बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरूले निर्वाचन आयोगमा खर्च विवरण बुझाउने क्रम जारी छ। यही क्रममा म्याग्दीबाट निर्वाचित सांसद ले आफ्नो चुनावी आम्दानी–खर्च विवरण सार्वजनिक गरेका छन्।
निर्वाचन आयोगले म्याग्दीका उम्मेदवारलाई अधिकतम ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियो। पुनले भने २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका छन्, जुन तोकिएको सीमाभन्दा २ लाख ३१ हजार १३२ रुपैयाँ कम हो।
पुनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको तथ्यांकअनुसार चुनावी अभियानका लागि देश तथा विदेशमा रहेका शुभेच्छुक र समर्थकबाट ५६ लाख ३७ हजार ८९३ रुपैयाँ सहयोग प्राप्त भएको थियो। ४५ दिन लामो चुनावी अभियानमा भएको खर्च कटाएपछि राष्ट्रिय वाणिज्य बैंकको खातामा २७ लाख ६९ हजार २५ रुपैयाँ ४७ पैसा मौज्दात रहेको उनले उल्लेख गरेका छन्।
भौगोलिक रूपमा विकट जिल्लामा प्रचारप्रसार खर्चिलो र समयसाध्य भएको पुनको भनाइ छ। उनले १०–१६ जनाको टोलीसहित बिहान ७ बजेदेखि राति १० बजेसम्म खटेर जिल्लाका सबै गाउँमा दुई पटकसम्म पुगेर प्रचार गरेको जानकारी दिएका छन्। सुगम जिल्लामा भने कम खर्चमै चुनाव जित्न सकिने उनको दाबी छ।
चुनावी अभियानका क्रममा गाउँ–गाउँमा पुग्दा मतदातासँग गरेको प्रतिबद्धताअनुसार बचत रकम जनताकै सेवामा खर्च गर्ने उनले बताएका छन्। सदरमुकाम बेनीमा सम्पर्क कार्यालय स्थापना गरी सरकारी कामकाजका लागि आउने नागरिकलाई निःशुल्क सहजीकरण सेवा उपलब्ध गराउने योजना रहेको पुनले जनाएका छन्। कार्यालयमा दुई जना कर्मचारी राखी कम्प्युटर, फोटोकपी मेसिन र प्रिन्टरमार्फत आवश्यक सहयोग उपलब्ध गराइने उनले उल्लेख गरेका छन्।
निर्वाचन खर्च पारदर्शी रूपमा सार्वजनिक गर्दै बाँकी रकम जनहितमा प्रयोग गर्ने घोषणा गरेपछि पुनको चुनावी अभ्यासले ध्यान आकर्षित गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - १९:४१
बाग्मती। कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर...
फाल्गुन ३० गते, २०८२ - १९:३८
काठमाडौँ । नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक ग...
फाल्गुन ३० गते, २०८२ - १९:३४
विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट पठाउने चार जना सांसदको नाम टुंगो लगाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा ...
फाल्गुन ३० गते, २०८२ - १९:२२
काठमाडौं । बिहान उठ्नेबित्तिकै खाली पेट पानी पिउनु स्वास्थ्यका लागि लाभदायक बानीका रूपमा लिइन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार यो अभ्यासले शरीरलाई सक्रि...
फाल्गुन ३० गते, २०८२ - १९:२०
रोल्पा । रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पूरिएर एक महिलाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ...
फाल्गुन ३० गते, २०८२ - १९:१४
काठमाडौं । नेपाली साहित्य, पत्रकारिता र भाषा आन्दोलनका सक्रिय हस्ताक्षरको निधन भएको छ। उनको निधनसँगै नेपालभाषा साहित्य, समसामयिक व्यङ्ग्य र भाषिक अधिक...
फाल्गुन ३० गते, २०८२ - १९:०९
बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरूले निर्वाचन आयोगमा खर्च विवरण बुझाउने क्रम जारी छ। यही क्रममा म्याग्दीबाट निर्वाचित सा...
फाल्गुन ३० गते, २०८२ - १९:०३
ललितपुर । ललितपुर महानगरपालिकाको अपांगतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ । ललितपुर–१२ को प्रशासनिक कार्यालयसमेत सञ्चालन हुनेगरी महानगर...
फाल्गुन ३० गते, २०८२ - १०:०१
काठमाडौँ । अमेरिकाले इरानका नवनियुक्त सर्बोच्च नेता मोजतबा खामेनीसहित १० शीर्ष इरानी अधिकारीहरुको टाउकोमा मोल तोकेर सूचना जारी गरेको छ । अमेरिकाको ...
फाल्गुन ३० गते, २०८२ - ०९:५९
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरी...


प्रतिकृया लेख्नुहोस्: