Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

तेल नाकाबन्दी अस्वीकार गर्दै भेनेजुएला

खबरडबली संवाददाता

काराकास । भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको सम्भावित तेल नाकाबन्दीको कडा अवहेलना गर्दै आफ्नो कच्चा तेल निर्यातमा कुनै असर नपरेको दाबी गरेको छ । बुधबार काराकासले सार्वजनिक प्रतिक्रिया दिँदै तेल व्यापार सामान्य रूपमा जारी रहेको स्पष्ट पारेको हो ।

मङ्गलबार ट्रम्पले भेनेजुएलाबाट भित्र–बाहिर हुने सबै तेल ट्याङ्करहरूलाई लक्षित गर्दै ‘पूर्ण र सम्पूर्ण अवरोध’ लगाएको घोषणा गरेको थियो । यो कदमलाई अधिनायकवादी वामपन्थी राष्ट्रपति निकोलस मदुरोविरुद्ध महिनौँदेखि चलिरहेको सैन्य तथा आर्थिक दबाब अभियानको पछिल्लो कडीका रूपमा हेरिएको छ ।

विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको भेनेजुएलाले भने यस्तो घोषणाले आफूलाई नछोएको बताएको छ । राज्य स्वामित्वको तेल कम्पनी पेट्रोलिओस डे भेनेजुएला (पिडिभिएसए) ले विज्ञप्ति जारी गर्दै ‘कच्चा तेल तथा उप–उत्पादनको निर्यात सञ्चालन पूर्ण रूपमा सामान्य अवस्थामा छ र कम्पनीसँग सम्बन्धित ट्याङ्करहरू सुरक्षित रूपमा यात्रा गरिरहेका छन्’ भनी जानकारी दिएको छ ।

ट्रम्पले क्यारिबियन क्षेत्रमा रहेको भारी अमेरिकी सैन्य उपस्थितिको उल्लेख गर्दै भेनेजुएला ‘दक्षिण अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो नौसैनिक घेराबन्दीमा परेको’ चेतावनी दिएको थियो । बुधबार पुनः उनले अमेरिकी सेनाले कसैलाई पनि भेनेजुएलाभित्र पस्न नदिने दोहोर्‍याए र भेनेजुएलाले ‘हाम्रो सबै तेल लिएको’ आरोप लगाए । उनले भेनेजुएलाको तेल उद्योग राष्ट्रियकरणप्रति सङ्केत गर्दै अमेरिका आफ्नो ऊर्जा अधिकार फिर्ता चाहने धारणा व्यक्त गरेको हो ।

यसैबीच राष्ट्रपति मदुरोले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग टेलिफोन वार्ता गरी वासिङ्टनबाट आएका ‘खतराहरूको वृद्धि’ र त्यसले क्षेत्रीय शान्तिमा पार्न सक्ने प्रभावबारे छलफल गरेको छ । महासचिव गुटेरेसले दुवै पक्षलाई संयम अपनाउन र तनाव कम गर्न आग्रह गरेको छ ।

भेनेजुएलाको अर्थतन्त्र मुख्यतः पेट्रोलियम निर्यातमा निर्भर छ । ट्रम्पको दबाब अभियानको उद्देश्य मदुरोको आन्तरिक समर्थन कमजोर पार्नु रहेको विश्लेषकहरू बताउँछन् । तर भेनेजुएलाको सेनाले आफूहरू यस्तो धम्कीबाट ‘डराएका छैनौँ’ भन्ने प्रतिक्रिया दिएको छ ।

भेनेजुएलाको तेलको प्रमुख बजार चीनले पनि काराकासलाई समर्थन जनाएको छ । चिनियाँ विदेशमन्त्रीले आफ्ना भेनेजुएलाली समकक्ष यवन गिलसँग फोनवार्ता गर्दै सबै एकपक्षीय धम्कीको विरोध गर्ने र सबै देशको सार्वभौमिकताको रक्षा गर्न समर्थन जनाउने बताएको छ ।

गत हप्ता एम÷टी स्किपर नामक जहाज अमेरिकी कारबाहीमा कब्जा भएपछि मदुरोविरुद्धको दबाब झनै तीव्र भएको मानिन्छ । अगस्टमा ट्रम्पले क्यारिबियन क्षेत्रमा सन् १९८९ पछि सबैभन्दा ठूलो अमेरिकी सैन्य तैनाथीको आदेश दिएको थियो, जसलाई औपचारिक रूपमा लागुऔषध तस्करीविरुद्धको कदम भनिए पनि भेनेजुएलालाई लक्षित गरिएको आरोप काराकासले लगाउँदै आएको छ ।

क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा भएका यस्ता अमेरिकी कारबाहीमा कम्तीमा ९९ जनाको ज्यान गइसकेको छ, पछिल्लो आक्रमणमा मात्र चार जनाको मृत्यु भएको बताइएको छ । काराकासले यी अपरेसनहरू मदुरोलाई हटाउने र भेनेजुएलाको तेल नियन्त्रणमा लिने प्रयासको आवरण भएको दाबी गरेको छ ।

बढ्दो तनावका बीच सम्भावित अमेरिकी हस्तक्षेपको डर पनि चुलिँदै गएको छ । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले संयुक्त राष्ट्रसङ्घको भूमिका कमजोर देखिएको टिप्पणी गर्दै ‘कुनै पनि रक्तपात रोक्न’ अन्तर्राष्ट्रिय पहल आवश्यक रहेको बताएको छ ।

अमेरिकी नाकाबन्दीले भेनेजुएलाको कमजोर अर्थतन्त्रलाई गहिरो असर पारेको इतिहास छ । सन् २०१९ देखि अमेरिकी तेल प्रतिबन्ध झेल्दै आएको भेनेजुएलाले आफ्नो तेल कालो बजारमा निकै सस्तो मूल्यमा, मुख्यतः एसियाली मुलुकहरूमा बेच्नुपरेको छ । हाल देशले प्रतिदिन करिब १० लाख ब्यारेल तेल उत्पादन गर्छ । यो उत्पादन सन् २००० को सुरुआततिरको उत्पादनभन्दा धेरै कम हो ।

विश्लेषकहरूका अनुसार यो नयाँ नाकाबन्दीले छोटो अवधिमा भेनेजुएलाको अर्थतन्त्रको ‘मुख्य जीवनरेखा काट्न सक्ने’ खतरा बोकेको छ र मध्यम अवधिको प्रभाव अमेरिका–भेनेजुएला सम्बन्ध कतातर्फ जान्छ भन्नेमा निर्भर रहनेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending