Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस जारी

खबरडबली संवाददाता

काठमाडौँ । भक्तपुरको नलिन्चोकमा निर्माण भएको हेलिपोर्टसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीको थुनछेक बहस विशेष अदालतमा जारी छ। न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा बहस सञ्चालन भइरहेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे १३ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा गत बुधबार अधिकारीसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको थियो। उनीहरूलाई हेलिपोर्ट निर्माणका क्रममा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुर्‍याएको आरोप छ।

अख्तियारले अधिकारीसहित ६ जना व्यक्तिलाई प्रतिवादी बनाउँदै परामर्शदाता कम्पनी र त्यसका सञ्चालकहरूमाथि पनि मुद्दा दायर गरेको छ। साढे १७ करोड लागत अनुमानमा निर्माण गरिएको हेलिपोर्ट हालसम्म पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलोमिटर पूर्वमा रहेको उक्त हेलिपोर्टलाई ०८१ असार ७ गते व्यावसायिक सञ्चालनका लागि खोलिएको थियो।

अख्तियारका अनुसार स्थान अनुपयुक्त, असुरक्षित र सञ्चालनयोग्य नभएको अवस्थामा लाभ–लागत विश्लेषणविना अस्वाभाविक रूपमा रकम खर्च गरी आयोजना अघि बढाइएको छ। कानुनी प्रक्रिया नपालेको, बदनियतपूर्ण रूपमा काम अघि बढाएको तथा अनेकौं प्रक्रियागत त्रुटि भएको ठहर अख्तियारले गरेको छ। उद्देश्यअनुरूप हेलिपोर्ट सञ्चालनमा नआएकाले सार्वजनिक सम्पत्तिको दुरुपयोग प्रमाणित भएको आयोगको निष्कर्ष छ।

मुद्दामा प्रतिवादी बनाइएकामध्ये महानिर्देशक अधिकारी र तत्कालीन निर्देशक मुरारी भण्डारीलाई अख्तियारले पक्राउ गरी अदालतमा उपस्थित गराइसकेको छ। प्राधिकरणका प्रबन्धक नलविक्रम थापा, उपप्रबन्धक इन्जिनियर सवृद्धि श्रेष्ठ, परामर्शदाता गुरुदत्त अधिकारी, अभियन्त्र कन्सल्टिङ प्रालि तथा उक्त कम्पनीका तत्कालीन सञ्चालक विजय थापा पनि प्रतिवादी छन्।

सबै प्रतिवादीविरुद्ध जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बराबरको संयुक्त बिगो दाबी गरिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारले चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौं । सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको मन्...

महेश बस्नेतलाई पक्राउ अनुमति दिन जिल्ला अदालतले गर्याे अस्वीकार

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ अनुमति दिन जिल्ला अदालतले अस्वीकार गरेको छ। धादिङकी शोभा पाठकले पहिल्यै दर्ता गरिएको तामेली मुद...

ओलीलाई रिहा गर्न अदालतको अस्वीकार, कारण देखाऊ आदेश जारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बन्दी प्रत्यक्षीकरणमा छोड्न अदालतले अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाध...

छात्रावृत्ति रकम हिनामिना गरेको आरोपमा प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। जुम्लाको तातोपानी गाउँपालिका वडा नं. १ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर महतसहित तीन जनाविरुद्ध छात्रावृत्ति...

यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ

काठमाडौं । यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले उ...

अध्यक्ष ओलीलाई तत्काल रिहाइ गर्न प्रधानमन्त्रीसँग एमाले सांसदहरुको माग

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग ग...

ज्यान मार्ने धम्की दिनेमाथी हर्क साम्पाङले दिए प्रहरी साइबर ब्युरोमा उजुरी

काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूमाथि ज्यान मार्ने धम्की आएको भन्दै नेपाल प्रहरी साइबर ब्युरोमा उजुरी दिएका छन्। साम्पा...

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। आजको बैठक बालेन शाह नेतृत्वमा बसेको दोस्रो ब...

ओलीको स्वास्थ्य अवस्था बुझ्न महाराजगञ्ज पुगिन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छिन् । त्रिभुवन विश्वव...

अर्थ मन्त्रालयले एकैपटक गर्याे ३० उपसचिवको सरुवा

काठमाडौं । अर्थ मन्त्रालय ले एकैपटक ३० जना उपसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयका अनुसार अर्थमा कार्यरत उपसचिवहरूलाई भन्सार विभाग, आन्तरिक राजस्व विभा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending