काठमाडौँ । बैतडी कारागारमा रहेका कैदी र थुनुवालाई स्थानान्तरण गरिएको छ । जीर्ण अवस्थामा रहेको भवनलाई नयाँ निर्माण गरिने भएकाले यहाँ रहेका कैदी र थुनुवालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको हो ।
कुल ५३ कैदी र ६ थुनुवालाई डडेलधुरा, दार्चुला, बझाङ र बाँकेका कारागारमा स्थानान्तरण गरिएको कारागार कार्यालय बैतडीका प्रमुख धारा भण्डारीले जानकारी दिए ।
दार्चुला कारागारमा ६ थुनुवा र ३ जना कैदी, बझाङमा ९ जना कैदी, डडेल्धुरा १४ जना कैदी र बाँकेको नौबस्ता कारागारमा २७ जना कैदीलाई स्थानान्तरण गरिएको उनले बताए । कुल २५ कैदीबन्दीको क्षमता रहेको कारागारमा ५९ जना कैदीबन्दी रहेका थिए । ८५ क्षमताको नयाँ बन्दीगृह निर्माण गरिने कारागार बैतडीले जनाएको छ ।
'सघन सहकारी तथा भवन निर्माण आयोजना कार्यालय डोटी र निर्माण कम्पनीबीच सम्झौता भैसकेको छ,' उनले भने, 'कार्यादेशसमेत आइसकेको छ । अबको एकरदुई दिनभित्र काम सुरु हुन्छ ।'
बन्दीगृह निर्माणका लागि १० करोड बजेट विनियोजन गरिएको छ । केकेजे कालिका एस बी जेभीसँग ७ करोड ९७ लाख ७१ हजार ४१९ मा सम्झौता भइसकेको सघन सहकरी तथा भवन निर्माण आयोजना कार्यालय डोटीले जनाएको छ ।
२०८४ असार १५ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको छ । नयाँ बन्दीगृह निर्माण भएपछि कैदीबन्दीको व्यवस्थापनमा सहजता आउने विश्वास गरिएको कारागार प्रमुख भण्डारीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - १३:३३
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...
आषाढ़ ३ गते, २०८३ - १३:२०
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...
आषाढ़ ३ गते, २०८३ - १३:०९
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...
आषाढ़ ३ गते, २०८३ - १२:५०
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:४८
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:२४
काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...
आषाढ़ ३ गते, २०८३ - १२:०९
काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...
आषाढ़ ३ गते, २०८३ - ११:५८
फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...
आषाढ़ ३ गते, २०८३ - ११:४५
खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ । दुई वर्षअघिको बाढी...
आषाढ़ ३ गते, २०८३ - ११:३४
काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...



प्रतिकृया लेख्नुहोस्: