काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह जनकपुर पुगेका छन् । काठमाडौं महानगरपालिकाको मेयर पदबाट आइतबार राजीनामा दिएपछि पार्टी कार्यालय घण्टीघर पुगेर उनी जनकपुर उडेका हुन् ।
रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साहसहितका नेताहरू जनकपुर विमानस्थल पुगेपछि त्यहाँ समर्थक र कार्यकर्ताको ठूलो भीड देखिएको थियो । विमानस्थलमै पार्टीका नेता–कार्यकर्ताले उनीहरूलाई भव्य स्वागत गरेका थिए ।
विमानस्थलबाट बाहिर निस्किने क्रममा समर्थकहरूको अत्यधिक भीड जम्मा हुँदा धकेलाधकेलको अवस्था सिर्जना भएको थियो । सोही क्रममा जनकपुर विमानस्थलको एउटा सिसाको ढोका फुटेको छ ।
ढोका फुटेपछि केही समय बालेन साह र रवि लामिछाने विमानस्थलभित्रै रोकिएका थिए । सुरक्षाकर्मीहरूले स्थिति नियन्त्रणमा लिएपछि मात्र उनीहरू बाहिर निस्किएका थिए ।
बालेनको राजीनामापछि जनकपुर आगमनलाई राजनीतिक रूपमा महत्वपूर्ण रूपमा हेरिएको छ । समर्थकको ठूलो उपस्थितिले बालेनप्रतिको जनसमर्थन अझै बलियो रहेको सन्देश दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २१ गते, २०८३ - ११:५६
हुम्ला। हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रका चार वटा विद्यालयमा पाँचभन्दा कम विद्यार्थी अध्ययनरत रहेका छन् । स्थानीयले गाउँ छोड्ने क्रम बढ्नु, विद्...
जेष्ठ २१ गते, २०८३ - ११:१८
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा रु २०० र चाँदी रु ८५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय मह...
जेष्ठ २१ गते, २०८३ - ११:०८
काठमाडौँ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सङ्घीय संसद् पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको छन्। जातीय...
जेष्ठ २१ गते, २०८३ - १०:३१
काठमाडौं । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान पिकअप गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना...
जेष्ठ २१ गते, २०८३ - ०९:३१
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीमा आज बिहान एम्बुलेन्स र मिनी ट्रक एकापसमा ठोक्किँदा सात जना घाइते भएका छन् । पोख...
जेष्ठ २१ गते, २०८३ - ०९:२८
हङकङ । हङकङको न्यू टेरिटोरिज क्षेत्रमा बिहीबार बिहान मिनिबस, डबलडेकर बस र ट्रक एकापसमा ठोक्किँदा २३ जना घाइते भएका छन्। स्थानीय समयअनुसार बिहान करि...
जेष्ठ २१ गते, २०८३ - ०८:४९
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा वाइसिएलका पूर्व इन्चार्ज रामप्रसाद सापकोटा 'दिपशिखा'ले सांसद र मन्त्रीको सम्पत्ति छा...
जेष्ठ २१ गते, २०८३ - ०८:३९
काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशसभा सदस्यहरूका लागि ४ अर्बभन्दा बढी बजेट विनियोजन गर्ने तयारी गरेको छ। प्रदेश सरकार स्रोतका अनुसार १०४ जना प्रद...
जेष्ठ २१ गते, २०८३ - ०८:३४
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो जग्गा अतिक्रमण गरी बसेका संघसंस्था तथा संगठनलाई बल प्रयोग गरेर हटाउने चेतावनी दिएको छ। त्रिविको सामान्य ...
जेष्ठ २१ गते, २०८३ - ०८:३१
बाँके । बाँकेको खजुरा गाउँपालिकाले योजनाको काम समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरेको छ । निर्माण कार्यको प्रगति सन्तोषज...



प्रतिकृया लेख्नुहोस्: