Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

कांग्रेसभित्र खुला टकरावः महामन्त्रीहरूको ‘विशेष महाधिवेशन’ अमान्य भन्दै पार्टीको कडा चेतावनी

खबरडबली संवाददाता

ललितपुर । नेपाली कांग्रेसको आन्तरिक शक्ति संघर्ष खुला टकरावतर्फ उन्मुख हुँदै गएको छ । महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै कांग्रेस केन्द्रीय कार्यालयले त्यसमा सहभागी नहुन महाधिवेशन प्रतिनिधिसहित सम्पूर्ण पार्टी पंक्तिलाई औपचारिक आग्रह गरेको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा बुधबार जारी विज्ञप्तिमा पदाधिकारी वा कुनै सदस्यले व्यक्तिगत रूपमा बोलाएको अधिवेशन वा विशेष महाधिवेशन पार्टी विधानविपरीत हुने स्पष्ट उल्लेख गरिएको छ । यस्तो गतिविधिमा संलग्न भए त्यसलाई पार्टीले मान्यता नदिने सन्देश पनि विज्ञप्तिमार्फत प्रवाह गरिएको छ ।

विशेष महाधिवेशन पक्षधरहरूले पत्रकार सम्मेलन गर्दै पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्ने घोषणा गरेलगत्तै कांग्रेस केन्द्रीय कार्यालयले कडा परिपत्र जारी गरेको हो । यसले कांग्रेसभित्रको आन्तरिक द्वन्द्व अब सार्वजनिक राजनीतिक संघर्षको चरणमा प्रवेश गरेको संकेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “पार्टीको विधानमा व्यवस्था भएबमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ ।”

त्यसैगरी विधानविपरीत बोलाइने अधिवेशनका नाममा गरिने कुनै पनि गतिविधिमा संलग्न नहुन सबै तहका पदाधिकारी, सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरूलाई पार्टीले ‘हार्दिक अपिल’ गरेको छ ।

महामन्त्री गगन थापासहित विशेष महाधिवेशन पक्षधर समूहले भने यो कदमलाई विधानको बाध्यकारी व्यवस्था भन्दै बचाउ गर्दै आएका छन् । उनीहरूले गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएको र विधानअनुसार तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने दाबी गर्दै आएका छन् । यस विषयमा बुद्धिजीवी तथा पार्टी शुभेच्छुकहरूसँग थप छलफल भइरहेको उनीहरूको भनाइ छ ।

तर कांग्रेस केन्द्रीय कार्यालयले भने उक्त दाबीलाई अस्वीकार गरेको छ । मुख्यसचिव पौडेलको विज्ञप्तिमा गत मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १५औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत रूपमा पारित गरिसकेको र पार्टी विधानबमोजिम महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको उल्लेख छ । यससँगै विशेष महाधिवेशनको औचित्य मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भइसकेको दाबी गरिएको छ ।

केन्द्रीय कार्यसमितिको निर्णयअनुसार अधिवेशन र महाधिवेशनको सम्पूर्ण प्रक्रिया तथा कार्यक्रम सञ्चालन भइरहेका बेला सोही अवधिभित्र विशेष महाधिवेशन माग गरिएको विषयलाई बेवास्ता गर्दै सञ्चारमाध्यममार्फत महाधिवेशन आह्वान गरिएको भन्दै पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यसैबीच, कांग्रेसले आसन्न निर्वाचनलाई प्राथमिकतामा राख्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ । विज्ञप्तिमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार निर्वाचन आयोगमा बुझाइसकिएको र राष्ट्रियसभा सदस्यको मनोनयन पनि दर्ता भइसकेको स्मरण गराइएको छ । पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउने अभियानमा अझ सशक्त रूपमा जुट्न सम्पूर्ण कार्यकर्ता र नेतृत्वलाई आह्वान गरिएको छ ।

विश्लेषकहरूका अनुसार विशेष महाधिवेशनको विषयले कांग्रेसभित्रको नेतृत्व संकट, विधानको व्याख्या र शक्ति सन्तुलनको संघर्षलाई सतहमा ल्याएको छ । निर्वाचनको मुखमा देखिएको यो आन्तरिक टकरावले पार्टी एकता र चुनावी रणनीतिमा कस्तो असर पार्छ भन्ने प्रश्न अझ गहिरिँदै गएको छ ।

Congress urges delegates not to attend special general convention called by general secretariesCongress urges delegates not to attend special general convention called by general secretaries

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: