मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रमा भइरहेको राजमार्ग विस्तारका कारण प्रभावित भएका घरधनी तथा व्यवसायीलाई लक्षित गर्दै ९ बुँदे विशेष निर्णय सार्वजनिक गरेको छ। आइतबार बसेको उपमहानगरपालिकाको ७६औँ कार्यपालिका बैठकले सडक विस्तारका कारण विस्थापित व्यवसायीदेखि घरधनीसम्मलाई समेट्ने गरी सहुलियत तथा सहजीकरणका व्यवस्था गर्ने निर्णय गरेको हो।
उपमहानगरका प्रवक्ता सविन न्यौपानेका अनुसार उपमहानगरले प्रभावित नागरिकका समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्दै तत्काल लागू गर्न सकिने तथा केन्द्र सरकारसँग समन्वय आवश्यक पर्ने गरी विभिन्न उपाय तय गरेको छ।
सहुलियत ऋण र कर छुटका व्यवस्था
सडक विस्तारका क्रममा घर भत्किएका घरधनीलाई पुन: घर निर्माणका लागि आवश्यक रकम सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयमार्फत नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय गरिएको छ।
त्यस्तै, विस्तारका कारण व्यवसाय सञ्चालन गर्न नसकेका विस्थापित व्यवसायीको लगत सङ्कलन गरी पुन: व्यवसाय सुरु नगरेसम्म व्यवसाय कर छुट दिने प्रस्ताव नगर सभामा पेस गरिने भएको छ।
नक्सा पास दस्तुर छुट र छिटो सेवा
प्रभावित क्षेत्रमा पुन: निर्माण गरिने घरका लागि २००० वर्गफिटसम्म नक्सा पास दस्तुर छुट दिने प्रस्ताव प्रस्तुत गरिनेछ।
भवन निर्माण प्रक्रिया सहज बनाउन ‘फास्ट–ट्रयाक’ विधि अपनाइने र प्राविधिक सहयोगसहित नक्सा पासका सेवाहरू द्रुतगतिमा उपलब्ध गराइने उपमहानगरले जनाएको छ।
त्यस्तै, निर्माण सामग्री सुलभ मूल्यमा उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गरिनेछ।
घरवारविहीनको पहिचान र आवास सहजीकरण
सडक विस्तारका कारण जग्गाको अंश नरही अन्यत्र पनि घर–जग्गा नभएकाहरू ९पूर्ण रूपमा घरवारविहीन० को विवरण वडा कार्यालयमार्फत सङ्कलन गरिनेछ।
मालपोत कार्यालयसँग विवरण जाँच गरी वास्तविक घरवारविहीनलाई आयोजनामार्फत आवास व्यवस्था गर्न उपमहानगरले सहजीकरण गर्ने निर्णय गरेको छ।
नमूना घर मोडल र पर्यटकीय राजमार्गको पहल
सडक विस्तारपछि बन्ने संरचनाहरूलाई व्यवस्थित र सुन्दर बनाउने उद्देश्यले हेटौंडाको पहिचान झल्किने ‘नमूना घर मोडल’ तयार गरिनेछ। सोही मोडल अनुसार घर निर्माण गर्न उपमहानगरले सहजीकरण गर्ने बताएको छ।
यसबाहेक, हेटौंडा उपमहानगर हुँदै जाने त्रिभुवन राजपथलाई ‘पर्यटकीय राजमार्ग’ का रूपमा सञ्चालन गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।
सहयोगी पक्षप्रति धन्यवाद
उपमहानगरले सडक विस्तार कार्यमा सहयोग गरेको भन्दै घरधनी, व्यवसायी तथा आम नागरिकलाई धन्यवाद व्यक्त गरेको छ। साथै, मकवानपुर उद्योग वाणिज्य संघलगायत सरोकारवालासँग समन्वय गरी बजार व्यवस्थापन तथा व्यवसाय निरन्तरताका लागि आवश्यक पहल गर्ने उपमहानगरले स्पष्ट गरेको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८३ - १८:०१
किन्शासा। कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारी उच्च सतर्कतामा पुगेका छन् । अफ्रिका सीडीसीका अनुसार ...
जेष्ठ १ गते, २०८३ - १७:४९
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सात प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु मधेस प्रदेश मा देखिएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार मधेस प्रदेशको बेरु...
जेष्ठ १ गते, २०८३ - १७:२२
काठमाडौं ।रास्वपा सांसद केपी खनाल ले विद्युत् उपयोग गरेर ग्रीन हाइड्रोजन प्रविधिमार्फत स्वदेशमै रासायनिक मल उत्पादन गर्न सरकार अघि बढ्नुपर्ने बताएका छ...
जेष्ठ १ गते, २०८३ - १७:०७
काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ। तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्...
जेष्ठ १ गते, २०८३ - १६:४९
काठमाडौं । सरकारी अस्पताल तथा स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि र स्वास्थ्य सामग्री म्याद नाघेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको पाइएको छ। ...
जेष्ठ १ गते, २०८३ - १६:३१
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या ८ मा सीमित गर्ने तयारी अघि बढाएको छ। हाल प्रदेशमा १२ वटा मन्त्रालय रहेका छन्। ...
जेष्ठ १ गते, २०८३ - १६:०५
काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि जापानका राजदूत माएडा तोरुले शिष्टाचार भेटवार्ता गरेको छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्ष...
जेष्ठ १ गते, २०८३ - १५:५५
काठमाडौँ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी प्रतिनिधिहरूसँग आज गर्न लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात...
जेष्ठ १ गते, २०८३ - १५:४९
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जा...
जेष्ठ १ गते, २०८३ - १५:३५
प्युठान । प्युठान–दाङ सडकखण्डअन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। लुप्र ०२–००१...



प्रतिकृया लेख्नुहोस्: