काठमाडाैँ । इजरायलले दक्षिणी क्षेत्रमा रहेको आशालिम ऊर्जा स्टेशनमा ब्याट्रीसहितको नयाँ सौर्य ऊर्जा केन्द्र निर्माण गर्ने भएको छ । यो केन्द्र राष्ट्रिय विद्युत् जालमा करिब ८० मेगावाट विद्युत् आपूर्ति गर्न सक्षम हुनेछ भने जडित सौर्य प्यानलको क्षमता १५० मेगावाट रहेको छ ।
साथै, केन्द्रमा करिब ४०० मेगावाट–घण्टा विद्युत् सञ्चयन गर्न सक्ने ब्याट्री प्रणाली स्थापना गरिनेछ, जसले दिनको समयमा उत्पादित विद्युत् राति वा विद्युत् माग उच्च हुने समयमा प्रयोग गर्न सजिलो बनाउनेछ ।
सरकारले सन् २०३० सम्म देशको ३० प्रतिशत विद्युत् आवश्यकताका लागि नवीकरणीय ऊर्जा स्रोत प्रयोग गर्ने लक्ष्य राखेको छ । यस परियोजनाले प्रदूषण कम गर्ने र स्वच्छ ऊर्जा प्रवद्र्धन गर्नेमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
परियोजना पूरा भएपछि आशालिम क्षेत्रमा कार्यान्वयन हुने नवीकरणीय ऊर्जा परियोजनाले इजरायलको विद्युत् क्षेत्रमा ८०० मेगावाटभन्दा बढी विद्युत् आपूर्ति गर्ने अपेक्षा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १९:२१
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् । ...
पौष १४ गते, २०८२ - १९:१३
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...
पौष १४ गते, २०८२ - १९:०८
बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...
पौष १४ गते, २०८२ - १९:००
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...
पौष १४ गते, २०८२ - १८:०६
जकार्ता । इन्डोनेसियाको सुलावेसी टापूको मानाडो शहरमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्थानीय दम...
पौष १४ गते, २०८२ - १८:०३
तेहरान । इरानले कृषि तथा वातावरणीय अध्ययनका लागि स्वदेशमै निर्माण गरिएका तीन उपग्रहलाई रुसबाट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यस प्रक्ष...
पौष १४ गते, २०८२ - १७:५९
मेक्सिको । मेक्सिकोको सेलिना क्रुज–कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १३ ज...
पौष १४ गते, २०८२ - १७:५७
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (सोमबार) साँझ ५ बजेसम्म ९ दलले समानुपातिक उम्मेदवारको सूची बुझाएका छन् । निर्वाचन आयोगले समानुप...
पौष १४ गते, २०८२ - १७:५३
भ्लाडिभोस्टक । रूसको अन्तरिक्ष निकाय रोस्कोसमोसका अनुसार सोमबार सोयुज रकेटमार्फत ५२ वटा उपग्रह सफलतापूर्वक आफ्नो निर्धारित कक्षमा प्रक्षेपित भएका छन् ...
पौष १४ गते, २०८२ - १७:५०
गाजा । गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र एक महिलाको ज्यान गएको छ । स्थानीय नागरिक सुरक्षा निकायका अनुसार सात वर्षीय बालक इनारमा खसेर...




प्रतिकृया लेख्नुहोस्: