Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

थाइल्यान्डद्वारा १८ जना कम्बोडियन सैनिक रिहा

खबरडबली संवाददाता

नोमपेन । दुई राष्ट्रहरू बिचको नयाँ युद्धविरामले उनीहरूको विवादित सीमामा लामो लडाइँ समाप्त भएको केही दिन पछि थाइल्यान्डले बुधबार १८ जना कम्बोडियन सैनिकहरूलाई युद्धबन्दीको रूपमा रिहा गरेको छ ।

दक्षिणपूर्वी एसियाली छिमेकीहरू बिचको पुरानो सीमा विवाद यस वर्ष धेरै पटक सैन्य झडपमा परिणत हुँदा डिसेम्बरमा पछिल्लो चरणको लडाइँमा दर्जनौं मानिस मारिए र दस लाख भन्दा बढी विस्थापित भए ।

कम्बोडियाको सरकारी टेलिभिजनले देखाएको भिडीयोमा रिहा भएका सैनिकहरू मध्ये केही मुस्कुराएका केहिले हात मिलाइएको र केहिले अङ्कमाल गर्दै सीमावर्ती प्रान्तमा बसको झ्यालबाट भीडलाई उत्साहित गर्न इशारा गरेको देखिएको छ ।

बन्दि सैनिकहरुका परिवारले परिवारको मिलनमा खुसी व्यक्त गर्दै भेट्ने प्रतीक्षा गरिरहेका छन् भने कम्बोडियाको रक्षा मन्त्रालयले १५५ दिनसम्म हिरासतमा राखिए पछि बुधबार १८ जना सैनिकलाई “रिहा गरी सुरक्षित रूपमा मातृभूमिमा फिर्ता गरिएको बताएको छ ।

थाइल्यान्डको विदेश मन्त्रालयले पनि उनीहरूको स्वदेश फिर्तीको पुष्टि गर्दै “सद्भावना र विश्वास प्रदर्शनको गरेको बताएको छ । दक्षिणपूर्वी एसियाली छिमेकीहरू शनिबार युद्धविरामका लागि सहमत भएसँगै झडपहरू–तोपखानाको बमबारी र हवाई आक्रमण बन्द भएको जनाइएको छ ।

द्वन्द्व उनीहरूको ८०० किलोमिटर सिमानाको औपनिवेशिक युगको सीमांकनलाई लिएर क्षेत्रीय विवादबाट उत्पन्न भएको हो, जहाँ दुवै पक्षले शताब्दीयौँ पुरानो मन्दिरका भग्नावशेषहरू दावी गरेका छन् । शनिबार हस्ताक्षर गरिएको युद्धविराम अन्तर्गत कम्बोडिया र थाइल्यान्डले युद्धविराम गर्ने, सेनाको गतिविधि रोक्ने र आफ्नो सीमामा सुरक्षा प्रयासमा सहयोग गर्ने वाचा गरेका छन् ।

उनीहरूले सीमावर्ती क्षेत्रबाट विस्थापित नागरिकहरूलाई लामो युद्धबाट सकेसम्म चाँडो घर फर्कन अनुमति दिन पनि सहमत भए, सहमती बमोजिम थाइल्यान्डले युद्धविराम पछि १८ जना बन्दी कम्बोडियन सैनिकहरूलाई ७२ घण्टा भित्र फिर्ता गर्नुपर्ने थियो ।

कम्बोडियाले जुलाई–२९ मा आफ्ना सैनिकहरूलाई थाई सेनाले कब्जा गरेको बताएको छ–युद्धविरामको लगभग आठ घण्टा पछि पाँच दिनको घातक झडपहरू रोकिएका जनाइएको छ ।

पाँच महिना पछि, थाइल्यान्डले कम्बोडियालाई आफ्नो इलाकामा २५० भन्दा बढी ड्रोन उडाएर सम्झौता उल्लङ्घन गरेको आरोप लगाए पछि, युद्धविराम समाप्त भएको थियो ।

बुधबार नोम पेन्हबाट कम्बोडियाका सूचना तथा सञ्चार मन्त्री नेथ फेक्ट्राले आफ्ना १८ वीर सैनिकहरू“ कम्बोडियाको भूमिमा फर्किएको पुष्टि गरेको छ ।

मानवीय पर्यवेक्षकका रूपमा सैनिकहरूको फिर्तीलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय रेड क्रस समिति (आइसीआरसी) ले उनीहरूको रिहाइलाई स्वागत गरेको छ ।

आईसीआरसीका अध्यक्ष मिर्जाना स्पोल्जारिकले विज्ञप्ति मार्फत उनीहरूको घर फिर्तिले परिवारहरूलाई पुनर्मिलन गर्न र दुई देशहरू बीच विश्वास निर्माण गर्न अनुमति दिइ “स्थायी शान्तिको मार्गलाई समर्थन गरेको बताएको छ ।

यस अघि संयुक्त राज्य अमेरिका, चीन र मलेसियाले जुलाईमा कम्बोडिया र थाइल्यान्डबिचको लडाइँ अन्त्य गर्न मध्यस्थता गरेको थियो, यद्देपी युद्धविराम भने अल्पकालीन थियो ।

अक्टोबरमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प छिमेकीहरूले आफ्नो युद्धविराम लम्ब्याउन सहमत भए पछि नयाँ व्यापार सम्झौताहरूको चर्चा गर्दै घोषणामा हस्ताक्षरको निरीक्षण गर्न मलेसिया गएको थियो ।

सम्झौताले थाइल्यान्डले कब्जा गरिएका कम्बोडियन सैनिकहरूलाई “युद्धको बन्दी“ भन्दै “तुरुन्तै रिहा“ गर्ने बताएको थियो । तर सीमामा गस्ती गर्दा थाई सैनिकहरू वारुती सुरुङमा घाइते भएपछि ब्याङ्ककले सम्झौता स्थगित गरेको थियो । दुई देश शनिबार लडाइँ रोक्न सहमत भए पनि उनीहरूले अझै पनि आफ्नो विवादित सीमाको सीमांकन समाधान गर्न आवश्यक रहेको जनाइएको छ ।

कम्बोडियाले सोमबार थाइल्यान्डलाई जनवरीको सुरुमा कम्बोडियामा हुने द्विपक्षीय बैठकमा सामेल हुन सर्वेक्षण र सीमांकन कार्यबारे छलफल गर्न र जारी राख्न“ आह्वान गरेको बताएको छ ।

तर थाइल्यान्डले फेब्रुअरीमा आम चुनाव सम्पन्न गरेपछि अर्को सरकारको लागि कार्य पर्खनु पर्ने हुन सक्ने मङ्गलबार बताएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मूल्य नपाउँदा सङ्कटमा पर्दै कुखुरापालक किसान

चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...

नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा पक्राउ

काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...

राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...

उदयपुरमा शीतलहरका कारण चिसो बढेपछि पाँच पालिकाका विद्यालय बन्द

उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् ।  तीन...

जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना फरार

बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...

लिचीबारी भ्रष्टाचार: पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने आदेश

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश दिइएको छ । बु...

विद्यार्थीलाई ३० रुपैयाँमा खाना

पोखरा । महँगीको वर्तमान समयमा कास्कीको माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई मात्र ३० रुपैयाँमा एक छाक पोसिलो खाना खुवाउँदै आए...

म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो

म्याग्दी । यहाँको प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस वर्ष उत्पादन घटेको छ । सुन्तला खेती हुने जमिनको क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत...

जोहरान ममदानी न्युयोर्कको मेयर

न्युयोर्क । अमेरिकी वामपन्थी युवा अग्रगामी जोहरान ममदानीले बुधबार न्युयोर्कको मेयर पदभार ग्रहण गर्न लागेका छन् । सन् २०२६ को मध्यरातमा ममदानीले संयुक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending