आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मन्त्री पदबाट राजीनामा दिएर ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन उम्मेदवार बनेका हुन् ।
उनीहरूले दलीय राजनीतिक प्रतिस्पर्धामा प्रवेश गर्नुअघि वर्तमान सरकारको स्वतन्त्र र निष्पक्ष पहिचानमा आँच नआओस् भन्ने उद्देश्यले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।
मन्त्री पदबाट राजीनामा दिएपछि ऊर्जामन्त्री घिसिङले आफ्नै नेतृत्वमा ‘उज्यालो नेपाल पार्टी’ गठन गरेका छन् । यसअघि उनी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक थिए । उज्यालो पार्टीका प्रवक्ता डा. राजु थापाका अनुसार घिसिङ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन् ।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता ‘जेनजी आन्दोलन’का अगुवा तथा सामाजिक अभियन्ताका रूपमा परिचित छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने जानकारी दिएका छन् ।
पूर्वसञ्चारमन्त्री जगदीश खरेल दुई दशकभन्दा बढी समय पत्रकारिता क्षेत्रमा सक्रिय थिए । मन्त्री बन्नुअघि उनले इमेज टेलिभिजनको सम्पादकीय नेतृत्व सम्हालेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले खरेललाई पार्टी आबद्धताको प्रतीक चिह्न प्रदान गरेका छन् । रास्वपाका अनुसार खरेलले आज अपराह्न ३ बजे ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।
यस्तै, पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुनले म्याग्दी निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरिसकेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणाली अन्तर्गत आज मुलुकभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ४ गते, २०८२ - २१:३७
काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका सात जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा रसुवाको उत्...
फाल्गुन ४ गते, २०८२ - २१:३४
काठमाडौं । २६३औँ नेपाली सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विदेशी सैन्य ब्यान्डले प्रस्तुति दिएपछि राजनीतिक तरङ्ग देखिएको छ। विशेषगरी अमेरिकी से...
फाल्गुन ४ गते, २०८२ - २१:२८
सिरहा । मेहनतको पसिना फल दिने बेला सिरहाका किसानमाथि विपत्ति आइपरेको छ। लहान नगरपालिका–१३ घलेटोलमा काट्नै लागिएको करिब ३० बिघा उखु सोमबार दिउँसो आगलाग...
फाल्गुन ४ गते, २०८२ - २१:२४
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा घाइते भएका २०० जनाको वर्गीकरण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले हालसम्म...
फाल्गुन ४ गते, २०८२ - २१:२३
काठमाडौं । लगातार बालीनाली नष्ट गर्दै आएका जंगली रातो बाँदर नियन्त्रणका लागि सरकारले विशेष कदम चालेको छ। वन तथा वातावरण मन्त्रालय ले राजपत्रमा सूचना प...
फाल्गुन ४ गते, २०८२ - २०:५७
झापा। प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी चलिरहँदा झापामा मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाइ प्रक्रियामै विवाद उत्पन्न भएको छ। कर्मचारी तहबाटै विभ...
फाल्गुन ४ गते, २०८२ - २०:३९
जाजरकोट। परिवर्तन र समताको नारासहित सुरु भएको सशस्त्र ‘जनयुद्ध’ को आधारभूमि मानिने जुनीचाँदे गाउँपालिका आज देशकै सबैभन्दा गरिब स्थानीय तहको सूचीमा परे...
फाल्गुन ४ गते, २०८२ - २०:२१
धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए...
फाल्गुन ४ गते, २०८२ - २०:१८
सङ्खुवासभा । सङ्खुवासभाकोे पाँचखपन नगरपालिका–२ भिरकुनामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। आज बिहान खाना पकाउने चुलोबाट अचानक आगलागी हुँदा सिर...
फाल्गुन ४ गते, २०८२ - २०:१६
सङ्खुवासभा। सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ स्थित सानो याक्र्खकमा निर्माणाधीन छुजुङ खोला जलविद्युत् आयोजनाको बाटो खन्ने क्रममा आज ढुङ्गाले लागेर स्क...



प्रतिकृया लेख्नुहोस्: