सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मङ्गलबार विज्ञप्ति जारी गर्दै घट्नामा संलग्न भएको आशङ्कामा मृतककी सासू ५९ वर्षीया मायारानी बम्जन र नन्द ३५ वर्षीया मीना लामा (बम्जन) लाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको जनाएको छ । पक्राउ परेका दुबै जनाले आइतबार ९पुस ६ गते० दिउँसो अन्दाजी साढे ४ बजे घरको भान्सा कोठामा मृतकको शरीरमा पेट्रोल छर्की आगो लगाई हत्या गरेको बताइएको छ ।
कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार घटनास्थल शङ्कास्पद देखिएकाले सोही दिन तत्काल मृतककी सासू मायारानी र नन्द मीनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका बुवा हरिहरपुरगढी गाउँपालिका–४ निवासी प्रेमबहादुर घिसिङले सोमबार पक्राउ परेका प्रतिवादीको नाममा किटानी जाहेरी दर्ता गराएको छन् ।
‘उक्त जाहेरी ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा शीर्षकमा मुद्दा दर्ता गरिएको र पक्राउ परेका प्रतिवादीलाई जिल्ला अदालतबाट सोमबार नै पाँच दिनको म्याद थप लिई घटनाको अनुसन्धान भइरहेको छ’ उनले भने, ‘प्रारम्भिक सोधपुछको क्रममा पक्राउ परेकी मीनाले मृतक सुशीलालाई पेट्रोल छर्की आगो लगाएको बताएकी छन् ।’
कार्यालयका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घटनास्थलबाट पेट्रोलसहितको दुई बोतल पेट्रोल, जलेको अवस्थामा रहेको बोतलमा पिधमा पेट्रोल, लाइटर र बाँसको भाटामा सल बेरी राखेको अवस्थामा राँको ९पुल्ठो० समेत फेला परेको छ ।
उक्त घटनामा मृतकका ससुरा ६२ वर्षीय दुर्गामान बम्जनसमेत आगोको लप्काले भेटेर दाहिने हात, दाहिने खुट्टा र ढाड जलेर घाइते भएको र उनलाई सिन्धुली अस्पतालमा उपचारपछि थप उपचारका लागि कीर्तिपुर बर्न अस्पतालमा लगिएको छ ।
सुशीलाका ७ वर्षका तिम्ल्याहा दुई छोरा र एक छोरी छन् । बोर्डिङ्बाट छोराछोरी घरमा आएर खाजा खाएपछि बच्चाहरूलाई ट्युसन पुर्याएर सुशीला घर फर्किएपछि उक्त घटना भएको पाइएको छ ।
मृतक सुशीलाका आफन्त र स्थानीयले मङ्गलबार सुशीलाको न्याय र घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा घेराउ गरी दबाब दिएका छन् । शरीरमा पेट्रोल छर्केर आगो लगाएर मार्न थालेपछि सुशीलाले चिच्याएर बचाउन हारगुहार गरेको सुनेपछि स्थानीयहरू घरमा आउँदा गेटमा ताल्चा लगाएको, कोठामा आगो लगाइएको, नन्द मीना घरको गल्लीमा उभिइरहेको र आगो दनदनी बलिरहेको स्थानीय बताउँछन् ।
स्थानीयका अनुसार सुसुरा, सासू र नन्दले सुशीलालाई पाँच वर्षभन्दा बढी समयदेखि विभिन्न बहानामा निरन्तर मानसिक, शारीरिक यातना दिँदै आएको बताइएको छ । पछिल्लो दुई महिनादेखि नन्द मीनाले सुशीलालाई घर छोडेर नगए मार्छु भन्दै निरन्तर धम्की दिएको खुलेको छ । मृतकका श्रीमान् सूर्य बम्जन भने हाल वैदेशिक रोजगारीका सिलसिलामा कोरियामा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १७:२३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदले गरेको हस्ताक्षर सर्वोच्च अदालतमा दर्ता भएको छ। ...
पौष ८ गते, २०८२ - १६:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...
पौष ८ गते, २०८२ - १६:३३
काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...
पौष ८ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...




प्रतिकृया लेख्नुहोस्: