काठमाडौं । बंगलादेशमा इन्कलाब मञ्चसँग आबद्ध विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्का एक राजनीतिक नेतालाई सार्वजनिक स्थानमै गोली हानी हत्या गरिएको छ।
बंगलादेशी अखबार ढाका ट्रिब्यूनका अनुसार राष्ट्रिय नागरिक पार्टी (एनसीपी) का खुलना डिभिजन प्रमुख तथा श्रमिक शक्तिका केन्द्रीय संयोजक मोतेलेब सिकदरको सोमबार बिहान करिब ११:४५ बजे खुलनाको सोनाडाङ्गा क्षेत्रमा गोली प्रहारबाट हत्या गरिएको हो।
अस्पताल स्रोतलाई उद्धृत गर्दै पत्रिकाले जनाएअनुसार गोली लागेपछि सिकदरलाई खुलना मेडिकल कलेज अस्पताल लगिएको थियो। सोनाडाङ्गा मोडेल प्रहरी चौकीका अनुसन्धान इन्चार्ज अनिमेष मण्डलले अज्ञात आक्रमणकारीहरूले सिकदरमाथि गोली प्रहार गरेको र स्थानीय बासिन्दाले उद्धार गरी अस्पताल पुर्याएको जानकारी दिएका छन्।
घटनापछि घटनास्थलमा प्रहरी तैनाथ गरिएको छ भने आक्रमणको अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन्।
यसअघि गत डिसेम्बर १२ मा ढाकाको एक मस्जिदबाट बाहिर निस्कने क्रममा विद्यार्थी नेता उस्मान हादीमाथि गोली प्रहार भएको थियो। गम्भीर घाइते भएका हादीलाई उपचारका लागि डिसेम्बर १५ मा सिंगापुर लगिएको थियो, जहाँ डिसेम्बर १८ मा उनको मृत्यु भएको थियो। हादीको मृत्युपछि बंगलादेशका विभिन्न स्थानमा हिंसात्मक घटना भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...
पौष ८ गते, २०८२ - १४:३१
नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन क...
पौष ८ गते, २०८२ - १४:२३
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन ठुला दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक बोलाएका छन्। राष्ट्रपतिले नेपाली कांग्रेस सभापति शेरबहादुर ...
पौष ८ गते, २०८२ - १४:०८
काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुको विकल्प नरहेको बताएको छन् । सर...




प्रतिकृया लेख्नुहोस्: