तनहुँ । तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यस वर्ष करिब दुई करोड रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका छन्। सदरमुकाम दमौलीबाट सात किलोमिटर दूरीमा रहेको यो गाउँ अहिले सुन्तला टिप्न र मिलाउनमै व्यस्त देखिन्छ।
किसान फलबहादुर थापाका अनुसार उनले मात्र यो वर्ष १६ लाख ५० हजार रुपैयाँको सुन्तला बिक्री गरेका छन्। सिद्धबेनी माध्यमिक विद्यालयका पूर्व शिक्षक थापाले सुन्तला खेती गाउँको मुख्य आम्दानी स्रोत बनेको बताउँदै कुल कारोबार करिब दुई करोड रुपैयाँ पुगेको जानकारी दिए।
स्थानीय किसान कालबहादुर रानाले चार लाख रुपैयाँको सुन्तला बेचेको बताए। उत्पादन बिक्रीमा समस्या नपरेको उल्लेख गर्दै उनले भने, “ठेकेदार नै गाउँमै आइपुग्छन्। मोलमोलाइपछि बोटैका हिसाबले फल किन्ने, टिप्ने र ढुवानी गर्ने सबै काम ठेकदारले गर्छन्।”
मनसिंह थापाले सुन्तला खेती अन्य खेतीभन्दा सहज र बढी आम्दानी दिने भएकोले किसान यसतिर आकर्षित हुँदै गएको बताए। उनले यो वर्ष दुई लाख १० हजार मूल्यको सुन्तला बिक्री गरेका छन्। “मङ्सिरभरि हामीलाई सुन्तला बेच्नै भ्याइन्न,” थापाले भने।
यद्यपि भिरालो सडक र स्तरोन्नति नहुनु बेनीकोटका किसानहरूको प्रमुख चुनौती बनेको छ। व्यवसायी लेखबहादुर थापाका अनुसार जोखिमपूर्ण बाटोका कारण ढुवानीमा कठिनाइ भइरहे पनि दैनिक पाँच गाडीभरि सुन्तला बजार पुर्याइन्छ।
बेनीकोटका प्रत्येक किसानसँग २० देखि ८०० बोटसम्म सुन्तलाका बिरुवा छन्। यहाँको उत्पादन काठमाडौँ, चितवन, पोखरा लगायतका बजारमा पुग्ने गरेको छ। मङ्सिर महिना धान भित्र्याउने समय भए पनि बेनीकोटका किसानका लागि भने यो मुख्य आम्दानी दिने सुन्तला टिप्ने र बेच्ने व्यस्त मौसम हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...



प्रतिकृया लेख्नुहोस्: