काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ।
बुधबारदेखि सुरु भएको मतदान बिहीबार बिहान सम्पन्न भएसँगै मतगणना भइरहेको हो। केन्द्रीय निर्वाचन आयोगका अनुसार गणना सुरु भएको करिब तीन घण्टाभित्र प्रारम्भिक परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ।
अहिलेसम्मको मतपरिणाम अनुसार अधिकांश पदमा केपी शर्मा ओली नेतृत्वको प्यानलले वर्चश्व कायम गरेको छ। अध्यक्ष पदमा केपी शर्मा ओली र महासचिव पदमा शंकर पोखरेलले सुरुदेखि नै अग्रता लिइरहेका छन्।
पछिल्लो विवरण अनुसार अध्यक्षमा केपी शर्मा ओलीले ८४३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मत पाएका छन्। महासचिव पदमा शंकर पोखरेलले ६१३ मत ल्याउँदा सुरेन्द्र पाण्डेले ५२६ मत प्राप्त गरेका छन्।
उपाध्यक्ष पदमा पनि ओली प्यानलकै उम्मेदवारहरू अगाडि देखिएका छन्। उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ अग्रस्थानमा छन् भने दोस्रो स्थानमा विष्णु प्रसाद पौडेल र तेस्रो स्थानमा रामबहादुर थापा रहेका छन्। यी सबै ओली प्यानलका उम्मेदवार हुन्।
उपमहासचिव पदमा ओली प्यानलबाट लेखराज भट्ट र रघुवीर महासेठले अग्रता बनाएका छन् भने ईश्वर पोखरेल प्यानलबाट उम्मेदवार बनेका योगेश भट्टराई तेस्रो स्थानमा छन्।
सचिव पदमा महेश बस्नेत, छविलाल विश्वकर्मा, पद्मा कुमारी अर्याल र शेरधन राई अगाडि देखिएका छन्। यी सबै ओली प्यानलबाट उम्मेदवार बनेका हुन्।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - १४:३६
काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिनिधिसभा...
चैत्र १२ गते, २०८२ - १४:२६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आजको प्रतिनिधिसभा सदस्य पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा उपस्...
चैत्र १२ गते, २०८२ - १४:०६
नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा तातो हावा ‘लु’ पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धित गतिविधिको बारेमा उच्च स्तरीय अनुगमन तथा अवलोकन गरिएक...
चैत्र १२ गते, २०८२ - १३:५१
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज अपराह्न २:०० बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अ...
चैत्र १२ गते, २०८२ - १३:४०
बङ्गलादेश। बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु हु्नुका साथै धेरै घाइते भएको अधिकारीहले बताएका छन् । प्रहरी निरीक्षक रसेल मोल्लालाई उदृत ग...
चैत्र १२ गते, २०८२ - १३:२७
काठमाडौँ । प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ ग्रहण गरेलगत्तै नेकपा एमालेका सांसदहरूलाई पार्टी केन्द्रीय कार्यालय च्यासल बोलाइएको छ। पार्टीको प्रचार स...
चैत्र १२ गते, २०८२ - १३:१६
काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा भदौ २३ र २४ मा तत्कालीन प्रहरी उच्च अधिकारी र सरकारी पदाधिकारीबीच भएको फोन सम्पर्कको विवरण आयोगको प्रतिवेदनमा समावे...
चैत्र १२ गते, २०८२ - १३:०२
चितवन । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलेका मध्ये मालपोत कार्यालय भरतपुरका आठ हजार नयाँ श्रेस्ता कायम गरिएको छ । यकिन तथ्याङ्क नभए पनि ...
चैत्र १२ गते, २०८२ - १२:४१
पेरिस। मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण तीव्र भइरहेका छन् भने अर्कोतिर कूटनीतिक पहल अस्पष्ट र विरोधाभासी देखिएका छ...
चैत्र १२ गते, २०८२ - १२:३५
काठमाडौँ । तारकेश्वरस्थित शेषमती कोरिडोर क्षेत्रमा निर्माण गरिएका अनाधिकृत संरचना हटाइएको छ। खोला अतिक्रमण गरी बनाइएका टहरा तथा अन्य संरचना हटाउन य...


प्रतिकृया लेख्नुहोस्: