Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

रूसी सम्पत्ति प्रयोगमा इयुको निर्णायक शिखर सम्मेलन

खबरडबली संवाददाता

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) का नेताहरू युक्रेनलाई सहयोग गर्न फ्रिज भएको रूसी सम्पत्तिहरू प्रयोग गर्ने विषयमा निर्णायक मानिएको शिखर सम्मेलनका लागि बिहीबार ब्रसेल्समा भेला भएका छन् । यस बैठकमा मुख्य रूपमा बेल्जियमको आपत्तिलाई सम्बोधन गर्दै सहमति जुटाउने प्रयास केन्द्रमा रहनेछ ।

रूस–युक्रेन युद्ध चौथो वर्षमा प्रवेश गर्न लाग्दा र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि छिटो सम्झौतामा जोड दिँदै आएको सन्दर्भमा २७ सदस्यीय इयु ब्लकले युक्रेनको स्थिति बलियो बनाउन खोजिरहेको छ । अधिकारीहरूले युक्रेनको अस्तित्व र युरोपको विश्वसनीयता दुवै दाउमा रहेको भन्दै वार्ता अन्तिम क्षणसम्म चल्न सक्ने बताएका छन् ।

जर्मनीका चान्सलर फ्रेडरिक मेर्जले यस हप्ता चेतावनी दिँदै भने, “यदि हामी यसमा असफल भयौँ भने इयुको कार्य गर्ने क्षमतामा वर्षौंसम्म गम्भीर क्षति पुग्नेछ ।” उनले यसलाई युरोपका लागि ऐतिहासिक क्षणको परीक्षा भएको उल्लेख गरे ।

इयुको अनुमानअनुसार राष्ट्रपति भोलोदिमर जेलेन्स्की नेतृत्वको युक्रेनलाई आगामी दुई वर्षसम्म टिकिरहन थप करिब एक खर्ब ३५ अर्ब युरो आवश्यक छ र अप्रिलदेखि नगद सङ्कट सुरु हुन सक्ने अवस्था छ । यस खाडललाई कम गर्न युरोपेली आयोगले रूसी केन्द्रीय बैंकको करिब दुई खर्ब १० अर्ब युरो बराबरका फ्रिज भएका सम्पत्तिहरू प्रयोग गर्ने योजना अघि सारेको छ ।

प्रस्तावित योजनाअन्तर्गत पहिलो चरणमा दुई वर्षभित्र युक्रेनलाई करिब ९० अर्ब युरो उपलब्ध गराइनेछ । यो एक नयाँ वित्तीय संयन्त्र हो, जसमा ती कोषहरू इयुलाई ऋणका रूपमा दिइने र इयुले त्यसलाई युक्रेनलाई ऋणस्वरूप उपलब्ध गराउने व्यवस्था गरिएको छ । क्रेमलिनले युद्धबाट भएको क्षतिको क्षतिपूर्ति तिरेपछि मात्र युक्रेनले ती ‘क्षतिपूर्ति ऋण’ फिर्ता गर्ने अवधारणा अघि सारिएको छ ।

तर यो योजनामा बेल्जियम सबैभन्दा ठूलो अवरोध बनेको छ । बेल्जियममा रहेको अन्तर्राष्ट्रिय निक्षेप संस्था युरोक्लियरमा रूसी सम्पत्तिको ठूलो हिस्सा सुरक्षित भएकाले मस्कोबाट सम्भावित कानूनी र वित्तीय प्रतिशोधको डर उसले व्यक्त गर्दै आएको छ । रुसले युरोक्लियरविरुद्ध मुद्दा हाल्ने घोषणा गरिसकेको छ ।

यसै कारण बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभरमाथि शिखर सम्मेलनमा विशेष दबाब रहनेछ । अधिकांश इयु सदस्य राष्ट्रहरूले योजनालाई समर्थन गरे पनि डे वेभरले जोखिम न्यूनीकरणका लागि असीमित ग्यारेन्टी र अन्य देशहरूमा फ्रिज भएका रूसी सम्पत्तिहरू पनि प्रयोग गर्नुपर्ने अडान राखेका छन् ।

इयु अधिकारीहरूका अनुसार बेल्जियमको चिन्तालाई सम्बोधन गर्न बहुस्तरीय सुरक्षा उपाय र सदस्य राष्ट्रहरूको ग्यारेन्टी प्रस्ताव गरिएको छ । यद्यपि सैद्धान्तिक रूपमा भारित बहुमत प्रयोग गरेर बेल्जियमको आपत्ति बेवास्ता गर्न सकिए पनि त्यसलाई ‘अन्तिम विकल्प’ का रूपमा मात्र हेरिएको छ । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले ‘यस्ता जटिल निर्णय जबर्जस्ती गर्न नसकिने’ टिप्पणी गरेका छन् ।

आयोगसँग वैकल्पिक योजना पनि छ, जसअन्तर्गत इयुले आफ्नै स्रोतबाट युक्रेनलाई ऋण उपलब्ध गराउने व्यवस्था समावेश छ । तर यसका लागि सबै २७ सदस्य राष्ट्रको सर्वसम्मति आवश्यक पर्ने भएकाले हङ्गेरीको विरोधका कारण यो योजना हाल स्थगित अवस्थामा छ । यद्यपि बेल्जियम यस विकल्पलाई पुनर्जीवित गर्न इच्छुक देखिएको छ ।

यसबीच, युद्ध अन्त्यका लागि अमेरिकाको कूटनीतिक प्रयास पनि इयु छलफलको पृष्ठभूमिमा छ । ह्वाइट हाउसका अनुसार अमेरिकी र रूसी अधिकारीहरू यस सप्ताहन्तमा मियामीमा भेट्ने तयारीमा छन् । अमेरिकी पक्षबाट स्टिभ विटकफ र जारेड कुसनर सहभागी हुने अपेक्षा गरिएको छ भने रूसी पक्षबाट किरिल दिमित्रीभ रहने पक्का भएको छ ।

युक्रेनले भने वासिङ्टनले इयुलाई रूसी सम्पत्ति प्रयोग नगर्न दबाब दिएको आरोप लगाएको छ तर इयुका अधिकारीहरूले यसलाई अस्वीकार गर्दै शान्ति प्रयासकै कारण कोष प्रयोगको आवश्यकता अझ स्पष्ट भएको बताउँछन् ।

युक्रेनसँग सीमित समय मात्र बाँकी रहेको भन्दै कूटनीतिज्ञहरूले यस शिखर सम्मेलनबाट कुनै न कुनै सहमति निस्कने विश्वास व्यक्त गरेका छन् । “हामीले समाधान खोज्नै पर्छ”, एक इयु कूटनीतिज्ञले भने, “नेताहरू बिना निर्णय बैठक टुङ्ग्याउँछन् भन्नेमा म अचम्मित हुनेछु ।” रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE