कैलाली । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज प्रदेश निर्वाचन कार्यालय धनगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
कार्यालयको निर्वाचन अधिकृत एवं कैलालीका जिल्ला न्यायाधीश भुवनसिंह थापा र कैलालीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले संयुक्तरुपमा उद्घाटन गरे । कार्यालय स्थापना भएसँगै राष्ट्रियसभा सदस्य निर्वाचनको प्रक्रिया सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस प्रदेशमा राष्ट्रियसभाका लागि दुई जनाको निर्वाचन हुन लागेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए । उनका अनुसार एक महिला र एक जना अन्यका लागि निर्वाचन हुनेछ । उनले यस प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २२७ मतदाता रहेका जानकारी दिए । त्यसमध्ये, १७५ स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र ५२ प्रदेशसभा सदस्य रहेका उनले जानकारी दिए ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल प्रदेश निर्वाचन कार्यालय धनगढीको परिसर कायम गरिएको र दुई मतदान केन्द्र रहने उनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - १९:४०
चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...
पौष १६ गते, २०८२ - १९:३४
बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...
पौष १६ गते, २०८२ - १९:२४
काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...
पौष १६ गते, २०८२ - १८:२८
काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...
पौष १६ गते, २०८२ - १८:२१
उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् । तीन...
पौष १६ गते, २०८२ - १८:१६
बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...
पौष १६ गते, २०८२ - १८:११
काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश दिइएको छ । बु...
पौष १६ गते, २०८२ - १८:०७
पोखरा । महँगीको वर्तमान समयमा कास्कीको माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई मात्र ३० रुपैयाँमा एक छाक पोसिलो खाना खुवाउँदै आए...
पौष १६ गते, २०८२ - १८:०५
म्याग्दी । यहाँको प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस वर्ष उत्पादन घटेको छ । सुन्तला खेती हुने जमिनको क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत...
पौष १६ गते, २०८२ - १८:०२
न्युयोर्क । अमेरिकी वामपन्थी युवा अग्रगामी जोहरान ममदानीले बुधबार न्युयोर्कको मेयर पदभार ग्रहण गर्न लागेका छन् । सन् २०२६ को मध्यरातमा ममदानीले संयुक्...




प्रतिकृया लेख्नुहोस्: