उर्लाबारी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयलाई दलीय राजनीतिक प्रभावबाट मुक्त गर्नुपर्ने आवश्यकता औँल्याएको छन् । मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा मङ्गलबार आयोजित पूर्वाञ्चल विश्वविद्यालयको १४ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले राजनीति समाज निर्माणका लागि आवश्यक भए पनि यसको प्रयोग उचित स्थान र सन्दर्भमा हुनुपर्नेमा जोड दिए।
विश्वविद्यालयजस्ता शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप हुनु नहुने बताउँदै उनले पदाधिकारीहरू समेत राजनीतिक दलदलबाट मुक्त हुनुपर्ने धारणा राखे। मन्त्री पोखरेलले शिक्षा केवल डिग्रीमा सीमित नभई व्यावहारिक, पेसामुखी र सिपसँग जोडिएको हुनुपर्ने बताए। ज्ञानको अभाव नरहेको उल्लेख गर्दै उहाँले प्राप्त ज्ञानलाई सिप र पेसासँग कसरी जोड्ने भन्ने विषय नै अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो । संस्थागत सुशासन सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले दीक्षित विद्यार्थीलाई आफ्नो ज्ञान र सिप देशको समृद्धिमा प्रयोग गर्न आग्रह गरे।
वैज्ञानिक आविष्कारले विश्वलाई साँघुरो बनाइरहेको सन्दर्भमा त्यससँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्नु अबको शैक्षिक आवश्यकता रहेको उनले बताए। मन्त्री पोखरेलले विद्यार्थीलाई रोजगारी खोज्ने मात्र नभई रोजगार सिर्जना गर्ने सोच विकास गर्न प्रेरित गर्दै भने, “देशको समृद्धिको यात्रामा तपाईँहरू पनि सँगसँगै लाग्नुपर्छ ।” विश्वविद्यालय डिग्री वितरण गर्ने संस्था मात्र नभई नीति निर्माण र अनुसन्धानको केन्द्र बन्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं भारतको चण्डीगढस्थित पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्चका निर्देशक प्रा।डा। विवेक लालले समाज नै शिक्षाको पहिलो पाठशाला भएको बताए। लामो समयदेखि नेपाली विद्यार्थीलाई अध्यापन गराउँदै आए पनि नेपालमा पहिलो पटक उपस्थित हुन पाउँदा खुसी लागेको अनुभव सुनाउँदै उनले श्रम र शिक्षाबिचको सम्बन्धमा जोड दिए। जतिसुकै डिग्री लिए पनि शिक्षा व्यावहारिक र सिपमा आधारित नभए त्यसले उत्पादनसँग जोड्न नसक्ने उनको तर्क थियो ।
विश्वविद्यालयका उपकुलपति प्राडा. विजुकुमार थपलियाले विश्वविद्यालयलाई केवल भौतिक संरचनाका रूपमा मात्र नबुझ्न आग्रह गर्दै शैक्षिक संस्थाहरू समाजको आधारभूत जरा जस्तै महत्त्वपूर्ण रहेको बताए।
विश्वविद्यालयका अनुसार वि.सं. २०८२ पुस १६ सम्म एमफिल, स्नातकोत्तर र स्नातक तह पूरा गरेका ६ हजार ७०६ विद्यार्थीमध्ये मङ्गलबार ४ हजार ६५२ जना प्रत्यक्ष रूपमा दीक्षित भएका छन् । सङ्कायगत रूपमा कलातर्फ १८४, शिक्षातर्फ ९९८, कानुनतर्फ ६२२, व्यवस्थापनतर्फ २ हजार २६४, मेडिकल तथा एलाइडतर्फ ६२४, इन्जिनियरिङतर्फ १ हजार २६२ र विज्ञान तथा प्रविधितर्फ ७४७ विद्यार्थी दीक्षित भएका हुन् ।
दीक्षित हुनेमध्ये ५ जनाले एमफिल, १ हजार ४१३ जनाले स्नातकोत्तर र ५ हजार २८८ जनाले स्नातक तहको उपाधि प्राप्त गरेका छन् । विभिन्न सङ्कायमा उत्कृष्ट प्रदर्शन गर्ने २१ जना विद्यार्थीलाई मन्त्री पोखरेल, प्रमुख अतिथि प्राडा। लाल र उपकुलपति प्राडा। थपलियाले स्वर्ण पदक प्रदान गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८३ - १७:३३
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन...
बैशाख २७ गते, २०८३ - १७:२३
काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। नेप...
बैशाख २७ गते, २०८३ - १७:११
झापा। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली ...
बैशाख २७ गते, २०८३ - १६:५१
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...
बैशाख २७ गते, २०८३ - १६:३०
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...
बैशाख २७ गते, २०८३ - १६:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप...
बैशाख २७ गते, २०८३ - १५:१२
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र...
बैशाख २७ गते, २०८३ - १५:००
बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...
बैशाख २७ गते, २०८३ - १४:५३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...
बैशाख २७ गते, २०८३ - १४:४६
दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...


प्रतिकृया लेख्नुहोस्: