काठमाडौं । बंगलादेशमा इन्कलाब मञ्चसँग आबद्ध विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्का एक राजनीतिक नेतालाई सार्वजनिक स्थानमै गोली हानी हत्या गरिएको छ।
बंगलादेशी अखबार ढाका ट्रिब्यूनका अनुसार राष्ट्रिय नागरिक पार्टी (एनसीपी) का खुलना डिभिजन प्रमुख तथा श्रमिक शक्तिका केन्द्रीय संयोजक मोतेलेब सिकदरको सोमबार बिहान करिब ११:४५ बजे खुलनाको सोनाडाङ्गा क्षेत्रमा गोली प्रहारबाट हत्या गरिएको हो।
अस्पताल स्रोतलाई उद्धृत गर्दै पत्रिकाले जनाएअनुसार गोली लागेपछि सिकदरलाई खुलना मेडिकल कलेज अस्पताल लगिएको थियो। सोनाडाङ्गा मोडेल प्रहरी चौकीका अनुसन्धान इन्चार्ज अनिमेष मण्डलले अज्ञात आक्रमणकारीहरूले सिकदरमाथि गोली प्रहार गरेको र स्थानीय बासिन्दाले उद्धार गरी अस्पताल पुर्याएको जानकारी दिएका छन्।
घटनापछि घटनास्थलमा प्रहरी तैनाथ गरिएको छ भने आक्रमणको अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन्।
यसअघि गत डिसेम्बर १२ मा ढाकाको एक मस्जिदबाट बाहिर निस्कने क्रममा विद्यार्थी नेता उस्मान हादीमाथि गोली प्रहार भएको थियो। गम्भीर घाइते भएका हादीलाई उपचारका लागि डिसेम्बर १५ मा सिंगापुर लगिएको थियो, जहाँ डिसेम्बर १८ मा उनको मृत्यु भएको थियो। हादीको मृत्युपछि बंगलादेशका विभिन्न स्थानमा हिंसात्मक घटना भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २१ गते, २०८२ - १६:२१
काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। मूल्यवृद्धिका कारण दैनिक उपभोग्य वस्तुहरूको मूल्यसम...
चैत्र २१ गते, २०८२ - १६:०७
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा खर्च बढाएर १ ट्रिलियन ५०० बिलियन डलर बनाउन प्रस्ताव गरेका छन् । यो दशकमा सबैभन्दा ठु...
चैत्र २१ गते, २०८२ - १६:०२
रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका ४ सोलाबाङमा शनिबार दिउँसो गाडी र अटो ठोक्किएर दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । जिल्ला प्रहरी का...
चैत्र २१ गते, २०८२ - १५:३९
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायत सेवा ...
चैत्र २१ गते, २०८२ - १५:०७
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार...
चैत्र २१ गते, २०८२ - १५:०७
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार...
चैत्र २१ गते, २०८२ - १४:३९
मुस्ताङ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नंं. १ मा अवस्थित मुक्तिनाथ मन्दिरमा स्वासप्रस्वासमा समस्या आएपछि उपचारको क्रममा एक तिर्थालुको...
चैत्र २१ गते, २०८२ - १४:२०
झापा। झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु भएको छ । दमक नगरपालिका–४ की पाँच वर्षीया मानस्वी आचार्यको मृत्यु भएको हो । आफन्तकहाँ गएक...
चैत्र २१ गते, २०८२ - १४:१२
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा ड्रोनका भग्नावशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्था खतरामुक्त रहेको पुष्टि भएको छ। यूएईस्थित नेपा...
चैत्र २१ गते, २०८२ - १३:५०
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई अष्ट्रेलियाले हार्दिक बधाई ज्ञापन गरेको छ। प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अष्ट्रेलियालका विद...


प्रतिकृया लेख्नुहोस्: