Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

टिकट खोसिएपछि एमालेमा विस्फोट : योगेश भट्टराईको लिखित विद्रोह, ओली नेतृत्वमाथि गम्भीर आरोप

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको टिकट नपाएपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष प्रकट गरेका छन् । टिकट वितरण प्रक्रियालाई अन्यायपूर्ण र पक्षपातपूर्ण ठहर गर्दै भट्टराईले पार्टीमा औपचारिक रूपमा लिखित ‘नोट अफ डिसेन्ट’ दर्ता गरेका छन्, जसले एमालेभित्रको आन्तरिक असन्तुष्टि सतहमा ल्याइदिएको छ ।

आइतबार बसेको सचिवालय बैठकले देशभरका १४० निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याउँदा प्रभावशाली नेतामध्ये मानिएका भट्टराईको टिकट भने जानाजानी ‘होल्ड’ गरिएको थियो । यस निर्णयलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत इगो र ११औँ महाधिवेशनको बदला राजनीतिसँग जोडेर हेरिन थालेको छ ।

पार्टीभित्रैबाट ओलीमाथि ११औँ महाधिवेशनमा आफूविरुद्ध उभिएका नेताहरूलाई योजनाबद्ध रूपमा पाखा लगाइएको आरोप लागेको छ । ओलीको विरोधी प्यानलमा रहेका अधिकांश नेताहरू यस पटक टिकटबाट वञ्चित भएका छन्, जसले एमालेभित्र आन्तरिक लोकतन्त्र समाप्त हुँदै गएको संकेत गरेको नेताहरूको टिप्पणी छ ।

एमाले केन्द्रीय कार्यालय स्रोतका अनुसार भट्टराईले आइतबार चार बुँदे नोट अफ डिसेन्ट दर्ता गर्दै टिकट वितरणमा गम्भीर अनियमितता औंल्याएका छन् । उनले उम्मेदवार छनोटमा कुनै स्पष्ट मापदण्ड नअपनाइएको, प्रतिस्पर्धाका बेला देखिएको गुटगत पक्षधरता निर्णयमा हाबी भएको, योगदान दिएका कार्यकर्तामाथि अन्याय गरिएको र नेतृत्वले निष्पक्षता गुमाएको आरोप लगाएका छन् ।

पार्टी एकताको कुरा गर्दै आएको नेतृत्वमाथि उपमहासचिवस्तरका नेताले नै लिखित असहमति दर्ता गर्नुले एमालेभित्रको असन्तोष सामान्य असहमति नभई गहिरो दरारमा परिणत हुँदै गएको संकेत दिएको छ । टिकट वितरणले चुनाव जित्ने रणनीतिभन्दा बढी नेतृत्वको अहंकार र आन्तरिक प्रतिशोध हाबी भएको भन्दै पार्टीभित्र आलोचना चर्किँदै गएको छ ।

टिकट विवादले एमालेभित्र थप विद्रोह जन्मिने हो कि भन्ने आशंका बढ्दै जाँदा, नेतृत्वको निर्णयले पार्टीलाई चुनावअघि नै कमजोर बनाउने खतरा देखिन थालेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास आयात पर्याप्त, बजारमा भने अभाव : बिक्रेतालाई अनिवार्य बिक्री विवरण राख्न निर्देशन

काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...

रुकुममा बिहेबाट फर्किँदा भेरीमा दुःखद घटना : तीनमध्ये दुई किशोरी मृत, एक अझै बेपत्ता

रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...

कोशीमा नयाँ राजनीतिक भूचाल : रास्वपाको १७ सिट र श्रम संस्कृतिको उदयले पुराना दल सिमित

काठमाडाैं  । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...

वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश मानन्धरको निधन

काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...

समानुपातिक सिट बाँडफाँट : कुन दलबाट कति महिला सांसद ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...

समानुपातिकतर्फ श्रम संस्कृति पार्टीलाई मधेसबाट ९ हजार १०३ मत, कुन क्षेत्रमा कति ?

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...

संखुवासभा–१ मा एमालेका अर्जुन कुमार कार्की विजयी

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...

धनुषा–१ मा नेकपाका मातृका यादव विजयी

काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...

खोटाङमा श्रम संस्कृति पार्टीलाई अर्काे सफलता

काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...

दुई मेयरसहित तीन स्थानीय जनप्रतिनिधिको सफलता, ११ स्थान पदविहीन

काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE