Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

ट्रयाक खुलेको १८ वर्षपछि बेनीको वैकल्पिक सडक स्तरोन्नति हुँदै

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरवाङ सडकको वैकल्पिक मार्गका रूपमा रहेको महारानीथान–छाप–डाँडाखेत–ठूलोखोला सडकको स्तरोन्नति कार्य सुरु भएको छ । बेनी नगरपालिकाले १८ वर्षअघि मार्ग खुलेको यो सडकलाई फराकिलो पार्ने, नाली र पर्खाल निर्माण गर्ने तथा कालोपत्र र ढलान गर्ने प्रक्रिया अघि बढाएको हो ।

१ करोड ६१ लाख रुपैयाँ लागत अनुमान गरिएको यस योजनाका लागि १ करोड १५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको शङ्कर निर्माण सेवाले अहिले कार्यक्षेत्रमा डोजर परिचालन गरी काम थालेको छ । आगामी जेठ १५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको यो योजनाअन्तर्गत टुनीखर्क खण्डमा ३५० मिटर प्रिमिक्स कालोपत्र र ४०० मिटर ढलान गरिने बेनी नगरपालिकाका सिनियर सबइन्जिनियर कमल थापाले जानकारी दिए ।

योजनाअन्तर्गत सडकको चौडाइ ६ मिटर पुर्‍याइनेछ भने पक्की नाला र पर्खाल समेत निर्माण हुनेछ । आर्थिक वर्ष २०६४/६५ मा ट्रयाक खोलिएको यो सडकले बेनी नगरपालिकाका वडा नम्बर ७, ६, ५ र ४ लाई जोड्नुका साथै पश्चिम म्याग्दीका तीनवटा स्थानीय तह पुग्ने सवारीसाधनका लागि सहज विकल्प दिनेछ ।

बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णसिंह बानियाका अनुसार यो सडकलाई नगरपालिकाले गौरवको आयोजनाका रूपमा प्राथमिकता दिएको छ । विगत चार वर्षदेखि विभिन्न खण्डमा स्तरोन्नति हुँदै आएको यस मार्गको कतिपय खण्डमा कालोपत्र भइसकेको छ । यद्यपि, अघिल्लो आर्थिक वर्षमा छाप क्षेत्रमा भएको कालोपत्र गुणस्तरीय नभएपछि निर्माण व्यवसायीको धरौटी रोक्का गरेर मापदण्ड अनुसार काम गराउन पहल भइरहेको वडा अध्यक्ष बानियाले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

५२ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची (नामसहित)

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् ।  ...

सद्भाव र समुन्नत समाज निर्माण जुट्नु पर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...

धनकुटामा सडेको अवस्थामा शव फेला

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...

इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु

जकार्ता । इन्डोनेसियाको सुलावेसी टापूको मानाडो शहरमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्थानीय दम...

अन्तरिक्ष अनुसन्धानमा इरानको नयाँ कदम

तेहरान । इरानले कृषि तथा वातावरणीय अध्ययनका लागि स्वदेशमै निर्माण गरिएका तीन उपग्रहलाई रुसबाट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यस प्रक्ष...

मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु, ९८ जना घाइते

मेक्सिको । मेक्सिकोको सेलिना क्रुज–कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १३ ज...

नेकपासहित नाै दलले बुझाए समानुपातिक उम्मेदवारको सूची

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (सोमबार) साँझ ५ बजेसम्म ९ दलले समानुपातिक उम्मेदवारको सूची बुझाएका छन् । निर्वाचन आयोगले समानुप...

रूसद्वारा ५२ उपग्रहको सफल प्रक्षेपण

भ्लाडिभोस्टक । रूसको अन्तरिक्ष निकाय रोस्कोसमोसका अनुसार सोमबार सोयुज रकेटमार्फत ५२ वटा उपग्रह सफलतापूर्वक आफ्नो निर्धारित कक्षमा प्रक्षेपित भएका छन् ...

गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित

गाजा । गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र एक महिलाको ज्यान गएको छ । स्थानीय नागरिक सुरक्षा निकायका अनुसार सात वर्षीय बालक इनारमा खसेर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending