Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ : ट्रम्प

खबरडबली संवाददाता

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका प्रदर्शन हिंसात्मक बन्दै गएर प्रदर्शनकारीहरूको ज्यान लिइएमा संयुक्त राज्य अमेरिका प्रतिक्रिया दिन पूर्ण रूपमा तयार रहेको चेतावनी दिएका छन् । शुक्रबार उनले इरानले शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि घातक कारबाही गरेमा अमेरिका ‘लक एन्ड लोड’ अवस्थामा रहेको स्पष्ट गरेका हुन् ।

बिहीबार इरानका विभिन्न सहरमा प्रदर्शनकारी र सुरक्षा बलबीच झडप भएपछि अवस्था थप तनावपूर्ण बनेको छ । अशान्ति फैलिँदै जाँदा पहिलो चरणमै कम्तीमा छ जनाको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएका छन् । राजधानी तेहरानमा आइतबारदेखि पसलहरू बन्द गरेर उच्च मूल्यवृद्धि र आर्थिक अस्थिरताको विरोधमा गरिएको हडताल अन्य क्षेत्रहरूमा पनि फैलिएको जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत प्रतिक्रिया दिँदै लेख्नुभएको छ, “यदि इरानले शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई गोली हानी हिंसात्मक रूपमा मार्छ, जुन उनीहरूको चलन हो, भने संयुक्त राज्य अमेरिका उनीहरूको उद्धारमा आउनेछ, हामी लक र लोड अवस्थामा छौँ र जान तयार छौँ ।”

इरानको फार्स समाचार एजेन्सीका अनुसार बिहीबार छहरमहल र बख्तियारी प्रान्तको लर्डेगन सहरमा सुरक्षा बल र प्रदर्शनकारीबीच भएको झडपमा दुई जनाको मृत्यु भएको छ । साथै छिमेकी लोरेस्तान प्रान्तको आजना क्षेत्रमा भएका घटनामा थप तीन जनाको ज्यान गएको बताइएको छ ।

यसअघि सरकारी टेलिभिजनले पश्चिमी सहर कौहदास्टमा रातभर भएको विरोध प्रदर्शनका क्रममा इरानको सुरक्षा बलका एक सदस्यको मृत्यु भएको जानकारी दिएको थियो । यी घटनाले देशभर फैलँदै गएको असन्तोष र सुरक्षा चुनौतीलाई झन् गहिरो बनाएको विश्लेषण गरिएको छ ।

हालका प्रदर्शनहरू सन् २०२२ मा देखिएको ठूलो जनआन्दोलनको तुलनामा सानो मानिए पनि अवस्था संवेदनशील बनेको छ । सन् २०२२ मा महिलामाथि लागू कडा ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी महसा अमिनीको हिरासतमा मृत्यु भएपछि देशव्यापी आक्रोश फैलिएको थियो । त्यस आन्दोलनका क्रममा दर्जनौँ सुरक्षा बलका सदस्यसहित सयौँ मानिसले ज्यान गुमाएका थिए, जसले इरानको आन्तरिक राजनीतिक र सामाजिक अवस्थालाई गहिरो रूपमा प्रभावित गरेको थियो । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending