आइतबार बसेको सचिवालय बैठकले देशभरका १४० निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याउँदा प्रभावशाली नेतामध्ये मानिएका भट्टराईको टिकट भने जानाजानी ‘होल्ड’ गरिएको थियो । यस निर्णयलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत इगो र ११औँ महाधिवेशनको बदला राजनीतिसँग जोडेर हेरिन थालेको छ ।
पार्टीभित्रैबाट ओलीमाथि ११औँ महाधिवेशनमा आफूविरुद्ध उभिएका नेताहरूलाई योजनाबद्ध रूपमा पाखा लगाइएको आरोप लागेको छ । ओलीको विरोधी प्यानलमा रहेका अधिकांश नेताहरू यस पटक टिकटबाट वञ्चित भएका छन्, जसले एमालेभित्र आन्तरिक लोकतन्त्र समाप्त हुँदै गएको संकेत गरेको नेताहरूको टिप्पणी छ ।
एमाले केन्द्रीय कार्यालय स्रोतका अनुसार भट्टराईले आइतबार चार बुँदे नोट अफ डिसेन्ट दर्ता गर्दै टिकट वितरणमा गम्भीर अनियमितता औंल्याएका छन् । उनले उम्मेदवार छनोटमा कुनै स्पष्ट मापदण्ड नअपनाइएको, प्रतिस्पर्धाका बेला देखिएको गुटगत पक्षधरता निर्णयमा हाबी भएको, योगदान दिएका कार्यकर्तामाथि अन्याय गरिएको र नेतृत्वले निष्पक्षता गुमाएको आरोप लगाएका छन् ।
पार्टी एकताको कुरा गर्दै आएको नेतृत्वमाथि उपमहासचिवस्तरका नेताले नै लिखित असहमति दर्ता गर्नुले एमालेभित्रको असन्तोष सामान्य असहमति नभई गहिरो दरारमा परिणत हुँदै गएको संकेत दिएको छ । टिकट वितरणले चुनाव जित्ने रणनीतिभन्दा बढी नेतृत्वको अहंकार र आन्तरिक प्रतिशोध हाबी भएको भन्दै पार्टीभित्र आलोचना चर्किँदै गएको छ ।
टिकट विवादले एमालेभित्र थप विद्रोह जन्मिने हो कि भन्ने आशंका बढ्दै जाँदा, नेतृत्वको निर्णयले पार्टीलाई चुनावअघि नै कमजोर बनाउने खतरा देखिन थालेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - २०:३३
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि ११ किताबका लेखक न्याैपाने र १२ मुद्दाको रेकर्ड बनाएका चक्रे मिलन एकै मैदानमा
माघ ५ गते, २०८२ - २०:१०
काठमाडाैं । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १ ख ७११९ नम्बरको यात्रुव...
माघ ५ गते, २०८२ - १९:०२
ओखलढुंगा। सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै ओखलढुंगामा नेकपा (एमाले) पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टीको स्थानीय तहबाट सिफ...
माघ ५ गते, २०८२ - १८:५९
काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई ...
माघ ५ गते, २०८२ - १८:४०
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटलाई लिएर नेकपा एमाले ओखलढुंगामा खुला विद्रोहको अवस्था सिर्जना भएको छ । प...
माघ ५ गते, २०८२ - १८:३१
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको टिकट नपाएपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष प्रकट गरेका छन् । टिकट वितर...
माघ ५ गते, २०८२ - १८:३०
रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन् । शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट द...
माघ ५ गते, २०८२ - १८:१६
धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा उम्मेदवार बनाएकी एक्ली महिला नेतृ कमला बोहराको टिकट खोसेपछि पार्टीभित्रै तीव्र असन्तुष्टि र आ...
माघ ५ गते, २०८२ - १८:१२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह जनकपुर पुगेका छन् । काठमाडौं महानगरपालिकाको मेयर पदबाट आइतबार राजीनामा दिएपछि...
माघ ५ गते, २०८२ - १८:०५
काठमाडौँ। जनकपुरबाट धनकुटाको भेडेटार शैक्षिक भ्रमण आएको बस धरानमा दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ । बस ब्रेक फेल भएर दुर्घटनामा परेको धरानक...




प्रतिकृया लेख्नुहोस्: