Khabar Dabali ८ फाल्गुन २०८२ शुक्रबार | 20th February, 2026 Fri
Investment bank

एपस्टिनको सम्पत्तिबाट साढे तीन करोड डलर मुआब्जा प्रस्ताव

खबरडबली संवाददाता

वासिङ्टन। दोषी ठहर भइसकेका अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनको सम्पत्तिले सम्भावित दर्जनौँ पीडितका बाँकी कानूनी दाबी टुङ्ग्याउन अधिकतम तीन करोड ५० लाख अमेरिकी डलरसम्म भुक्तानी गर्न सहमति जनाएको प्रस्तावित अदालतको फैसलामा उल्लेख गरिएको छ । 

बिहीबार दायर गरिएको उक्त प्रस्तावले लामो समयदेखि विवादित रहेका दाबीलाई सामूहिक रूपमा समाधान गर्ने बाटो खोलेको छ । फैसला अनुसार यो सहमति ती व्यक्तिसँग सम्बन्धित छ, जसले जनवरी १, १९९५ देखि अगस्ट १०, २०१९ सम्मको अवधिमा एपस्टिनद्वारा यौन दुव्र्यवहार, शोषण वा तस्करीको सिकार भएको दाबी गरेका छन् । अगस्ट १०, २०१९ एपस्टिन जेलमा मृत भेटिएको मिति हो । 

प्रस्तावमा उल्लेख भएअनुसार यदि योग्य पीडितको सङ्ख्या ४० वा सोभन्दा बढी पुग्यो भने सम्पत्तिले तीन करोड ५० लाख डलर भुक्तानी गर्ने छ, तर सङ्ख्या ४० भन्दा कम भएमा ५० लाख डलर तिर्ने व्यवस्था गरिएको छ । एपस्टिन सम्पत्तिका सह(कार्यकारी उहाँका पूर्ववकिल ड्यारेन इन्डिक र पूर्व लेखापाल रिचर्ड कान छन्। उनीहरूले एपस्टिनसँगको पेशागत सम्बन्धका आधारमा आफूले कुनै पनि गलत कार्य नगरेको स्पष्ट पार्दै आएको छ र उनीहरूमाथि कुनै आपराधिक अभियोग लगाइएको छैन ।

प्रस्तावित फैसलामा पनि सह–कार्यकारीले गल्ती स्वीकार गरेको वा भविष्यमा थप कानूनी दाबीका लागि उत्तरदायी ठहरिने अर्थ नलाग्ने उल्लेख गरिएको छ । उक्त सहमतिले अन्तिम रूप लिनु अघि न्युयोर्कको सङ्घीय न्यायाधीशबाट स्वीकृति आवश्यक पर्ने छ । पीडित पक्षको प्रतिनिधित्व गरिरहेको कानूनी फर्म बोइज शिलर फ्लेक्सनर एलएलपीले तत्काल कति जना दाबीकर्ता सहभागी छन् भन्नेबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । 

यद्यपि ब्लुमबर्ग न्युजले बिहीबार साँझ प्रकाशित गरेको प्रतिवेदनमा कम्तीमा ४० जना पीडितले अझै सम्पत्तिसँग अन्तिम समझदारी नगरेको उल्लेख गरिएको छ । सह–कार्यकारीको पक्षमा वकालत गरिरहेका अधिवक्ता डेनियल एच। वेनरले पनि तत्काल प्रतिक्रिया दिनु भएको छैन । यसैबिच अमेरिकी न्याय मन्त्रालयले एपस्टिनमाथिको अनुसन्धानसँग सम्बन्धित लाखौँ कागजात, तस्बिर र भिडियो सामग्री सार्वजनिक गरेपछि यो मुआब्जा प्रस्ताव सार्वजनिक भएको हो ।

एपस्टिनले जीवनकालमा शक्तिशाली राजनीतिज्ञ, व्यावसायिक अधिकारी, शिक्षाविद तथा चर्चित व्यक्तित्वसँग व्यापक सम्बन्ध विस्तार गरेको थिए । तीमध्ये धेरै जना उनीसँगको सम्बन्धका कारण सार्वजनिक आलोचना र प्रतिष्ठागत क्षतिमा परेका छन् । प्रस्तावित मुआब्जाले लामो समयदेखि कानूनी र सामाजिक रूपमा संवेदनशील बनेको प्रकरणलाई केही हदसम्म अन्त्यतर्फ लैजाने प्रयासका रूपमा हेरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

३ हजार ४०६ मध्ये ८६७ उम्मेदवारले मात्रै खोले निर्वाचन खर्चको बैंक खाता

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ३ हजार ४०६ जना उम्मेदवार मैदानमा छन् । तर, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नेको संख्या भन...

मुग्लिन–काठमाडौं सडकखण्डमा माइक्रोबस दुर्घटना, १५ जना घाइते

काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै शुक्रबार माइक्रोबस दुर्घटनामा परेको छ। प्राप्त जानकारी अनुसार, माइक्रोबस गति अनियन्त्रित...

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक: कावा आयुक्त भण्डारी

मोरङ। निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प...

विमानस्थलबाट ११ किलो बढी गाँजासहित तीन भारतीय पक्राउ

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागु औषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ...

बाका प्रिय पात्रहरूले मलाई जेल पुर्‍याए, सक्छौँ भने जनताको मनबाट हटाएर देखाउ: रवी

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसदबाट निकालिए पनि जनताको मनबाट हटाउन सकिँदैन भन्दै चुनौती दिएका छन्। शु...

संसद विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ फागुन २२ गते गर्ने साधारण तारेख तोकेको छ।  रिटकर्ता अधिवक्ता कृतिनाथ शर्...

एपस्टिनको सम्पत्तिबाट साढे तीन करोड डलर मुआब्जा प्रस्ताव

वासिङ्टन। दोषी ठहर भइसकेका अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनको सम्पत्तिले सम्भावित दर्जनौँ पीडितका बाँकी कानूनी दाबी टुङ्ग्याउन अधिकतम तीन करोड ५० लाख...

‘ट्राभल विकनेस’ भएपछि काठमाडौं फर्किएका थिए बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता, बालेन शाह सुदुरपश्चिमको चुनावी अभियानको क्रममा बिरामी परेपछि काठमाडौं आएका छन्। शाह ...

एमालेको झण्डा नजलाएको रास्वपाको दाबी, दोषी खोज्न माग

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले दाङमा एमालेको झण्डा आफूहरुले नजलाएको स्पष्ट पारेको छ। पार्टीले झण्डा जलाइएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न...

शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन : प्रधानमन्त्री कार्की

पोखरा। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् । शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त सम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE