विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। उनीहरूले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनीसमेत गरेका छन्।
बिहीबार राति करिब १ बजे तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो। प्रहरीका अनुसार साह भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायतका सामग्री लिएर नेपालतर्फ आउँदै थिए।
घर नजिकै सशस्त्र प्रहरीले गोली चलाउँदा साहलाई दुई राउण्ड गोली लागेको बताइएको छ। गोली लागेपछि उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले जनाएका छन्।
साहको मृत्युपछि आक्रोशित स्थानीयले शव नै सडकमा राखेर पूर्व–पश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण ठूला सवारी साधन सञ्चालन हुन सकेका छैनन् भने मोटरसाइकल मात्रै आवत–जावत भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार घटनापछि बिहीबार बिहान स्थानीयसँग वार्ता भए पनि सहमति हुन सकेन। स्थानीयले दोषीलाई तत्काल कारबाहीको माग गर्दै प्रदर्शन जारी राखेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ८ गते, २०८२ - १७:३२
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ३ हजार ४०६ जना उम्मेदवार मैदानमा छन् । तर, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नेको संख्या भन...
फाल्गुन ८ गते, २०८२ - १७:२३
काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै शुक्रबार माइक्रोबस दुर्घटनामा परेको छ। प्राप्त जानकारी अनुसार, माइक्रोबस गति अनियन्त्रित...
फाल्गुन ८ गते, २०८२ - १७:१७
मोरङ। निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प...
फाल्गुन ८ गते, २०८२ - १७:०६
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागु औषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ...
फाल्गुन ८ गते, २०८२ - १६:४७
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसदबाट निकालिए पनि जनताको मनबाट हटाउन सकिँदैन भन्दै चुनौती दिएका छन्। शु...
फाल्गुन ८ गते, २०८२ - १६:३७
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ फागुन २२ गते गर्ने साधारण तारेख तोकेको छ। रिटकर्ता अधिवक्ता कृतिनाथ शर्...
फाल्गुन ८ गते, २०८२ - १६:३०
वासिङ्टन। दोषी ठहर भइसकेका अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनको सम्पत्तिले सम्भावित दर्जनौँ पीडितका बाँकी कानूनी दाबी टुङ्ग्याउन अधिकतम तीन करोड ५० लाख...
फाल्गुन ८ गते, २०८२ - १६:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता, बालेन शाह सुदुरपश्चिमको चुनावी अभियानको क्रममा बिरामी परेपछि काठमाडौं आएका छन्। शाह ...
फाल्गुन ८ गते, २०८२ - १६:०८
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले दाङमा एमालेको झण्डा आफूहरुले नजलाएको स्पष्ट पारेको छ। पार्टीले झण्डा जलाइएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न...
फाल्गुन ८ गते, २०८२ - १५:३३
पोखरा। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् । शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त सम...



प्रतिकृया लेख्नुहोस्: