Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

एमाले सल्यानमा महाधिवेशन प्रतिनिधि छनौटः सहमतिको बाटो र वास्तविकताहरू

गणेशमान सिंह
गणेशमान सिंह

नेकपा एमालेको राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा देशभरका संरचनाहरू प्रतिनिधि छनौटमा लागे । सल्यान जिल्लामा पनि यही प्रक्रिया हामीले पूरा ग¥यौँ । यस सन्दर्भमा सामाजिक सञ्जालमा आएका टिप्पणी र बाहिरी टीकाटिप्पणीलाई हेर्दा वास्तविकता माथि आधारित यस प्रक्रियाको स्वतन्त्र र स्पष्ट विवरण राख्नु उचित ठानेका छौँ । किनकी भ्रम नफैलियोस् र तथ्य सही रूपमा जनतासमक्ष प्रस्तुत होस् भन्ने हाम्रो चाहना हो ।

सल्यानमा अहिले करिब चार हजारभन्दा बढी संगठित सदस्य हुनुहुन्छ । तर हामीलाई आठ जना मात्र प्रतिनिधि पठाउने अनुमति थियो । यति धेरै सदस्य, विविध पृष्ठभूमि, फरक विचार, फरक अपेक्षा भएका सयौँ जिम्मेवार साथीहरूबीच आठ जना मात्र छान्नु सामान्य काम होइन । अझ त्यसमा करिब तीन सय साथीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रतिनिधि बन्न चाहने अवस्था थियो । यस्तो परिस्थितिमा कसैमाथि अन्याय नहोस्, कसैको योगदान बेवास्ता नहोस्, र सबैलाई सम्मान दिने वातावरण बनोस् भन्ने सोच नै मुख्य थियो ।

मंसिर ९ गते बसेको जिल्ला कमिटीको सातौँ पूर्ण बैठकमा सबैभन्दा पहिले निर्वाचनमा जाने कि सहमतिबाट छान्ने भन्ने विषय खुलेर उठ्यो । कुनै एक साथीले पनि “चुनाव गरौँ” भनेर आग्रह गर्नुभएन । सबैले विगतमा चुनाव गर्दा मनोविज्ञानमा परेको असर सम्झिनुभयो, एकता प्रक्रियाको संवेदनशीलता बताउनुभयो र यसपालि पनि सहमतियुक्त, सबैलाई समेट्ने शैलीमा अघि बढ्नुपर्छ भन्नुभयो । हिजो जिल्ला अधिवेशनमा चुनाव गरि आउँदा सहज भएको छैन फेरि संगठित सदस्यहरु माझ चुनाव गरेर प्रतिनिधि छान्नुपर्दा गम्भीर असर पर्छ भन्ने तर्कका साथ कुनै एकजनाले पनि चुनावी माध्यमबाट जाउँ भन्नुभएन । बरु उहाँले नवौं महाधिवेशनमा जाँदा प्रतिनिधिको चुनाव गर्दा विभाजन भोग्यौँ, पीडा छ भन्नुभयो । कतिले त त्यो बेला एक क्षेत्रका हारेका साथीहरू छैनन्, अर्को क्षेत्रका जितेका साथीहरू छैनन भनेर इतिहास भन्नुभयो । यसरी अनेक साथीहरुले अनेक तर्क गर्दै चुनाव नगर्ने तर सबै पक्षलाई समेट्ने, सबै पालिका÷भूगोलबाट पर्नेगरी छान्नुपर्छ भन्ने निष्कर्ष थियोे ।

त्यसपछि जिल्ला इन्चार्ज, जिल्ला नेतृत्व र प्रदेश कमिटी सदस्यहरू सम्मिलित संयोजन समिति बनाइयो । समितिलाई १३ गतेभित्र प्रतिनिधि टुंग्याउने जिम्मेवारी थियो ।

यस समितिले दिनभरि र रातभरि नै साथीहरूका चाहना, योग्यताहरू, जिम्मेवारी, भूगोल, आन्दोलन पृष्ठभूमि, समावेशी प्रतिनिधित्व, महिला–दलित–युवा उपस्थिति, र प्रदेश समितिका बाध्यताहरू सबैलाई मिलाएर हेर्नुप¥यो । दार्मा, शिद्धकुमाख, छत्रेश्वरी, त्रिवेणी, कपुरकोट, कालिमाटी, कुमाख र बागचौर यी सबै पालिकालाई समेट्नै पर्ने अवस्था थियो । प्रदेश समितिबाट आएका सुझाव र बाध्यताहरू बेग्लै थिए । महिला पक्ष, दलित पक्ष, भर्खरै समायोजन भएर आएका साथीहरूको भावना सबै संवेदनशील थिए । हरेक घटकलाई सम्मान गर्दै प्रतिनिधि छनौट गर्नु चुनौतीपूर्ण भए पनि सम्भव थियो र अन्ततः सम्भव भयो ।

म मेरो कुरा पनि स्पष्ट राख्न चाहन्छु । म पनि प्रतिनिधि बन्न चाहन्थें । यो कुरा लुकाउनु कुनै अर्थ छैन । तर मैले कसैलाई दवाब दिएर होइन, कसैलाई हटाएर त झन् होइन । मेरो आफ्नै पालिका (दार्मा) का सचिवालय सदस्य, अध्यक्ष र जिल्ला कमिटीका जिम्मेवार साथीहरूले मंसिर ९ गतेकै बैठककक्ष बाहिर निकालेर, संयुक्त रूपमा “तपाईं दार्माबाट जाने प्रतिनिधि हुनुहुन्छ” भनेर सिफारिस गर्नुभयो । मैले सोही दिन धन्यवाद दिँदै अध्यक्ष कमरेडलाई जानकारी गराउन भनेको थिएँ । त्यसपछि मेरो नाम समेटिएको हो । यसमा कुनै पनि प्रकारको व्यक्तिगत हस्तक्षेप, दबाब वा पछाडिबाट गरेको चलखेल छैन ।

यस्तै बागचौर नगरपालिकाबाट प्रदेश कमिटी सदस्य घनश्याम शर्मा । उहाँ प्रदेश कमिटी सदस्यहरु बिचको व्यापक छलफलबाट चुनिनु भएको हो । छलफलमा उपस्थित सबै प्रदेश कमरेडहरुको उहाँको नाममा सहमति हामी सबैका अगाडि गर्नुभएको भएको हो ।

शिद्धकुमाख गाउँपालिकाबाट जिल्ला कमिटी सचिव पुष्पा बोहरा । उहाँ महिला कोटाबाट पर्नुभएको हो । यद्यपि उहाँ हामी सबैको सामुन्ने यदि प्रदेश कमिटी सदस्य जितबहादुर चलाउने जानुहुन्छ भने म जान्न । तर उहाँले नजाने भन्नुहुन्छ भन्दै हामी सबैको अगाडिबाट प्रदेश कमिटी सदस्य जितबहादुर चलाउनेलाई फोन गर्नुभएको हो । फोनमा जित बहादुर चलाउनेले म यतिबेला घरायसी समस्याले जान सक्दिन तपाईं जानुहोस् भनेर उल्लेख गर्नुभयो ।

यसैगरी छत्रेश्वरी गाउँपालिकाबाट जिल्ला कमिटी उपाध्यक्ष ओज बहादुर बुढाथोकी । उहाँ यसभन्दा अगाडिको पार्टीको दशौँ महाधिवेशनमा नगएको अन्तिम समयमा अरुलाई समर्थन गरेको तर यो महाधिवेशनमा जाने इच्छा राख्दा स्वाभाविक सबैको समर्थन थियोे । यद्यपि उहाँको बारेमा छत्रेश्वरी गाउँ कमिटी अध्यक्षले नै हाम्रो पालिकाबाट उहाँ नै सर्वसम्मत हो भन्ने धारणा जिल्ला कमिटीको सातौं पूर्ण बैठकमा भनिसक्नु भएको थियोे ।

त्रिवेणी गाउँपालिकाबाट जिल्ला सचिवालय सदस्य भिउसेन नेपाली । उहाँ भर्खरै समायोजनबाट आएको र दलित तर्फको कोटापनि पर्ने हुँदा उहाँ त्यो आधारमा चुनिनु भयो । कपुरकोटबाट जिल्ला कमिटी अध्यक्ष भिमबहादुर सेन । पार्टीको अध्यक्षलाई नै महाधिवेशनमा नजाने भनेर कसैले भन्ने अवस्था पनि भएन र सर्वसम्मत रुपमै स्वतः चुनिनुभयो ।

यसैगरी  कालिमाटी गाउँपालिकाबाट जिल्ला कमिटी उपसचिव सनसिल्ता वली डिसी । उहाँ दुई÷दुई पटक जननिर्वाचित सक्षम महिला, महिला कोटाबाट पर्नु भएको हो । उहाँको पनि जाने इच्छा थियोे । उहाँले दाबी गर्दा विरोध कसैको भएन ।

यस्तै कुमाख गाउँपालिकाबाट प्रदेश कमिटी सदस्य लालबहादुर रावत । उहाँ प्रदेश कमिटी सदस्य मध्येको सिनियर व्यक्ति । प्रदेश सदस्यहरुको छलफलबाट सर्वसम्मत, कुमाख जस्तो पालिकाबाट जननिर्वाचित जनप्रतिनिधि उहाँको पनि इच्छा थियोे, प्रतिनिधि चुनिनु भयो ।

यसरी सयौं जनाको बिचमा ८ जना प्रतिनिधि चुनिनु भयो । अब बाँकी दुई पालिका बनगाडबाट केन्द्रीय सदस्य÷जिल्ला इन्चार्ज र प्रदेश अध्यक्ष स्वतः महाधिवेशन प्रतिनिधि चुनिनु हुन्छ । त्यो पालिका त्यसै खाली रहेन । र अर्को शारदा नगरपालिका, यस नगरपालिकाका जिम्मेवार पदाधिकारीहरु महाधिवेशनमा प्रतिनिधि चुनिने सम्पूर्ण प्रक्रियामा कार्यालयको जिम्मा सहित सहभागी बन्नुभयो । सम्पूर्ण विषयमाथि गहिरो विचारविमर्श गरेर प्रतिनिधि छनौट भएको उदाहरणीय जिल्ला हो सल्यान । यद्यपि कयौं कमजोरी पनि भएका छन्, त्यसको उचित स्थान÷समयमा आलोचना आत्मआलोचना होला, हुनुपर्छ र हुनेछ ।

सायद राजनीति त्यस्तै हुन्छ की, जे गरेपनि जसो गरेपनि सबैलाई खुशी बनाउन नसकिने, वास्तविकता बुझाउन नसकिने । बुझेर बुझ पचाउनेहरुलाई पनि केही गर्न नसकिने । यो सम्पूर्ण प्रक्रियामा घण्टौँघण्टा छलफल परामर्श गरि निर्णय गर्यौँ । यस अवधिभर हामी सम्पूर्णकाबीच सर्वसम्मती छ । चार हजार संगठित सदस्य, सयौं जिम्मेवार कमरेडहरु सबै सहभागी मध्ये शनिबारको निर्णयको अन्तिम प्रक्रियामा मात्र एकजना प्रदेश कमिटी सदस्यले निर्णय पुस्तिकाको उपस्थितिमा हस्ताक्षर गर्नुभयो बन्द हस्ताक्षर नगरी जानुभयो । हामी सबैले हस्ताक्षर गर्नुस् भनेर कर पनि गरेनौं  । सायद भूलेर हुनसक्छ उहाँको जाने इच्छा थियो तर व्यक्त गर्नुभएन । तसर्थ उहाँको निर्णयको सम्मान पनि गरौँ ।

तर मिडिया÷फेसबुकमा चारपाँच जना साथीहरुको असहमतिलाई कसरी अतिरन्जित गरियो÷गरिदैछ । वास्तविकता भन्दा बिल्कुलै फरक तस्वीर बनाइयो । केही गनिने साथीहरूको असहमतिलाई चाहिँ यस्तो अतिरञ्जित तरिकाले प्रस्तुत गरियो कि मानौँ ठूलो संकट नै पैदा भएको हो । वास्तविकतामा भने प्रक्रिया सर्वसम्मत थियो, छलफल गम्भीर थियो र निर्णय स्पष्ट थियो ।

आज प्रतिनिधि छनौटका आधारभूत तथ्यहरूलाई लिएर “प्रक्रिया ठीक भएन”, “नियम उल्लंघन भयो”, “गुटगत चलखेल भयो” भन्ने जस्ता टिप्पणीहरू देख्दा, यस प्रक्रियामा टेकेर गरिएको सयौँ व्यक्ति र लामो समयको श्रम, छलफल र संयमलाई बेवास्ता गरिएको अनुभूति हुन्छ । यति धेरै इच्छुक, यति ठूलो भूगोल, यति धेरै जिम्मेवारीसहितका संरचनाहरू भए पनि हामीले सहमतिबाट निर्णय निकाल्न सफल भयौँ भन्ने कुरा नै सल्यान जिल्लाको राजनीतिक परिपक्वताको प्रमाण हो ।

जुन साथीहरू यसपटक प्रतिनिधिमा पर्नुभएन । यसमा म व्यक्तिगत रूपमा क्षमा र सम्मान दुवै व्यक्त गर्छु । अवसर एकपटकमा सबैलाई मिल्दैन, तर योगदान र प्रतिबद्धता कहिल्यै खेर जाँदैन । पार्टीको प्रत्येक तहमा सक्रिय भूमिका निभाइरहनु नै वास्तविक नेतृत्व हो ।

अन्त्यमा, प्रतिनिधि छनौटको यो प्रक्रिया कुनै–कसैलाई हटाउने वा घेराबन्दी गर्ने उद्देश्यले होइन, बरु एकता जोगाउने, सबैलाई समेट्ने र सन्तुलन कायम गर्ने कठिन निर्णय थियो । सल्यानको पार्टी संगठन अझै परिपक्व, अझै संयमित र अझै जिम्मेवार बन्दै गएको छ । यही परम्परालाई सम्हालेर हामी आगामी दिनहरूमा अझ बलियो रूपले अघि बढ्न जरुरी छ ।

नेकपा (एमाले) एउटा विचार, सिद्धान्त र अनुशासनमा आधारित पार्टी हो । सीमित स्रोत र अवसरमा पनि अधिकतम समावेशी र एकताबद्ध हुने प्रयास नै हाम्रो बल हो । सल्यान जिल्ला कमिटीले यही मर्मलाई आत्मसात् गर्दै महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । अब सबै साथीहरू एकताबद्ध भएर आसन्न राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक र सफल बनाउन केन्द्रित हुनुपर्ने बेला आएको छ ।

आलोचना र आत्मालोचना लोकतान्त्रिक पार्टीको सौन्दर्य हो । कमजोरी जहाँ भए पनि सही समयमा समीक्षा गरौंला, तर पार्टी एकता र साझा लक्ष्यमाथि प्रश्नचिन्ह लगाउने गरी भ्रम नफैलाऔं ।

( सिंह नेकपा एमाले जिल्ला कमिटी, सल्यानका उपसचिव तथा प्रचार विभाग प्रमुख  हुन् ।) सम्पादक

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हावाहुरीले ढलेका रुख, लडेको विद्युत् आपूर्ति

देशका विभिन्न क्षेत्रमा ट्रिपिङ, प्राधिकरण मर्मतमा सक्रिय

मधेश सरकारमा सत्ता समीकरणको नयाँ संकट

शपथ रोकियो, सहमति अलपत्र, गठबन्धनभित्रै अविश्वास

लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज पेश हुने

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक बर्ष २०८३–८४ को नीति तथा कार्यक्रम ल्याउँदैछ । प्रदेश सभाको दिउँसो १ बजे बस्ने आठौं अधिवेशन अन्...

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

मकवानपुर । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व...

पाँच वर्षदेखि निर्माणमै अल्झिएको अस्पताल भवन नबन्दा बिरामीले भोग्दै भीड, सास्ती र अपूरो उपचार

गुल्मी । गुल्मी अस्पताल मा बिहानै बिरामीको भीड लाग्छ । कोही ज्वरो लिएर आएका हुन्छन्, कोही भिडियो एक्स–रे गराउन लाइनमा बसेका हुन्छन्, कोही आकस्मिक कक्ष...

ट्रकभित्रको चिच्याहटः बजारसम्म आइपुग्ने मासुको पछाडि लुकेको अमानवीय यात्रा

काठमाडौं । काठमाडौंका मासु पसलहरू बिहानै खुल्छन् । झुन्ड्याइएका खसीबाख्रा देखेर ग्राहकले मूल्य सोध्छन्, तौल गर्छन् र किनेर फर्किन्छन् । बजार चलिरहेकै ...

बर्खा नलाग्दै विपत्तिको संकेत

पूर्वी नेपालमा बाढीपहिरोको बितण्डा, बदलिँदो मौसमसँग जुध्न अझै तयार छैन देश

भारतमा इन्धनको भाउमा आगो : १० दिनमै चौथो पटक मूल्यवृद्धि, दिल्लीमा पेट्रोल १०२ रुपैयाँ नाघ्यो

काठमाडाैंं । भारत मा १० दिनभित्रै चौथो पटक पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ । मध्यपूर्वमा चर्किएको तनाव र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यव...

कालीमाटीको नयाँ मूल्यसूची सार्वजनिक : गोलभेँडा ८० रुपैयाँसम्म, सिताके च्याउ १ हजार !

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । नयाँ मूल्यसूचीअनुसार गोलभेँडा, प्याज,...

खेतमा भैँसी गएको निहुँमा ६० वर्षीया दलित महिलामाथि निर्घात कुटपिट

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका—३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending