Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

रूसी ट्याङ्कर कब्जापछि पुटिनसँग सम्पर्कबारे ट्रम्प मौन

खबरडबली संवाददाता

वासिङ्टन। एटलान्टिक महासागरमा रूसी झण्डा बोकेको एक तेल ट्याङ्कर अमेरिकी सेनाले कब्जा गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग यस विषयमा सम्पर्क भएको छ कि छैन भन्नेबारे स्पष्ट गर्न अस्वीकार गर्नुभएको छ ।

फक्स न्युजसँगको अन्तर्वार्तामा सोधिएको प्रश्नको जवाफ दिँदै राष्ट्रपति ट्रम्पले आफूले त्यसबारे केही भन्न नचाहेको बताए। उनका अनुसार घटनाका क्रममा त्यहाँ रूसी पनडुब्बी र एक विध्वंसक जहाज देखिएका थिए, तर अमेरिकी सेनाको उपस्थितिपछि ती दुवै छिट्टै त्यहाँबाट हटेका थिए । “हामीले जहाज नियन्त्रणमा लियौँ र अहिले त्यसबाट तेल उतारिएको छ”, उनले दाबी गरे।

अमेरिकी सेनाले उच्च समुद्रमा एक सातासम्म खोजी गरेपछि बुधबार ट्याङ्करमा चढी नियन्त्रणमा लिएको थियो । यो कारबाहीले मस्कोसँगको तनाव बढाउनुका साथै रुसको सहयोगी भेनेजुएलामाथि पनि दबाब बढाएको विश्लेषण गरिएको छ । यद्यपि विश्लेषण संस्था केप्लरका अनुसार जफतका बेला ट्याङ्करमा कुनै तेल थिएन, जसले राष्ट्रपति ट्रम्पको दाबीमाथि प्रश्न उठाएको छ ।

उक्त ट्याङ्कर पहिले ‘बेला–१’ नामले परिचित थियो र सन् २०२४ मा अवैध रूपमा इरानी तेल ढुवानी गर्ने तथाकथित ‘छाया फ्लीट’ मा संलग्न भएको आरोपमा अमेरिकाले प्रतिबन्ध लगाएको थियो । गत महिना गुयाना झण्डामुनि भेनेजुएलातर्फ जाँदै गर्दा अमेरिकी तटरक्षकले जहाज नियन्त्रणमा लिन खोज्दा चालकदलले अस्वीकार गर्दै जहाज एटलान्टिकतर्फ फर्काएको थियो ।

पछि चालकदलले जहाजमा रूसी झण्डा रङ्ग्याए र रूसी शिपिङ रजिस्ट्रीमा ‘मारिनेरा’ नाममा दर्ता गराए । जहाज ट्र्याकिङ डाटाअनुसार उत्तरी एटलान्टिकमा आइसल्यान्डको दक्षिणी तटबाट करिब १९० माइल टाढा ट्याङ्कर जफत गरिएको थियो । यस अपरेसनका क्रममा अमेरिकी नौ सेना सील र १६०औँ स्पेशल अपरेसन एभियसन रेजिमेन्टका सदस्य संलग्न थिए । 

बेलायतको रक्षा मन्त्रालयले अमेरिकी अनुरोधपछि सहयोग गरेको जनाएको छ । तर अमेरिकाले अपरेसनको आधिकारिक भिडियो सार्वजनिक गरेको छैन । रुसले यस जफतको कडा निन्दा गर्दै अन्तर्राष्ट्रिय समुद्री कानुनको उल्लङ्घन भएको दाबी गरेको छ । रुसी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई स्वदेश फर्काउन माग गरेको छ भने एक रुसी सांसदले यस घटनालाई ‘२१ औँ शताब्दीको समुद्री डकैती’ भनेका छन् । 

राष्ट्रपति पुटिनले भने हालसम्म सार्वजनिक प्रतिक्रिया दिनुभएको छैन । चीनले पनि यस कारबाहीलाई अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन भन्दै निन्दा गरेको छ । यद्यपि ह्वाइट हाउसले रुस र चीनसँग तनाव बढ्न सक्ने चिन्ताबिच पनि प्रतिबन्धित र अवैध रूपमा तेल ढुवानी गर्ने जहाजविरुद्ध कारबाही जारी रहने स्पष्ट पारेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नक्कली सरकारी कार्यालय खडा गरी ठगी, बर्दियाबाट एक दम्पती पक्राउ

बर्दिया । सरकारी कीर्ते छाप र दस्तखत प्रयोग गरी ठगी गरिएको घटना बाहिरिएको छ। बर्दियामा एक दम्पतीले सरकारी कार्यालयकै नक्कल गरेर नक्कली कार्यालय सञ्चाल...

वैशाख मसान्तसम्म ९२ करोड कर सङ्कलन

बागलुङ। आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्म आन्तरिक राजश्व कार्यालय बागलुङले ९२ करोड ४६ लाख कर सङ्कलन गरेको छ । चालु वर्षमा एक अर्ब ४३ करोड ३४...

लागुऔषध नियन्त्रणमा रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय: गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले लागुऔषध नियन्त्रणका लागि रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन्। उनले राज्य व्यवस्था तथा सुशासन समितिको...

शिक्षा र स्वास्थ्यमा कर लगाइएको भन्दै सांसद सिंहको आपत्ति

काठमाडौँ । प्रतिनिधिसभामा रास्वपा सांसद डॉ.अमरेशकुमार सिंह ले सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको ...

सरकारको आगामी बजेट ‘फुकेको बेलुन’ जस्तो, कार्यान्वयनमा विश्वास छैन: सांसद सिंह

काठमाडौँ। प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद डॉ.अमरेशकुमार सिंह ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट कार्यान्वयन हुनेमा गम्भीर शंका व्यक्त गरेका छन्। ...

ग्रामीण तथा विकट क्षेत्रका समस्यालाई बेवास्ता गरियो: हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई कडा आलोचना गरेका छन्। उनले बजेटलाई “खुट्टाको घाउजस्...

एमालेको प्रश्न : प्रधानमन्त्री बालेनको अभिव्यक्तिमा ताली बजाउने सांसद को–को हुन् ?

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको एक अभिव्यक्तिलाई लिएर तीव्र आपत्ति जनाएको छ। एमालेका प्रमुख सचेतक ऐनबहादुर महर...

फुटबलर विशाल राखेपको उपाध्यक्ष नियुक्त, राखेपद्वारा स्वागत

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा नियुक्त भएको छन् । शिक्षा तथा खेलकुदमन...

ओलीलाई रास्वपाको सदस्य बनाइएको फेक पोस्टरबारे एमाले सांसदको आपत्ति

काठमाडौं। प्रतिनिधिसभा बैठकमा सामाजिक सञ्जालमा फैलाइएको फर्जी पोस्टरको विषय उठाइएको छ। उक्त पोस्टरमा केपी शर्मा ओली लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रा...

ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २० लाख २१ हजार  राजस्व दाखिला भएको छ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending