Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

तेजाब आक्रमण मुस्कान खातुन नेकपामा प्रवेश: भन्छिन्, 'अनुहार जलेपनि सपना जलेको छैन'

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी तेजाब आक्रमण पीडित तथा मानवअधिकार अभियन्ता मुस्कान खातुनले आफूमाथि भएको आक्रमणले अनुहार त जलाइदियो, तर सपना भने नजलेको बताएकी छन् ।

बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले यो भावना व्यक्त गरिन् । 'जसले मलाई तेजाब आक्रमण गरेको थियो, उसले मेरो अनुहार जलाइदियो, तर मेरो सपना जलाएको छैन,' उनले भनिन् ।

उनले युवा पुस्तालाई एकजुट हुन आग्रह गर्दै भनिन्, 'सम्पूर्ण जेनजीलाई भन्न चाहन्छु, जसरी अघि आउनुभएको छ, यो पाइला पछि नपार्नुहोला । अवश्य पनि देश परिवर्तन हुनेछ ।'

मुस्कानले नेपालमा महिलाहरूले भोग्नुपरेका विभिन्न प्रकारका हिंसाको अन्त्यका लागि निरन्तर संघर्ष गरेको उल्लेख गर्दै तेजाब आक्रमण मात्र होइन, अन्य हिंसाहरू पनि उत्तिकै गम्भीर समस्या भएको बताइन् । 'यो हिंसालाई अन्त्य गर्नुपर्छ भनेर मैले पाँच वर्षसम्म लगातार काम गरेँ र तेजाब आक्रमण रोक्न सफल पनि भएँ । तर तेजाब आक्रमण मात्र हिंसा होइन, दिदीबहिनीहरूले धेरै प्रकारका हिंसा खेप्नुपरेको अवस्था छ । सम्पूर्ण प्रकारका हिंसाको अन्त्य जरुरी छ,' उनले थपिन् ।

मुस्कानको सम्बोधनको मुख्य अंश

मेरो नाम मुस्कान खातुन हो । म तेजाब आक्रमणविरुद्धको अभियन्ता तथा मानवअधिकारकर्मी हुँ । आजभन्दा पाँच वर्षअघि मसँग तेजाब आक्रमण भएको थियो । यो हिंसालाई अन्त्य गर्नुपर्छ भनेर मैले पाँच वर्षसम्म लगातार काम गरेँ र तेजाब आक्रमण रोक्न सफल पनि भएँ । तर मलाई लाग्छ, तेजाब आक्रमण मात्र हिंसा होइन । दिदीबहिनीहरूले धेरै प्रकारका हिंसा खेप्नुपरेको अवस्था छ । सम्पूर्ण प्रकारका हिंसाको अन्त्य जरुरी छ ।

आज म जेनजि भएकाले सम्पूर्ण जेनजिका विचार बुझेर भन्न चाहन्छु । जेनजिले चाहेको हाम्रो देश प्रगतिशील होस् । देशमा भएको भ्रष्टाचारको अन्त्य होस् भन्ने चाहना छ । म नेपाली कम्युनिस्ट पार्टीमा जोडिएको छु । सम्पूर्ण जेनजिलाई अनुरोध गर्छु कि हामी एकताबद्ध हुन जरुरी छ । हामी एकजुट भए देश प्रगति गर्नेछ, भ्रष्टाचारको अन्त्य हुनेछ र भायोलेन्स पनि समाप्त हुनेछ । हामी एकजुट भएर काम गरौं । देशका लागि बाँचौं, देशका लागि मरौं ।

म नेपाली भएकाले सबैभन्दा पहिला हाम्रो देश चिनिन्छ । हामी नेपाली हुँ भनेर गर्व गर्न जरुरी छ । माटोलाई पहिचान गर्न जरुरी छ । जुनसुकै देशमा भए पनि 'म नेपाली हुँ' भनेर गर्व गर्न जरुरी छ । यहाँ उपस्थित प्रचण्ड र माधवकुमार नेपालज्युलाई धेरै–धेरै धन्यवाद ।

जाँदाजाँदै के भन्न चाहन्छु भने, जसले मलाई तेजाब आक्रमण गरेको थियो, उसले मेरो अनुहार जलाइदियो, तर मेरो सपना जलाएको छैन । सम्पूर्ण जेनजिलाई भन्न चाहन्छु, जसरी अघि आउनुभएको छ, यो पाइला पछि नपार्नुहोला । अवश्य पनि देश परिवर्तन हुनेछ ।

नेकपा एकतामा जोडिएकी मुस्कानको यो सम्बोधनले युवा पुस्तामा उत्साह जगाएको छ । पार्टीका नेताहरूले उनको योगदानको प्रशंसा गर्दै हिंसामुक्त समाज निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending