Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

श्रीलङ्काको चक्रवात पुनर्निर्माणमा ठुलो बजेट

खबरडबली संवाददाता

कोलम्बो । श्रीलङ्काको सरकारले सन् २०२६ मा ६४० भन्दा बढी नागरिकको ज्यान लिएको विनाशकारी चक्रवात दितवाहबाट देशलाई पुनःउठाउन करिब एक अर्ब ६० करोड अमेरिकी डलर बराबरको अतिरिक्त खर्च गर्ने योजना सार्वजनिक गरेको छ । 

बिहीबार सरकारले संसद्मा प्रस्तुत गरेको यो प्रस्तावलाई हालसम्मकै सबैभन्दा ठूलो विपद्–पुनर्निर्माण पहलका रूपमा हेरिएको छ । उक्त प्राकृतिक प्रकोपले करिब २३ लाख मानिसलाई प्रत्यक्ष रूपमा असर गरेको थियो । यो सङ्ख्या श्रीलङ्काको कुल जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी हो । चक्रवातका कारण आएको भीषण वर्षा, बाढी र भूस्खलनले देशका विभिन्न भागमा घर, सडक, पुल, रेलमार्ग र कृषि भूमिमा व्यापक क्षति पुर्‍याएको थियो ।

राष्ट्रपति अनुरा कुमारा दिसानायकले यस विपद्लाई टापु राष्ट्रले सामना गरेको सबैभन्दा चुनौतीपूर्ण प्राकृतिक प्रकोपमध्ये एक भएको उल्लेख गर्दै त्यसबारे छलफल गर्न सरकारले एक महिनाको संसदीय अवकाश बीचमै तोडेर बिहीबार संसद् अधिवेशन बोलाएको हो ।

राष्ट्रपति दिसानायकले संसद्मा ध्वस्त आवास, सडक, पुल तथा रेल्वे संरचनाको पुनर्निर्माणका साथै प्रभावित नागरिकलाई गुमेको जीविकोपार्जन पुनःस्थापित गर्न नगद सहायता उपलब्ध गराउन थप पाँच खर्ब श्रीलङ्काली रुपैयाँ (करिब एक अर्ब ६६ करोड अमेरिकी डलर) विनियोजन गर्न प्रस्ताव गरे ।

“सन् २०२६ का लागि नियमित सरकारी खर्चमा छुट्याइएको बजेट बाहेक विपद् राहत र पुनर्निर्माणका लागि थप पाँच खर्ब रुपैयाँ अनिवार्य रूपमा आवश्यक छ”, राष्ट्रपति दिसानायकले सांसदहरूलाई सम्बोधन गर्दै भने ।

उनको नेतृत्वमा रहेको दलको दुई तिहाइभन्दा बढी बहुमत रहेको राष्ट्रियसभाले शुक्रबार मिनी बजेट पारित गर्ने अपेक्षा गरिएको छ । यद्यपि राष्ट्रपति दिसानायकले यो अतिरिक्त खर्च पूरा गर्न सरकार आफ्नो ऋण सीमा बढाउने पक्षमा नरहेको स्पष्ट पारेको छ ।

यसअघि नै उहाँले पुनर्निर्माणका लागि विदेशी अनुदान र सहायतामा बढी भर पर्ने नीति लिएको बताएको थियो । यही सन्दर्भमा अर्थ मन्त्रालयले बुधबार आगामी महिनाको सुरुआतमा अन्तर्राष्ट्रिय दाता सम्मेलन आयोजना गरिने घोषणा गरेको छ ।

सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग द्रुत राहत कोषअन्तर्गत २० करोड अमेरिकी डलर सहयोग माग गरेको छ । त्यस्तै, विपद् पुनःप्राप्ति खर्चका लागि विश्व बैंकसँग चलिरहेका परियोजनाबाट १२ करोड डलर पुनः प्रयोग गर्ने सहमति पनि भइसकेको छ ।

यसै साता, मङ्गलबार श्रीलङ्काले एसियाली विकास बैंक (एडिबी) बाट पानी व्यवस्थापन परियोजनाका लागि २० करोड डलर ऋण प्राप्त गरेको छ । यो चक्रवातपछिको पहिलो ठूलो अन्तर्राष्ट्रिय वित्तीय सहयोग हो । अर्थ मन्त्रालयका अनुसार उक्त रकम गत महिना बाढीबाट सबैभन्दा बढी प्रभावित उत्तर–मध्य प्रान्तमा नहर सञ्जाल पूरा गर्न प्रयोग गरिनेछ ।

“यस परियोजनाको मुख्य उद्देश्य उत्तर–मध्य प्रान्तमा कृषि उत्पादनशीलता बढाउनु, किसानको आम्दानी सुधार गर्नु र जलवायु परिवर्तनप्रति क्षेत्रको लचिलोपन मजबुत बनाउनु हो”, अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विश्व बैंकले हाल चक्रवातबाट भएको कुल क्षतिको विस्तृत मूल्याङ्कन गरिरहेको जनाएको छ । यद्यपि कोलम्बोस्थित अधिकारीहरूले प्रारम्भिक अनुमानअनुसार देशको पुनर्निर्माणका लागि करिब सात अर्ब अमेरिकी डलरसम्म आवश्यक पर्न सक्ने बताएका छन् ।

उल्लेखनीय कुरा के छ भने सन् २०२२ मा खाद्यान्न, इन्धन र औषधिजस्ता अत्यावश्यक वस्तु आयात गर्न आवश्यक विदेशी मुद्रा भण्डार समाप्त भएपछि श्रीलङ्का गहिरो आर्थिक सङ्कटमा फसेको थियो । त्यही कठिन परिस्थितिबाट देश बिस्तारै उकासिँदै गरेको बेला चक्रवात दितवाहले थप चुनौती थपेको हो ।

तर सन् २०२३ को सुरुआतमा आइएमएफले दुई अर्ब ९० करोड अमेरिकी डलरको बेलआउट प्याकेज स्वीकृत गरेपछि श्रीलङ्काको अर्थतन्त्र क्रमशः स्थिर हुँदै गएको छ । सरकारको भनाइमा यही आर्थिक स्थिरताको आधारमा अब देशले विपद् पुनर्निर्माण र दीर्घकालीन विकास दुवैलाई सँगसँगै अघि बढाउने लक्ष्य लिएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE