Khabar Dabali २३ पुष २०८२ बुधबार | 7th January, 2026 Wed
Investment bank

झापामा खेतमा भेटियो मृत हात्ती

खबरडबली संवाददाता

बिर्तामोड। झापाको बुद्धशान्ति गाउँपालिका –३ को एक कृषकको खेतमा जंगली हात्ती मृत फेला परेको छ । मंगलबार बिहानै मृत जंगली हात्ती देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको सिमास्थित कालिका सिमसार जाने बाटोमा स्थानीय लालबहादुर रसाइलीको खेतमा फेला परेको उक्त जंगली हात्तीको दाह्रा भने नभएको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय झापाका प्रमुख नथुनी यादवले बताए। 

हात्ती के कारणले मरेको हो भन्नेबारेमा थप अनुसन्धान गर्न कोशीटप्पु बन्यजन्तु संरक्षणबाट वनविज्ञ टोलीलाई बोलाइसकिएको डिभिजन वन कार्यालय प्रमुख यादवले बताए। हात्तीको दाह्रा नपलाएको प्रारम्भिक अनुसन्धानले देखाएको र घाउचोट समेत नदेखिएकाले खानेकुरामा विष मिलाएको हुनसक्ने आशंका गरिएको वन कार्यालयका प्रमुख यादवले बताए। 

अहिले डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का उठाउने काम गरिरहेको छ । इलाका प्रहरी कार्यालय बुधवारेका प्रमुख प्रहरी नायव निरीक्षक चन्द्र राउतसहितको प्रहरी टोली पनि घटनास्थलमा पुगेर अनुसन्धान थालेको जनाएको छ । 

झापामा पछिल्लो पटक मानव–हात्ती द्वन्द्वका कारण बर्षेनी मानव र हात्तीको मृत्यु हुदै आइरहेको छ । यस पटक एक जंगली हात्तीको मृत्यु भएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत, ४० दिनका लागि १ लाख ३४ हजार निर्वाचन प्रहरी भर्ना हुने

काठमाडौँ । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि परिचालन गरिने निर्वाचन प्रहरीको मापदण्ड गृह मन्त्रालयले स्वीकृत गरेको छ। गृह मन्त्रालयक...

गगन थापाको प्रतिबद्धता: बरु विष पिउँछु, पार्टी फुट्न दिन्नँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि हालतमा पार्टी एकता कायम राख्ने बताएका छन्। अप्ठेरो अवस्था आए विष पिएर भए पनि एकता जोग...

रास्वपाको समानुपातिक सूचीबाट डा. रामजी रामले लिए नाम फिर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा परेका डा। रामजी रामले आफ्नो नाम फिर्ता लिएका छन्। दलित समुदायको गौरव र दीर्घकालीन प्रतिनि...

रास्वपाबाट लमजुङमा धर्म केसी एकल उमेदवार सिफारिस

लमजुङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङबाट प्रत्यक्षतर्फको उम्मेदवारमा संस्थापक जिल्ला अध...

धनकुटामा दुई व्यक्ति मृत फेला

हिले। छुट्टाछुट्टै स्थानमा धनकुटामा दुई जना मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शहिदभूमि गाउँपालिका र महालक्ष्मी नगरपा...

कोशी प्रदेशबाट कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित

काठमाडौँ । कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन अधिकृत भीष्मराज प्रसाईँका अनुसार, थापाले उम...

हर्क साम्पाङ सुनसरी–१ बाट चुनाव लड्ने

विराटनगर। धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेद...

कांग्रेस विशेष महाधिवेशन पक्षधरले बुद्धिजीवीहरूसँग गरे छलफल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायत विशेष महाधिवेशन पक्षधरहरूले बुद्धिजीवीहरूसँग छलफल गरेका छन्। छलफल...

कांग्रेसको विशेष महाधिवेशन तयारीका लागि १८ उपसमिति गठन

काठमाडौँ । पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरेका नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले तयारीका लागि १८ उपसमिति गठन गरेका छन्। सूचना ...

कांग्रेसका विशेष महाधिवेशन पुस २७–२८ मा गर्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन्। सूचना प्रसार उपसमितिले बुधब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending