काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फका उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगको सोमबार बसेको बैठकले निर्वाचन क्षेत्रअनुसार फरक–फरक खर्च सीमा निर्धारण गरेको हो ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार देशभरका ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रमध्ये भौगोलिक अवस्था, मतदाता संख्या र पहुँचका आधारमा खर्च सीमा फरक–फरक राखिएको छ ।
आयोगले प्रत्यक्षतर्फका उम्मेदवारले कम्तीमा २५ लाखदेखि बढीमा ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ ।
आयोगका अनुसार अधिकतम २५ लाख रुपैयाँ खर्च सीमा तोकिएका निर्वाचन क्षेत्रहरूमा काठमाडौं–१, काठमाडौं–३, काठमाडौं–६, काठमाडौं–७ र काठमाडौं–८ रहेका छन् ।
यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि राजनीतिक दलले गर्न पाउने खर्चको सीमा निर्धारण गरिएको छ । दलहरूले पेश गरेको बन्दसूचीमा सूचीकृत उम्मेदवारको संख्याका आधारमा प्रति उम्मेदवार अधिकतम २ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।
आयोगले स्पष्ट पारेअनुसार निर्वाचन खर्चअन्तर्गत मतदाता नामावली खरिद, सवारी साधन प्रयोग, प्रचार–प्रसार सामग्री, ढुवानी, गोष्ठी तथा अन्तरक्रिया, छापा एवं विद्युतीय सञ्चारमाध्यम, सामाजिक सञ्जाल, कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका शीर्षकमा खर्च गर्न सकिनेछ ।
निर्वाचन आयोगले तोकेको खर्च सीमाभन्दा बढी खर्च गरेको पाइएमा कानुनी कारबाही हुने चेतावनी पनि दिएको छ ।





यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - २०:२५
काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...
पौष १४ गते, २०८२ - २०:२०
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...
पौष १४ गते, २०८२ - २०:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...
पौष १४ गते, २०८२ - १९:५७
काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...
पौष १४ गते, २०८२ - १९:५१
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...
पौष १४ गते, २०८२ - १९:२८
मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...
पौष १४ गते, २०८२ - १९:२१
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् । ...
पौष १४ गते, २०८२ - १९:१३
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...
पौष १४ गते, २०८२ - १९:०८
बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...
पौष १४ गते, २०८२ - १९:००
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...




प्रतिकृया लेख्नुहोस्: