Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

सर्वाेच्चकाे २४ घण्टे परमादेशपछि मधेसमा सत्ता उथलपुथल

एमालेको नेतृत्व जोगिने सम्भावना अन्त्य

खबरडबली संवाददाता

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले दिएको परमादेश सार्वजनिक भएपछि प्रदेशको राजनीतिक वृत्त अचानक तातेको छ। आदेश जारी भएका क्षणदेखि नै सत्ता–विपक्ष दुवै पक्ष बहुमत आफ्ना पक्षमा मोड्ने कसरतमा तीव्र रूपमा जुटेका छन्।

नेपाली कांग्रेससहित सात दलले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले मुख्यमन्त्री यादवले समयसीमा भित्र विश्वासको मत लिन नसके संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न प्रदेश प्रमुखलाई परमादेश दिएको हो।

यादव नेतृत्व टिक्ने सम्भावना क्षीण

हालको अंकगणित हेर्दा यादवले आवश्यक ५४ मत जुटाउन सक्ने अवस्था अत्यन्त कमजोर देखिएको छ। एमालेसँग २५ सांसद भए पनि एक निलम्बित छन्। नेपाल संघीय समाजवादी र राप्रपाका एक–एक सांसद समर्थनमा देखिए पनि राप्रपाले आफ्ना मन्त्री कञ्चन बिच्छामाथि कारबाही अघि बढाइसकेकाले स्थिति जटिल बनेको छ।

विपक्षी सातदलीय मोर्चा – कांग्रेस (२२), जसपा नेपाल (१८), जनमत पार्टी (१३), माओवादी केन्द्र (९), लोसपा (८), एकीकृत समाजवादी (७) र नागरिक उन्मुक्ति पार्टी (१) – गरी दुई तिहाइ नजिकको शक्ति आर्जन गरिसकेकाले नयाँ सरकार गठन उनीहरूका लागि सहज देखिएको छ।

मुख्यमन्त्रीकै स्वीकारोक्ति : विश्वासको मत गाह्रो

सर्वोच्चको आदेशपछि मुख्यमन्त्री यादवले स्वयं पनि बहुमत प्राप्त गर्ने सम्भावना कमजोर भएको संकेत दिएका छन्।
“यदि प्रक्रिया उपधारा (५) मा गएको भए स्थिति फरक हुन्थ्यो, तर अदालतले उपधारा (२) मा जान भनेपछि अब सबै विकल्प खुला छन्,” यादवले प्रतिक्रिया दिएका छन्।

असंवैधानिक प्रक्रिया बहसले प्रमुख र सभामुख दुवै गुमे

यसअघि एमालेले सबैभन्दा ठूलो दलको हैसियतमा धारा १६८(३) अनुसार सरकार गठन गर्दा प्रदेश प्रमुख र सभामुख दुबैले समर्थन गरेको आरोप विपक्षले लगाएको थियो। यही प्रक्रिया ‘असंवैधानिक’ भएको भन्दै सातदलीय गठबन्धन सर्वोच्च पुगेपछि दुवै पदबाट हटाइएका थिए।

एमालेको नेतृत्व जोगिने सम्भावना अन्त्य

विश्वासको मत प्राप्त गर्न असफल भएसँगै मुख्यमन्त्री यादवको पद जाने लगभग निश्चित देखिएको छ। त्यसपछि प्रदेशमा नयाँ राजनीतिक समीकरणमा आधारित सरकार गठन हुने वातावरण बनिसकेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगन थापा मुलुकको नेतृत्वका लागि तयारः उपसभापति शर्मा

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापालाई मुलुकको नेतृत्वका लागि तयार रहेको स्पष्ट पारेका छन्। झापा–१ मा...

वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना, निर्वाचनअघि शक्ति प्रदर्शन कि लोकतान्त्रिक चुनौती ?

काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...

विघटन मुद्दा चुनावअघि सुनुवाइ हुने सम्भावना न्यून

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...

रुकुम पश्चिममा एचपिभी खोप अभियान: १,८०० बालिका लाभान्वित हुने

रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...

डिभीका लागि नक्कली प्रमाणपत्र बनाउने गिरोहका ७ पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...

१० दिनदेखि ग्यास संकट: उपभोक्ता भौँतारिँदा निकायको आश्वासन

कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...

म सत्ताको भागबन्डा र पुराना नेताहरूको भिडमा छैनँ : प्रचण्ड

  काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...

निर्वाचनपछि संसद बैठक नयाँ भवनबाट सञ्चालन हुने

काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...

अधुरा योजना पूरा गर्ने एजेन्डासहित पाल्पा–२ मा सोमप्रसाद पाण्डे

रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...

सुर्खेतमा नक्कली परीक्षार्थीमार्फत लोकसेवा परीक्षा—१२ जना पक्राउ

सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE