काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकका लागि अनलाइनमार्फत ग्राहक विवरण अद्यावधिक गर्ने प्रणालीको परीक्षण शुभारम्भ गरेको छ । कम्पनीले ग्राहकको पहिचान तथा विवरण व्यवस्थापनलाई सरल, छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘अनलाइन केवाईसी अद्यावधिक’ सेवा परीक्षणका रूपमा सुरु गरेको जनाएको छ ।
टेलिकमका अनुसार, जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताको कम्पनीमा अभिलेखमा रहेको ग्राहक विवरण केवाईसीका आधारमा अद्यावधिक गर्ने कार्य अनलाइन प्रणालीमार्फत गर्न सकिने व्यवस्था परीक्षण चरणमा ल्याइएको हो । हाल दूरसञ्चार कार्यालय सुन्धाराबाट यसको परीक्षण शुभारम्भ गरिएको कम्पनीले जनाएको छ ।
अनलाइन केवाईसी अद्यावधिक प्रणालीको परीक्षण शुभारम्भ कार्यक्रममा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत रंगा सागर माले तथा प्रदेशिक निर्देशनालय काठमाडौं, वाग्मती प्रदेशका निर्देशक इन्द्र यादवले संयुक्त रूपमा उद्घाटन गरेका थिए । सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत मालेले नेपाल टेलिकमको सेवालाई अझै ग्राहकमैत्री बनाउन प्रविधिको प्रयोगले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
प्रदेशिक निर्देशनालय काठमाडौं, वाग्मती प्रदेशका निर्देशक यादवले सीमित समयमै धेरै कार्य सम्पन्न हुन थालेको उल्लेख गर्दै यस प्रणालीले कम्पनीको उत्पादकत्व र सेवाको गुणस्तरमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे । साथै, दूरसञ्चार कार्यालय सुन्धाराका कार्यालय प्रमुख निर्मल चन्दले डिजिटल रूपान्तरण, कागजरहित कार्यप्रणाली र डाटा अद्यावधिक कार्यलाई प्रभावकारी बनाउन यस प्रणालीले सहयोग पुर्याउने अपेक्षा व्यक्त गरे ।
यसअनुसार हाल आफ्नो नाम वा अन्य विवरण सच्याउनुपर्ने अवस्था भएका ग्राहकहरूले ग्राहक सेवा केन्द्रमा रहेको क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भर्न सक्नेछन् । सो विवरणको आधारमा नेपाल टेलिकमको प्रणालीले ग्राहकको विवरण प्रमाणीकरण गरी अद्यावधिक गर्ने व्यवस्था गरिएको छ ।
पहिलो चरणको परीक्षणका क्रममा क्यूआर कोड स्क्यान गर्न नसक्ने ग्राहकका लागि नेपाल टेलिकमको वेबसाइट तथा एपमार्फत पनि ग्राहक विवरण भर्न सकिने सुविधा उपलब्ध गराइएको छ । कम्पनीका अनुसार, सुन्धारास्थित दूरसञ्चार कार्यालयमा परीक्षण सफल भएपछि क्रमशः काठमाडौं उपत्यकाका अन्य कार्यालय र त्यसपछि उपत्यकाबाहिरका कार्यालयमा समेत यो सेवा विस्तार गरिनेछ ।
नेपाल टेलिकमले अनलाइन केवाईसी अद्यावधिक प्रणालीमार्फत ग्राहक सेवामा सहजता ल्याउने, सेवा प्रवाहलाई पारदर्शी बनाउने र डिजिटल प्रविधिको प्रयोगमार्फत समय तथा लागत दुवैको बचत गर्ने लक्ष्य लिएको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८२ - १९:२७
काठमाडौं। नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले पार्टीको दोस्रो विशेष महाधिवेशनको स्वागत गरेको छ। जेनजी आन्दोलनपछि कांग्रेसको नेतृत्व भूमिका बल...
पौष २४ गते, २०८२ - १९:२१
विशेष महाधिवेशन चुनावअघि अनिवार्य, प्रक्रियाबाट भाग्नु पार्टीका लागि घातक
पौष २४ गते, २०८२ - १९:१३
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री सुशीला कार्कीलाई पृथ्वी जयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन औपचारिक ...
पौष २४ गते, २०८२ - १९:०४
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान ११ बजे पूर्वप्रधानमन्त्रीसमेत रहे...
पौष २४ गते, २०८२ - १८:११
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेका छन् । ...
पौष २४ गते, २०८२ - १८:०८
काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी नगद तथा सुनको सिक्री चोरी गर्ने गिरोहका चार जनालाई काठमाडौं प्रहरीले पक्राउ गरे...
पौष २४ गते, २०८२ - १८:०६
जिल्ला कार्यसमितिद्वारा स्वागत, उपस्थित हुन औपचारिक आह्वान
पौष २४ गते, २०८२ - १७:५५
सुदूरपश्चिममा अझै ३५२ कैदीबन्दी फरार, खोजी अभियान जारी
पौष २४ गते, २०८२ - १७:५३
ताप्लेजुङ । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार अमृत मगरलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका घर भएका मग...
पौष २४ गते, २०८२ - १७:४९
काठमाडौंका ठमेल, नक्साल, सुन्धारा र एयरपोर्ट क्षेत्रका होटेलमा १५ सय कोठा बुक




प्रतिकृया लेख्नुहोस्: