Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

सरकार बनेको डेढ महिना, बजेट खर्च ३ प्रतिशत पनि नाघेन

मधेस सरकारको गति र दिशामाथि बढ्दो प्रश्न

खबरडबली संवाददाता

जनकपुर । मधेस प्रदेशमा नयाँ सरकार गठन भएको करिब डेढ महिना बितिसक्दा पनि सरकारको कार्यदिशा र कार्यसम्पादनबारे गम्भीर प्रश्न उठ्न थालेका छन् । सरकारका काम–कारबाहीको पूर्ण मूल्याङ्कन गर्न समय नपुगेको भनिए पनि पटक–पटकको सरकार परिवर्तनले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनलाई गम्भीर रूपमा प्रभावित पारेको देखिएको छ ।

तत्कालीन मुख्यमन्त्री सरोज यादव नेतृत्वको सरकार ढालेर ६ दलको समर्थनमा मंसिर १९ गते नेपाली कांग्रेसका कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ सरकार गठन गरिएको थियो । नयाँ सरकार बनेसँगै प्रदेश प्रशासन चलायमान हुने र विकास निर्माणले गति लिने अपेक्षा गरिएको भए पनि अहिलेसम्म त्यसको ठोस संकेत देखिन सकेको छैन ।

पुँजीगत खर्च न्यून, विकास सुस्त

चालु आर्थिक वर्षको करिब सात महिना पूरा हुन लाग्दासमेत मधेस प्रदेशको पुँजीगत खर्च ३ प्रतिशतभन्दा तल सीमित छ । जेन–जी आन्दोलन र सरकार फेरबदलका कारण बजेट खर्च प्रभावित भएको प्रदेश सरकार स्वयं स्वीकार्छ । तर, विपक्षी दलहरू भने सरकारको प्राथमिकता नै स्पष्ट नहुँदा विकास प्रक्रिया अल्झिएको बताउँछन् ।

राजनीतिक वृत्तमा प्रदेश सरकारले जनताले प्रत्यक्ष अनुभूत गर्नसक्ने कुनै उल्लेखनीय काम गर्न नसकेको गुनासो बढ्दै गएको छ । मन्त्रालयहरूबीच समन्वय कमजोर रहेको, निर्णय प्रक्रियामा ढिलाइ भइरहेको र सरकार स्वयं प्राथमिकताबारे अलमलमा परेको आरोप लागिरहेको छ ।

पूर्वमुख्यमन्त्रीहरूको आलोचना

पूर्वमुख्यमन्त्री सतिश सिंह सरकारको गति ‘कछुवाजस्तै’ भएको टिप्पणी गर्छन् । ठुलो गठबन्धनको सरकार बने पनि मन्त्रिपरिषदलाई पूर्णता दिनमै ढिलाइ हुँदा विकास निर्माणका कामले गति लिन नसकेको उनको विश्लेषण छ ।
‘४० दिनभित्र देखिनुपर्ने नीतिगत निर्णय, कार्ययोजना र सुधारका सङ्केत अहिलेसम्म कतै देखिँदैन,’ सिंह भन्छन् ।

अर्का पूर्वमुख्यमन्त्री सरोज यादवले पनि सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । उनका अनुसार यो सरकार भागबन्डाको आधारमा बनेको हो र त्यसैले कामभन्दा शक्ति बाँडफाँटमै केन्द्रित छ ।
‘सरकार नैतिक संकटमा नपरोस् भनेर एमालेले समेत विश्वासको मत दिएको हो,’ यादव भन्छन्, ‘तर सरकार अझै पनि योजनाको भागबन्डा र दबाबमै चलिरहेको छ ।’

यादवले शीतलहरबाट पीडित जनताका लागि समेत सरकारले कुनै राहत प्याकेज ल्याउन नसकेकोप्रति आलोचना गरेका छन् । कृषि संकट, स्वास्थ्य सेवामा पहुँच, रोजगारी र सार्वजनिक सेवाको गुणस्तरजस्ता आधारभूत सवालमा सरकार मौन देखिएको उनको भनाइ छ ।

सरकारको पक्ष : योजनावद्ध काम भइरहेको दाबी

प्रदेश सरकारका प्रवक्ता तथा स्वास्थ्यमन्त्री जंगीलाल यादव भने आलोचनालाई अस्वीकार गर्दै सरकार योजनावद्ध ढंगले अघि बढिरहेको दाबी गर्छन् । उनका अनुसार प्रदेशमा देखिएका समस्या समाधानका लागि तीनवटा समिति गठन भइसकेका छन् र ती समितिहरू क्रियाशील हुने चरणमा छन् ।

विकास निर्माणका योजनाहरू टेन्डर प्रक्रियामा लैजाने काम सुरु भइसकेको र भुक्तानी प्रक्रिया अघि बढेपछि बजेट खर्चको प्रतिशत बढ्ने मन्त्री यादवको दाबी छ । मन्त्रिपरिषद्ले हालै पूर्णता पाएको भन्दै प्रारम्भिक चरणमा अपेक्षाअनुसार काम हुन नसकेको उनले स्पष्ट पारे ।

अपेक्षा र यथार्थबीच मधेस सरकार

सरकार गठनपछि जनतामा जागेको अपेक्षा र वर्तमान यथार्थबीच बढ्दो अन्तरले मधेस प्रदेशको शासन प्रणालीमाथि नै प्रश्न उठाइरहेको छ । आगामी दिनमा सरकारले बजेट खर्च, सुशासन र जनजीविकासँग जोडिएका मुद्दामा कति छिटो परिणाम देखाउन सक्छ भन्ने कुराले नै सरकारको विश्वास र भविष्य तय गर्ने देखिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending