कावासोती । पूर्वी नवलपरासीमा एक जना मतदान अधिकृतले हतियारधारी नेपाली सेनाका एक सैनिकलाई मतदान केन्द्रबाट बाहिर पठाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
यो घटना कावासोती नगरपालिका–३ स्थित जीवनज्योति माध्यमिक विद्यालयको मतदान स्थलको हो। सो मतदान स्थलको ‘क’ केन्द्रमा खटिएकी मतदान अधिकृत दीपा गौतमले मतदान गर्ने स्थान नजिकै पुगेका हतियारधारी एक सैनिकलाई मतदान स्थलको गेट बाहिर पठाएकी थिइन्।
सुरुमा हतियारसहित सैनिक मतदान केन्द्रभित्र आएको देखेपछि गौतमले त्यसको कारण सोधेकी थिइन्। सोधपुछका क्रममा ती सैनिकले एक सवारी चालकलाई छिटो मतदान गराउन सहयोग गर्न आएको बताएका थिए।
त्यसपछि मतदान अधिकृत गौतमले समन्वय अवस्थाबाहेक हतियारसहित सेना मतदान केन्द्रभित्र प्रवेश गर्न नमिल्ने भन्दै बाहिर जान आग्रह गरिन्। सैनिकले ‘हतियार बाहिर राख्न बिर्सिएको’ र मतदातालाई सहजीकरण मात्र गर्न खोजेको बताएका थिए।
तर गौतमले नियमअनुसार हतियारसहित मतदान केन्द्रभित्र बस्न नपाइने स्पष्ट गर्दै ‘हजुर बाहिर गएर बसिहाल्नुपर्छ, जाऔँ–जाऔँ’ भन्दै उनलाई मतदान स्थलको गेट बाहिर पठाइन्। उनी आफैँ ती सैनिकलाई गेटसम्म पुगेर बाहिर पठाएकी थिइन्।
प्रत्यक्षदर्शी एक कर्मचारीका अनुसार बिहानको समयमा मतदान केन्द्रमा खासै भिडभाड थिएन। शान्तिपूर्ण रूपमा मतदान भइरहेका बेला एक सैनिक बन्दुक बोकेर केन्द्रभित्र प्रवेश गरेका थिए।
ती सैनिकले एक जना सवारी चालकलाई साथमा ल्याएका थिए र उनलाई छिटो मतदानको पालो दिन आग्रह गर्दै केन्द्रभित्र आएका थिए। त्यसपछि मतदान अधिकृत गौतमले नियम सम्झाउँदै उनलाई बाहिरै बसेर सुरक्षा दिन आग्रह गरेकी थिइन्।
‘ती सैनिक अन्जानमा मतदान केन्द्रभित्र आएका देखिए, तर मतदान अधिकृतले नियम अनुसार बाहिरै बसेर सुरक्षा दिन भन्नुभयो,’ एक कर्मचारीले बताए।
यस विषयमा प्रतिक्रिया लिन मतदान अधिकृत गौतमसँग सम्पर्क गर्न खोजिए पनि उनको मोबाइल नम्बरमा सम्पर्क हुन सकेन। मोबाइल तथा ह्वाट्सएपमा गरिएको प्रयास पनि सफल भएन।
जीवनज्योति मावि मतदान केन्द्रमा करिब १ हजार ३९० मतदाता रहेका थिए। त्यहाँबाट ९४० मत खसेको जनाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - २०:५२
सिन्धुपाल्चोक । दुई प्रतिनिधि सभा निर्वाचन भएको सिन्धुपाल्चोकमा कूल मतको ५५. ६९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रिताकुमारी बख्रेलकानुसार य...
फाल्गुन २१ गते, २०८२ - २०:४८
ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि निकै चर्चित मानिएको झापा क्षेत्र नम्बर–५ मा यसपटक ६५ प्रतिशत मात्र मत खसेको छ। निर्वाचन आयोगका अनुसार यस क्षेत...
फाल्गुन २१ गते, २०८२ - २०:३१
ओखलढुङ्गा । प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा ओखलढुङ्गामा कुल ४८.१४ प्रतिशत मत खसेको छ । कुल १२२७१४ मतदाता रहेकाे ओखलढुङ्गामा ५९,०७९ मत खसेकाे हाे...
फाल्गुन २१ गते, २०८२ - १९:५९
काठमाडाैं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले बिहीबार सम्पन्न मतदानको विश्लेषण गर्दै कम्युनिष्ट आन्दोलनका लागि चुनौतीपूर्ण मतपरिणाम आए...
फाल्गुन २१ गते, २०८२ - १९:३६
बनेपा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुई न...
फाल्गुन २१ गते, २०८२ - १९:३५
विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा आइतबार उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ। जिल्ला प्रशासन ...
फाल्गुन २१ गते, २०८२ - १९:३३
कावासोती । पूर्वी नवलपरासीमा एक जना मतदान अधिकृतले हतियारधारी नेपाली सेनाका एक सैनिकलाई मतदान केन्द्रबाट बाहिर पठाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बन...
फाल्गुन २१ गते, २०८२ - १९:२६
काठमाडाैं । निर्वाचन आयोगले मतपेटिका संकलन भएका स्थानमा आज रातिबाटै गणना सुरु गर्ने जनाएको छ । ललितपुरसहित धेरै ठाउँका मतदान अधिकृतले मतपेटिका संकलन ग...
फाल्गुन २१ गते, २०८२ - १९:२१
ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित सातसल्ले मतदान केन्द्रमा स्थानीयले मतदान बहिष्कार गरेका छन्। मतदानका लागि सम्पूर्ण तयारी पू...
फाल्गुन २१ गते, २०८२ - १९:१२
रुकुम पूर्व । पूर्वी रुकुममा मतगणना भोलि (शुक्रबार) देखि शुरु हुने भएको छ । लुम्बिनीको एक मात्र हिमाली जिल्ला रहेको त्यहाँ सडक पूर्वाधारको कारण मतपेटि...



प्रतिकृया लेख्नुहोस्: