काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड बनाएको छ । पछिल्ला तीन दिनयता लगातार उकालो लागेको सुन र चाँदी दुवैको मूल्यले उपभोक्ता र व्यवसायीलाई चकित पारेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार ३४० रुपैयाँ कायम भएको छ ।
गत आइतबार प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ मा कारोबार भएको सुन सोमबार एकैदिन ४ हजार १ सय रुपैयाँ ले बढेर २ लाख ७४ हजार ७ सय रुपैयाँ पुगेको थियो । त्यसको भोलिपल्ट फेरि वृद्धि भएसँगै सुनको मूल्यले नयाँ इतिहास बनाएको हो ।
चाँदीको मूल्यमा पनि उस्तै तीव्र उछाल देखिएको छ । आइतबार प्रतितोला ४ हजार ९९० रुपैयाँ रहेको चाँदी सोमबार ५ हजार १९५ रुपैयाँ पुगेको थियो भने आज थप वृद्धि हुँदै ५ हजार ३४० रुपैयाँ पुगेको छ ।
व्यवसायीहरूका अनुसार अमेरिकी डलरको अस्थिरता, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको तीव्र वृद्धि र विश्वव्यापी आर्थिक अनिश्चितता स्थानीय बजारमा मूल्य बढ्नुको मुख्य कारण हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज विश्व बजारमा एक औँस सुन ४ हजार ५८८ अमेरिकी डलर मा कारोबार भइरहेको छ । त्यस्तै, एक औँस सेतो धातु (चाँदी) को मूल्य ८४ अमेरिकी डलर पुगेको छ ।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको तनाव र लगानीकर्ताको सुरक्षित लगानीतर्फ बढ्दो आकर्षणले सुनचाँदीको मूल्य अझै बढ्न सक्ने संकेत देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...



प्रतिकृया लेख्नुहोस्: