेको छ ।

राष्ट्रपति जेलेन्स्कीले डाभोसमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि भने,“पूर्वी यूक्रेनमा रूसले कब्जा गरेको भूभागको भविष्य अझै स्पष्ट नभए तापनि शान्ति प्रस्ताव ‘लगभग तयार’ भएको छ । यससँग सम्बन्धित व्यापारिक र आर्थिक पहलका लागि पूर्वी यूक्रेनमा स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने प्रस्ताव ट्रम्पसँग छलफल भएको पनि उनले जानकारी दिए।”

वार्ता यसअघिसम्म पहिलो पटक भएको हो, जसमा अमेरिकी प्रशासनका अधिकारीले एकै साथ यूक्रेन र रूसका प्रतिनिधिसँग बैठक गरेका छन् । राष्ट्रपति जेलेन्स्कीले टेलिभिजन सम्बोधनमा बताए, “हाम्रो प्रतिनिधि टोली वार्तामा नियमित रूपमा रिपोर्ट गरिरहेको छ । उहाँहरुले युद्ध अन्त्यका मापदण्डमा छलफल गरिरहेका छन् । सबैभन्दा महत्वपूर्ण कुरा रूसले यो युद्ध अन्त्य गर्ने इच्छा देखाउनु हो ।”

क्रेमलिनले वार्तालाई केवल ‘सुरक्षा सम्बन्धी कार्य समूह’को रूपमा व्याख्या गरेको छ । प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो ,“यूक्रेनी सैनिकको पूर्वी डोनबासबाट फिर्ता हुनु रूसका लागि दीर्घकालीन शान्ति सम्झौताको अनिवार्य शर्त हो ।” रूसका परराष्ट्र सल्लाहकार युरी उषाकोभले वार्ता ‘खुला, रचनात्मक र फलदायी’ भएको बताए।

वार्ताका केही घण्टा अघि, राष्ट्रपति जेलेन्स्की डाभोसमा राष्ट्रपति ट्रम्पसँग करिब एक घण्टा भेट्नुभयो । ट्रम्पले भने, “दुवै राष्ट्रपति(पुटिन र जेलेन्स्की(सम्झौता गर्न इच्छुक छन् र सबै पक्षले केही न केही सहमति दिइरहेका छन् ।” उनले सीमाको निर्धारण वार्ताको मुख्य चुनौती रहेको पनि औँल्याए।

डाभोसमा सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले युरोपलाई ढिलो निर्णय लिनु, सुरक्षा खर्च पर्याप्त नगर्नु, रूसको ‘छायाँ तेल जहाज’ रोक्न असफल हुनु यूक्रेनलाई आर्थिक सहयोग नगर्नु जस्ता विषयमा आफ्नो विचार व्यक्त गरे। उनले भने, “युरोपले आफ्नो क्षमता अझ सुदृढ गर्न आवश्यक छ र विश्वशक्तिको रूपमा आफ्नो भूमिका सुनिश्चित गर्नुपर्छ ।” उनले थपे, वार्ता केवल यूक्रेनको इच्छा मात्रमा निर्भर छैन, रूसले पनि युद्ध अन्त्य गर्ने इच्छा देखाउन आवश्यक छ, जसले दुवै पक्षबिच स्थायी शान्ति स्थापना गर्न सहयोग पुग्ने छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नक्कली सरकारी कार्यालय खडा गरी ठगी, बर्दियाबाट एक दम्पती पक्राउ

बर्दिया । सरकारी कीर्ते छाप र दस्तखत प्रयोग गरी ठगी गरिएको घटना बाहिरिएको छ। बर्दियामा एक दम्पतीले सरकारी कार्यालयकै नक्कल गरेर नक्कली कार्यालय सञ्चाल...

वैशाख मसान्तसम्म ९२ करोड कर सङ्कलन

बागलुङ। आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्म आन्तरिक राजश्व कार्यालय बागलुङले ९२ करोड ४६ लाख कर सङ्कलन गरेको छ । चालु वर्षमा एक अर्ब ४३ करोड ३४...

लागुऔषध नियन्त्रणमा रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय: गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले लागुऔषध नियन्त्रणका लागि रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन्। उनले राज्य व्यवस्था तथा सुशासन समितिको...

शिक्षा र स्वास्थ्यमा कर लगाइएको भन्दै सांसद सिंहको आपत्ति

काठमाडौँ । प्रतिनिधिसभामा रास्वपा सांसद डॉ.अमरेशकुमार सिंह ले सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको ...

सरकारको आगामी बजेट ‘फुकेको बेलुन’ जस्तो, कार्यान्वयनमा विश्वास छैन: सांसद सिंह

काठमाडौँ। प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद डॉ.अमरेशकुमार सिंह ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट कार्यान्वयन हुनेमा गम्भीर शंका व्यक्त गरेका छन्। ...

ग्रामीण तथा विकट क्षेत्रका समस्यालाई बेवास्ता गरियो: हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई कडा आलोचना गरेका छन्। उनले बजेटलाई “खुट्टाको घाउजस्...

एमालेको प्रश्न : प्रधानमन्त्री बालेनको अभिव्यक्तिमा ताली बजाउने सांसद को–को हुन् ?

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको एक अभिव्यक्तिलाई लिएर तीव्र आपत्ति जनाएको छ। एमालेका प्रमुख सचेतक ऐनबहादुर महर...

फुटबलर विशाल राखेपको उपाध्यक्ष नियुक्त, राखेपद्वारा स्वागत

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा नियुक्त भएको छन् । शिक्षा तथा खेलकुदमन...

ओलीलाई रास्वपाको सदस्य बनाइएको फेक पोस्टरबारे एमाले सांसदको आपत्ति

काठमाडौं। प्रतिनिधिसभा बैठकमा सामाजिक सञ्जालमा फैलाइएको फर्जी पोस्टरको विषय उठाइएको छ। उक्त पोस्टरमा केपी शर्मा ओली लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रा...

ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २० लाख २१ हजार  राजस्व दाखिला भएको छ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending