माली । माली र बुर्किना फासोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका यात्रा प्रतिबन्धको प्रतिकार स्वरूप अमेरिकी नागरिकहरूको आफ्ना देशमा प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।
दुवै पश्चिम अफ्रिकी देशका विदेशमन्त्रीहरूले छुट्टाछुट्टै बयानमार्फत यस घोषणाको जानकारी दिएका छन् । यसले पश्चिम अफ्रिकी सैन्य सरकारहरू र अमेरिकी प्रशासनबीचको चिसो सम्बन्धमा नयाँ मोड ल्याएको छ ।
डिसेम्बर १६ मा राष्ट्रपति ट्रम्पले माली, बुर्किना फासो, नाइजर लगायत २० बढी देशमा आफ्नो अघिल्लो यात्रा प्रतिबन्ध विस्तार गरेको थियो । यस निर्णयलाई जुन्ताद्वारा सञ्चालित सशस्त्र सङ्गठन र पश्चिम अफ्रिकी राज्यहरूको आर्थिक समुदायबाट अलग भएको सङ्घ निर्माणसँग सम्बन्धित रहेको बताइएको छ ।
मालीको विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “पारस्परिकताको सिद्धान्तअनुसार तत्काल प्रभावबाट अमेरिकी नागरिकहरूमा मालीका नागरिकमाथि लागेका समान सर्त र आवश्यकताहरू लागू गरिनेछ ।”
बुर्किना फासोका विदेशमन्त्री कारामोको जीन–मेरी ट्राओरेद्वारा हस्ताक्षरित बयानमा पनि समान कारणले अमेरिकी नागरिकहरूको प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय स्पष्ट गरिएको छ ।
ह्वाइट हाउसले सशस्त्र समूहद्वारा भइरहेका निरन्तर आक्रमणहरूलाई यात्रा प्रतिबन्धको कारणको रूपमा उल्लेख गरेको छ । माली र बुर्किना फासो दुवै देशमा तीव्र गतिमा फैलिएका सशस्त्र समूहलाई नियन्त्रण गर्न सङ्घर्षरत छन् । यस क्षेत्रको असुरक्षाले नागरिक सरकारहरूलाई अपदस्थ गराएको र जुन्ताहरूले सशस्त्र समूहहरूसँग लड्ने वाचा गरेको उल्लेख विज्ञप्तिमा गरिएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - २०:०१
जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मधेश प...
पौष १६ गते, २०८२ - १९:४०
चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...
पौष १६ गते, २०८२ - १९:३४
बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...
पौष १६ गते, २०८२ - १९:२४
काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...
पौष १६ गते, २०८२ - १८:२८
काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...
पौष १६ गते, २०८२ - १८:२१
उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् । तीन...
पौष १६ गते, २०८२ - १८:१६
बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...
पौष १६ गते, २०८२ - १८:११
काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश दिइएको छ । बु...
पौष १६ गते, २०८२ - १८:०७
पोखरा । महँगीको वर्तमान समयमा कास्कीको माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई मात्र ३० रुपैयाँमा एक छाक पोसिलो खाना खुवाउँदै आए...
पौष १६ गते, २०८२ - १८:०५
म्याग्दी । यहाँको प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस वर्ष उत्पादन घटेको छ । सुन्तला खेती हुने जमिनको क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत...




प्रतिकृया लेख्नुहोस्: