याङ्गुन । म्यान्माको सैन्य जुन्ताले बुधबार सेनाद्वारा सञ्चालित आगामी चुनावलाई ‘अवरोध’ गरेको आरोपमा २०० भन्दा बढी व्यक्तिमाथि मुद्दा चलाउने तयारी भइरहेको जानकारी दिएको छ । उक्त कारबाही त्यही कानूनअन्तर्गत अघि बढाइँदैछ, जसलाई मानवअधिकार पर्यवेक्षकहरूले असहमति र आलोचना दमन गर्ने उद्देश्यले ल्याइएको बताएका छन् ।
सैन्य सरकारले डिसेम्बर २८ देखि चरणबद्ध रूपमा सुरु हुने चुनावलाई म्यान्मामा मेलमिलापतर्फको एक महत्त्वपूर्ण कदमका रूपमा प्रस्तुत गर्दै आएको छ । सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि देश गृहयुद्धको चपेटामा पर्दै आएको छ र त्यसयता राजनीतिक तथा सुरक्षा अवस्था अत्यन्तै अस्थिर बनेको छ ।
तर विपक्षी समूहहरूको नियन्त्रणमा रहेका धेरै क्षेत्रमा मतदान अवरुद्ध हुने तयारी भइरहेको बताइएको छ । यसै कारण प्रमुख अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले यो चुनावलाई सैन्य शासनलाई निरन्तरता दिने बहानाका रूपमा मात्र प्रयोग गरिएको भन्दै अस्वीकार गरिरहेका छन् ।
जुन्ताले गत जुलाईमा चुनावलाई ‘अवरोध, बाधा र विनाश’ बाट जोगाउने नाममा नयाँ कानून ल्याएको थियो । उक्त कानूनअनुसार चुनावको आलोचना गर्ने, विरोध गर्ने वा मतदान प्रक्रियामा अवरोध पु¥याउने आरोप लागेका व्यक्तिलाई १० वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।
राज्य सञ्चार माध्यमका अनुसार जुन्ताका गृहमन्त्री तुन तुन नौङले ‘निर्वाचन प्रक्रियालाई तोडफोड गर्ने प्रयास गरेको आरोपमा’ सोही कानूनअन्तर्गत हालसम्म कुल २२९ जनालाई अभियोजनका लागि पछ्याइँदै आएको जानकारी दिएका छन् । उनको भनाइले सैन्य सरकारले चुनावका नाममा असहमति र विरोधलाई अझ कडाइका साथ नियन्त्रण गर्न खोजिरहेको सङ्केत दिएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: