Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

सात महिनामा खाद्यान्न र तरकारी आयातमा ५७ अर्बभन्दा बढी बाहिरियो

खबरडबली संवाददाता

काठमाडौँ । कृषि प्रधान देश नेपालमा कृषिजन्य वस्तुको आयात उच्च दरमा बढिरहेकाले ठूलो परिमाणमा रकम बाहिरिइरहेको छ।

भन्सार विभाग ले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म (सात महिना) खाद्यान्न र तरकारी आयातमा ५७ अर्ब ८८ करोड रुपैयाँ बाहिरिएको छ।

यस अवधिमा ३५ अर्ब ६२ करोड ९० लाख १८ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा २२ अर्ब २५ करोड ७८ लाख ३५ हजार रुपैयाँ बराबरको दाल तथा तरकारीजन्य वस्तु आयात भएको छ। अधिकांश वस्तु छिमेकी भारत र चीनबाट आयात भएका छन्।

उच्च आयातका कारण व्यापार घाटा र विदेशी मुद्रा सञ्चितिमा प्रत्यक्ष असर परेको छ। स्वदेशी उत्पादन कमजोर हुँदा किसान प्रतिस्पर्धी बन्न नसक्ने र कृषि पेसाबाट पलायन हुने अवस्था बढ्दै गएको छ।

खाद्यान्न आयात : ३५ अर्ब ६२ करोड

सात महिनामा ७ लाख ४४ हजार ९९४.९९ मेट्रिक टन खाद्यान्न आयात हुँदा ३५ अर्ब ६२ करोड रुपैयाँ बाहिरिएको छ। यसबाट २ अर्ब २७ करोड १७ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

सबैभन्दा बढी रकम धान आयातमा खर्च भएको छ। माघ मसान्तसम्म १२ अर्ब ८४ करोड ७९ लाख २५ हजार रुपैयाँको ३ लाख ४८ हजार ४१०.२० मेट्रिक टन धान आयात भएको छ।

त्यसैगरी, १२ अर्ब ३७ करोड ८४ लाख २७ हजार रुपैयाँ बराबरको चामल आयात भएको छ। मकै १ लाख ९३ हजार २१.१५ मेट्रिक टन आयात हुँदा ८३ करोड ९ लाख रुपैयाँ बाहिरिएको छ।

दाल तथा तरकारी आयात : २२ अर्ब २५ करोड

सात महिनामा ५ लाख १९ हजार ४२८.७२ मेट्रिक टन दाल तथा तरकारीजन्य वस्तु आयात भएको छ, जसमा २२ अर्ब २५ करोड ७८ लाख ३५ हजार रुपैयाँ खर्चिएको छ।

यस अवधिमा १४ अर्ब १० करोड ९ लाख ६२ हजार रुपैयाँको ४ लाख ३९ हजार ९०५.१४ मेट्रिक टन तरकारी आयात भएको छ।

दाल तथा गेडागुडीतर्फ ८ अर्ब ६ करोड ५३ लाख १८ हजार रुपैयाँ बराबरको ७७ हजार ३१.९९ मेट्रिक टन आयात भएको छ।

जसमा ४ अर्ब ५ करोड रुपैयाँको ३८ हजार ७३४.२३ मेट्रिक टन राजमा, २ अर्ब ४३ करोड रुपैयाँको २५ हजार ६८९.१० मेट्रिक टन मुसुरो, ३९ करोड २७ लाख ७३ हजार रुपैयाँ बराबरको रहर र  ३७ करोड ८४ लाख रुपैयाँ बराबरको केराउ रहेकाे छ ।

यसैगरी, ९ करोड १५ लाख ५५ हजार रुपैयाँको २ हजार ४९१.५९ मेट्रिक टन कन्दमूल (तरुल, सखरखण्ड, पिँडालु) आयात भएको छ।

तरकारी मात्रै १४ अर्बभन्दा बढी

सात महिनामा तरकारी मात्रै १४ अर्ब १० करोड रुपैयाँभन्दा बढीको आयात भएको छ।  ६ अर्ब ५६ करोड रुपैयाँ बराबरको आलु, ४ अर्बभन्दा बढीको प्याज र १ अर्ब ७३ करोड रुपैयाँ बराबरको लसुन आयात भएकाे छ ।

आयातमा निर्भरता बढ्दै जाँदा ग्रामीण अर्थतन्त्र कमजोर हुने र स्वदेशी उत्पादन प्रवर्द्धनमा चुनौती थपिएको सरोकारवालाहरूको भनाइ छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केे छ ओखलढुंगामा अम्बिरबाबुले निर्वाचन जित्ने आधार ?

ओखलढुंगा  । ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका अम्बिरबाबु गुरुङले आफ्नो जितका आधार र प्रतिबद्धतासहित चुनावी घोषणा सार्वजनिक गरेका छन्। न...

डोटीको जीप दुर्घटनामा घाइते महिलाको मृत्यु

डोटी । आइतबार दिउँसो डोटीको बोगटान फुड्सिल गाउँपालिकामा( ३ धौलाबस्तीमा भएको जीप दुर्घटनामा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ। बोगटान फुड्सिल ...

ढल्यो कीर्तिपूरमा एमालको खम्बा, पूर्व मेयर रमेश मर्हजन नेकपामा प्रवेश

काठमाडौं  । कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जनले नेकपा एमाले परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। उनीसँगै कीर्त...

रातो किताबबाट हरियो प्रचारसम्म, मोरङ–६ मा तातिएको राजनीति

सरकारी योजना आफ्नै नाममा, चुनावी प्रचारको नयाँ शैली

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौँको बौद्ध नयाँबस्तीबाट ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित सुर्खेतका २२ वर्षीय विर विक्रम खड्कालाई नियन्त्रणमा लिएको छ।  खड्काले ब...

वाम एकताको आधार बन्दैछ, एमालेसँग पनि सहकार्य सम्भव छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक Pushpa Kamal Dahal ले छरिएर रहेका कम्युनिस्ट शक्तिहरू पुनः एकीकृत हुने दाबी गर्दै एमालेसहितको बृ...

वैदेशिक रोजगारीको मेडिकलमा मौलायो ‘कमिसन खेल’

काठमाडाैं  । वैदेशिक रोजगारीमा जान चाहने प्रत्येक नेपालीले अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्छ। गन्तव्य देशले श्रमिक पूर्ण रूपमा स्वस्थ रहेको प...

भौतिक स्वरूपका चुनाव चिह्न प्रयोगमा निर्वाचन आयोगको रोक

काठमाडौं । निर्वाचन आयोग ले चुनावी प्रचारप्रसारका क्रममा धातु, काठ वा अन्य सामग्रीबाट बनेका भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग गर्न रोक लगाएको छ। वि...

सात महिनामा खाद्यान्न र तरकारी आयातमा ५७ अर्बभन्दा बढी बाहिरियो

काठमाडौँ । कृषि प्रधान देश नेपालमा कृषिजन्य वस्तुको आयात उच्च दरमा बढिरहेकाले ठूलो परिमाणमा रकम बाहिरिइरहेको छ। भन्सार विभाग ले सार्वजनिक गरेको तथ्...

फूलचोकी जंगलमा ५ दिनदेखि हराएका व्यक्तिको उद्धार

काठमाडौं । फूलचोकीको जंगलमा पाँच दिनदेखि हराएका व्यक्तिको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीका अनुसार उद्धार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE