Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

श्रीलङ्काको चक्रवात पुनर्निर्माणमा ठुलो बजेट

खबरडबली संवाददाता

कोलम्बो । श्रीलङ्काको सरकारले सन् २०२६ मा ६४० भन्दा बढी नागरिकको ज्यान लिएको विनाशकारी चक्रवात दितवाहबाट देशलाई पुनःउठाउन करिब एक अर्ब ६० करोड अमेरिकी डलर बराबरको अतिरिक्त खर्च गर्ने योजना सार्वजनिक गरेको छ । 

बिहीबार सरकारले संसद्मा प्रस्तुत गरेको यो प्रस्तावलाई हालसम्मकै सबैभन्दा ठूलो विपद्–पुनर्निर्माण पहलका रूपमा हेरिएको छ । उक्त प्राकृतिक प्रकोपले करिब २३ लाख मानिसलाई प्रत्यक्ष रूपमा असर गरेको थियो । यो सङ्ख्या श्रीलङ्काको कुल जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी हो । चक्रवातका कारण आएको भीषण वर्षा, बाढी र भूस्खलनले देशका विभिन्न भागमा घर, सडक, पुल, रेलमार्ग र कृषि भूमिमा व्यापक क्षति पुर्‍याएको थियो ।

राष्ट्रपति अनुरा कुमारा दिसानायकले यस विपद्लाई टापु राष्ट्रले सामना गरेको सबैभन्दा चुनौतीपूर्ण प्राकृतिक प्रकोपमध्ये एक भएको उल्लेख गर्दै त्यसबारे छलफल गर्न सरकारले एक महिनाको संसदीय अवकाश बीचमै तोडेर बिहीबार संसद् अधिवेशन बोलाएको हो ।

राष्ट्रपति दिसानायकले संसद्मा ध्वस्त आवास, सडक, पुल तथा रेल्वे संरचनाको पुनर्निर्माणका साथै प्रभावित नागरिकलाई गुमेको जीविकोपार्जन पुनःस्थापित गर्न नगद सहायता उपलब्ध गराउन थप पाँच खर्ब श्रीलङ्काली रुपैयाँ (करिब एक अर्ब ६६ करोड अमेरिकी डलर) विनियोजन गर्न प्रस्ताव गरे ।

“सन् २०२६ का लागि नियमित सरकारी खर्चमा छुट्याइएको बजेट बाहेक विपद् राहत र पुनर्निर्माणका लागि थप पाँच खर्ब रुपैयाँ अनिवार्य रूपमा आवश्यक छ”, राष्ट्रपति दिसानायकले सांसदहरूलाई सम्बोधन गर्दै भने ।

उनको नेतृत्वमा रहेको दलको दुई तिहाइभन्दा बढी बहुमत रहेको राष्ट्रियसभाले शुक्रबार मिनी बजेट पारित गर्ने अपेक्षा गरिएको छ । यद्यपि राष्ट्रपति दिसानायकले यो अतिरिक्त खर्च पूरा गर्न सरकार आफ्नो ऋण सीमा बढाउने पक्षमा नरहेको स्पष्ट पारेको छ ।

यसअघि नै उहाँले पुनर्निर्माणका लागि विदेशी अनुदान र सहायतामा बढी भर पर्ने नीति लिएको बताएको थियो । यही सन्दर्भमा अर्थ मन्त्रालयले बुधबार आगामी महिनाको सुरुआतमा अन्तर्राष्ट्रिय दाता सम्मेलन आयोजना गरिने घोषणा गरेको छ ।

सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग द्रुत राहत कोषअन्तर्गत २० करोड अमेरिकी डलर सहयोग माग गरेको छ । त्यस्तै, विपद् पुनःप्राप्ति खर्चका लागि विश्व बैंकसँग चलिरहेका परियोजनाबाट १२ करोड डलर पुनः प्रयोग गर्ने सहमति पनि भइसकेको छ ।

यसै साता, मङ्गलबार श्रीलङ्काले एसियाली विकास बैंक (एडिबी) बाट पानी व्यवस्थापन परियोजनाका लागि २० करोड डलर ऋण प्राप्त गरेको छ । यो चक्रवातपछिको पहिलो ठूलो अन्तर्राष्ट्रिय वित्तीय सहयोग हो । अर्थ मन्त्रालयका अनुसार उक्त रकम गत महिना बाढीबाट सबैभन्दा बढी प्रभावित उत्तर–मध्य प्रान्तमा नहर सञ्जाल पूरा गर्न प्रयोग गरिनेछ ।

“यस परियोजनाको मुख्य उद्देश्य उत्तर–मध्य प्रान्तमा कृषि उत्पादनशीलता बढाउनु, किसानको आम्दानी सुधार गर्नु र जलवायु परिवर्तनप्रति क्षेत्रको लचिलोपन मजबुत बनाउनु हो”, अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विश्व बैंकले हाल चक्रवातबाट भएको कुल क्षतिको विस्तृत मूल्याङ्कन गरिरहेको जनाएको छ । यद्यपि कोलम्बोस्थित अधिकारीहरूले प्रारम्भिक अनुमानअनुसार देशको पुनर्निर्माणका लागि करिब सात अर्ब अमेरिकी डलरसम्म आवश्यक पर्न सक्ने बताएका छन् ।

उल्लेखनीय कुरा के छ भने सन् २०२२ मा खाद्यान्न, इन्धन र औषधिजस्ता अत्यावश्यक वस्तु आयात गर्न आवश्यक विदेशी मुद्रा भण्डार समाप्त भएपछि श्रीलङ्का गहिरो आर्थिक सङ्कटमा फसेको थियो । त्यही कठिन परिस्थितिबाट देश बिस्तारै उकासिँदै गरेको बेला चक्रवात दितवाहले थप चुनौती थपेको हो ।

तर सन् २०२३ को सुरुआतमा आइएमएफले दुई अर्ब ९० करोड अमेरिकी डलरको बेलआउट प्याकेज स्वीकृत गरेपछि श्रीलङ्काको अर्थतन्त्र क्रमशः स्थिर हुँदै गएको छ । सरकारको भनाइमा यही आर्थिक स्थिरताको आधारमा अब देशले विपद् पुनर्निर्माण र दीर्घकालीन विकास दुवैलाई सँगसँगै अघि बढाउने लक्ष्य लिएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...

निर्वाचित एमालेकाे पहिलाे बैठक भाेलि बस्ने

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending