Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

ओखलढुंगा एमालेमा विस्फोट : ‘ओलीको खल्तीबाट टिकट’ भन्दै जिल्ला कमिटीद्वारा असहयोगकाे घोषणा

खबरडबली संवाददाता

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटलाई लिएर नेकपा एमाले ओखलढुंगामा खुला विद्रोहको अवस्था सिर्जना भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जिल्लाको निर्णय र कार्यकर्ताको भावना कुल्चँदै ‘आफ्नै खल्तीबाट टिकट’ बाँडेको आरोप लगाउँदै एमाले जिल्ला कमिटीले केन्द्रीय सचिवालयद्वारा तोकिएका उम्मेदवारलाई असहयोग गर्ने औपचारिक घोषणा गरेको छ ।

जिल्ला कमिटीका अनुसार उम्मेदवार छनोटको सम्पूर्ण प्रक्रिया विधि, मापदण्ड र बहुमतको निर्णयविपरीत गरिएको छ । जिल्ला कमिटीले निर्वाचनका लागि १८ जना आकांक्षीको नाम संकलन गर्दा करिब ९५ प्रतिशत नेता–कार्यकर्ताले अम्बिरबाबु गुरुङलाई उम्मेदवार बनाउनुपर्ने स्पष्ट मत दिएका थिए । तर केन्द्रले ती १८ जना आकांक्षी र सहमतिमा सिफारिस गरिएका पाँच जनामध्ये एक जनालाई समेत टिकट नदिई आकांक्षी सूचीमै नपरेकी व्यक्तिलाई उम्मेदवार बनाएको आरोप जिल्ला नेतृत्वको छ ।

जिल्लाबाट ईश्वर पोखरेल, अम्बिरबाबु गुरुङ, यज्ञराज सुनुवार, ज्ञानबहादुर खड्का (जीबी) र नानीबाबु बुढाथोकीको नाम सहमतिका आधारमा केन्द्रमा पठाइएको थियो । तर केन्द्रीय नेतृत्वले ती सबै नाम पन्छाउँदै चुनाव लड्न अनिच्छा देखाएकी व्यक्तिलाई ‘केन्द्रीयताको नाममा’ थोपरेको जिल्ला कमिटीको दाबी छ ।

‘यो एमालेको उम्मेदवार होइन, यो केपी ओलीको व्यक्तिगत उम्मेदवार हो,’ जिल्ला कमिटीका एक नेताले आक्रोश पोख्दै भने, ‘१८ जना आकांक्षी र ५ जना सिफारिस गरिएका मध्ये कसैलाई पनि नछानेर चुनावै लड्दिनँ भन्ने मान्छेलाई माथिबाट पठाइयो । यो लोकतान्त्रिक पार्टीको निर्णय होइन ।’

जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा जिल्ला कमिटीका विधिवत् र सर्वसम्मत निर्णय उल्ट्याइएको भन्दै कडा आपत्ति जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिगत गुट र स्वार्थका लागि गरिएको निर्णयप्रति जिल्ला कमिटी असहमत छ । सिफारिस विपरीत आएका उम्मेदवारलाई सहयोग गरेर जान नसकिने व्यहोरा केन्द्रीय नेतृत्व र आम शुभचिन्तकहरूलाई जानकारी गराइन्छ ।’

कार्यकर्ताको व्यापक समर्थन पाएका अम्बिरबाबु गुरुङलाई टिकट नदिइएपछि ओखलढुंगा एमालेमा गहिरो निराशा छाएको नेताहरू बताउँछन् । गुरुङलाई वैकल्पिक राजनीतिक बाटोबाट चुनावी मैदानमा उतार्ने विषयमा समेत आन्तरिक छलफल तीव्र भएको स्रोतको दाबी छ ।

निर्वाचनको मुखमै जिल्ला कमिटीले नै आधिकारिक उम्मेदवारविरुद्ध असहयोगको नीति घोषणा गरेपछि ओखलढुंगामा एमालेको चुनावी परिणाम गम्भीर जोखिममा पर्ने आँकलन पार्टी वृत्तमै सुरु भएको छ । टिकट वितरणले पार्टी एकता होइन, खुलेआम विभाजन निम्त्याएको टिप्पणी हुन थालेको छ ।

केन्द्रले पठाएकी अस्मिता थापा को हुन् ?

केन्द्रबाट ओखलढुंगाको उम्मेदवार बनाइएकी अस्मिता थापा लिखु गाउँपालिकाकी उपाध्यक्ष हुन् । उनी पालिका उपाध्यक्ष हुँदै जिल्ला उपाध्यक्ष र एमाले केन्द्रीय सदस्यसम्म पुगेकी नेतृ हुन् । ओखलढुंगामा परम्परागत रूपमा वरिष्ठ नेता ईश्वर पोखरेल समूहको प्रभाव रहँदै आए पनि संस्थापन पक्षकी थापालाई टिकट दिइएपछि जिल्लाको राजनीतिक समीकरण थप जटिल बनेको छ ।

यद्यपि, थापाले आफू सबैको साझा उम्मेदवार भएको र पार्टीभित्र कुनै गुटगत अवस्था नरहेको दाबी गरेकी छन् । ‘म अहिले काठमाडौंमा छु, जिल्ला फर्किएपछि पार्टीका साथीहरूसँग छलफल गरेर अगाडि बढ्छु,’ उनले भनिन् ।

तर जिल्लाभर फैलिएको असन्तोष र असहयोगको घोषणाले उनको दाबी कति व्यवहारिक हुन्छ भन्ने प्रश्न उठेको छ । ओखलढुंगामा टिकट विवाद अब साधारण असन्तुष्टि नभई एमालेभित्रको गहिरो शक्ति संघर्षको प्रतिबिम्ब बनेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास आयात पर्याप्त, बजारमा भने अभाव : बिक्रेतालाई अनिवार्य बिक्री विवरण राख्न निर्देशन

काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...

रुकुममा बिहेबाट फर्किँदा भेरीमा दुःखद घटना : तीनमध्ये दुई किशोरी मृत, एक अझै बेपत्ता

रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...

कोशीमा नयाँ राजनीतिक भूचाल : रास्वपाको १७ सिट र श्रम संस्कृतिको उदयले पुराना दल सिमित

काठमाडाैं  । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...

वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश मानन्धरको निधन

काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...

समानुपातिक सिट बाँडफाँट : कुन दलबाट कति महिला सांसद ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...

समानुपातिकतर्फ श्रम संस्कृति पार्टीलाई मधेसबाट ९ हजार १०३ मत, कुन क्षेत्रमा कति ?

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...

संखुवासभा–१ मा एमालेका अर्जुन कुमार कार्की विजयी

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...

धनुषा–१ मा नेकपाका मातृका यादव विजयी

काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...

खोटाङमा श्रम संस्कृति पार्टीलाई अर्काे सफलता

काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...

दुई मेयरसहित तीन स्थानीय जनप्रतिनिधिको सफलता, ११ स्थान पदविहीन

काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE