याङ्गुन । म्यान्माको सैन्य जुन्ताले बुधबार सेनाद्वारा सञ्चालित आगामी चुनावलाई ‘अवरोध’ गरेको आरोपमा २०० भन्दा बढी व्यक्तिमाथि मुद्दा चलाउने तयारी भइरहेको जानकारी दिएको छ । उक्त कारबाही त्यही कानूनअन्तर्गत अघि बढाइँदैछ, जसलाई मानवअधिकार पर्यवेक्षकहरूले असहमति र आलोचना दमन गर्ने उद्देश्यले ल्याइएको बताएका छन् ।
सैन्य सरकारले डिसेम्बर २८ देखि चरणबद्ध रूपमा सुरु हुने चुनावलाई म्यान्मामा मेलमिलापतर्फको एक महत्त्वपूर्ण कदमका रूपमा प्रस्तुत गर्दै आएको छ । सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि देश गृहयुद्धको चपेटामा पर्दै आएको छ र त्यसयता राजनीतिक तथा सुरक्षा अवस्था अत्यन्तै अस्थिर बनेको छ ।
तर विपक्षी समूहहरूको नियन्त्रणमा रहेका धेरै क्षेत्रमा मतदान अवरुद्ध हुने तयारी भइरहेको बताइएको छ । यसै कारण प्रमुख अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले यो चुनावलाई सैन्य शासनलाई निरन्तरता दिने बहानाका रूपमा मात्र प्रयोग गरिएको भन्दै अस्वीकार गरिरहेका छन् ।
जुन्ताले गत जुलाईमा चुनावलाई ‘अवरोध, बाधा र विनाश’ बाट जोगाउने नाममा नयाँ कानून ल्याएको थियो । उक्त कानूनअनुसार चुनावको आलोचना गर्ने, विरोध गर्ने वा मतदान प्रक्रियामा अवरोध पु¥याउने आरोप लागेका व्यक्तिलाई १० वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।
राज्य सञ्चार माध्यमका अनुसार जुन्ताका गृहमन्त्री तुन तुन नौङले ‘निर्वाचन प्रक्रियालाई तोडफोड गर्ने प्रयास गरेको आरोपमा’ सोही कानूनअन्तर्गत हालसम्म कुल २२९ जनालाई अभियोजनका लागि पछ्याइँदै आएको जानकारी दिएका छन् । उनको भनाइले सैन्य सरकारले चुनावका नाममा असहमति र विरोधलाई अझ कडाइका साथ नियन्त्रण गर्न खोजिरहेको सङ्केत दिएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: