Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

नेपाल टेलिकमको जीएसएम प्रिपेड ग्राहकका लागि अनलाइन केवाईसी अद्यावधिक परीक्षण सुरु

खबरडबली संवाददाता

काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकका लागि अनलाइनमार्फत ग्राहक विवरण अद्यावधिक गर्ने प्रणालीको परीक्षण शुभारम्भ गरेको छ । कम्पनीले ग्राहकको पहिचान तथा विवरण व्यवस्थापनलाई सरल, छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘अनलाइन केवाईसी अद्यावधिक’ सेवा परीक्षणका रूपमा सुरु गरेको जनाएको छ ।

टेलिकमका अनुसार, जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताको कम्पनीमा अभिलेखमा रहेको ग्राहक विवरण केवाईसीका आधारमा अद्यावधिक गर्ने कार्य अनलाइन प्रणालीमार्फत गर्न सकिने व्यवस्था परीक्षण चरणमा ल्याइएको हो । हाल दूरसञ्चार कार्यालय सुन्धाराबाट यसको परीक्षण शुभारम्भ गरिएको कम्पनीले जनाएको छ ।

अनलाइन केवाईसी अद्यावधिक प्रणालीको परीक्षण शुभारम्भ कार्यक्रममा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत रंगा सागर माले तथा प्रदेशिक निर्देशनालय काठमाडौं, वाग्मती प्रदेशका निर्देशक इन्द्र यादवले संयुक्त रूपमा उद्घाटन गरेका थिए । सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत मालेले नेपाल टेलिकमको सेवालाई अझै ग्राहकमैत्री बनाउन प्रविधिको प्रयोगले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रदेशिक निर्देशनालय काठमाडौं, वाग्मती प्रदेशका निर्देशक यादवले सीमित समयमै धेरै कार्य सम्पन्न हुन थालेको उल्लेख गर्दै यस प्रणालीले कम्पनीको उत्पादकत्व र सेवाको गुणस्तरमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे । साथै, दूरसञ्चार कार्यालय सुन्धाराका कार्यालय प्रमुख निर्मल चन्दले डिजिटल रूपान्तरण, कागजरहित कार्यप्रणाली र डाटा अद्यावधिक कार्यलाई प्रभावकारी बनाउन यस प्रणालीले सहयोग पुर्‍याउने अपेक्षा व्यक्त गरे ।

यसअनुसार हाल आफ्नो नाम वा अन्य विवरण सच्याउनुपर्ने अवस्था भएका ग्राहकहरूले ग्राहक सेवा केन्द्रमा रहेको क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भर्न सक्नेछन् । सो विवरणको आधारमा नेपाल टेलिकमको प्रणालीले ग्राहकको विवरण प्रमाणीकरण गरी अद्यावधिक गर्ने व्यवस्था गरिएको छ ।

पहिलो चरणको परीक्षणका क्रममा क्यूआर कोड स्क्यान गर्न नसक्ने ग्राहकका लागि नेपाल टेलिकमको वेबसाइट तथा एपमार्फत पनि ग्राहक विवरण भर्न सकिने सुविधा उपलब्ध गराइएको छ । कम्पनीका अनुसार, सुन्धारास्थित दूरसञ्चार कार्यालयमा परीक्षण सफल भएपछि क्रमशः काठमाडौं उपत्यकाका अन्य कार्यालय र त्यसपछि उपत्यकाबाहिरका कार्यालयमा समेत यो सेवा विस्तार गरिनेछ ।

नेपाल टेलिकमले अनलाइन केवाईसी अद्यावधिक प्रणालीमार्फत ग्राहक सेवामा सहजता ल्याउने, सेवा प्रवाहलाई पारदर्शी बनाउने र डिजिटल प्रविधिको प्रयोगमार्फत समय तथा लागत दुवैको बचत गर्ने लक्ष्य लिएको जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: